Nepal Rastra Bank

Nepal Rastra Bank

Share

Official page of Nepal Rastra Bank

28/09/2026

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ असोज १३) #राष्ट्र_बैंकको_सन्देश

Photos from Nepal Rastra Bank's post 25/09/2026

प्रशासन सेवातर्फ खुला प्रतियोगिता अन्तर्गतका विज्ञापन नं. १३/२०८२, १४/२०८२, १५/२०८२ सहायक निर्देशक (अधिकृत तृतीय) पदको अन्तिम नतिजा (मिति २०८३/०६/०९) ।https://www.nrb.org.np/contents/uploads/2026/09/Assistant-Director-82-Final-Result.pdf

Photos from Nepal Rastra Bank's post 24/09/2026

परिपत्र नं. ३ (क, ख, ग) २०८३/८४: नेपाल राष्ट्र बैंकबाट 'क', 'ख' र 'ग' वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन, परिमार्जन र थप ।https://www.nrb.org.np/contents/uploads/2026/09/Circular-3-final.pdf

24/09/2026

रु.१००० दर (२०२५ सिरिज) को बैंकनोटको सुरक्षण विशेषता | Rs.1000 (2025 series) Banknote Security Features

Photos from Nepal Rastra Bank's post 23/09/2026

रूपैयाँ १००० दर (सिरिज २०२५) को बैंकनोट प्रचलनमा ल्याउने बारेको सूचना !

23/09/2026

Key Financial Indicators of Microfinance Institutions (Provisional) as on Asar End, 2083https://www.nrb.org.np/contents/uploads/2026/09/KFI_2083_Asar_pdf.pdf

23/09/2026

लघुवित्त वित्तीय संस्थाहरूको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदनः आर्थिक वर्ष २०८२-८३ (प्रथम त्रयमास - २०८३ असार)https://www.nrb.org.np/contents/uploads/2026/09/Situation-of-Microfinance-Institutions-as-on-2083-Asar.pdf

23/09/2026

आर्थिक वर्ष २०८२-८३ को चौथो त्रयमासमा इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्था, सोका सञ्चालक समितिका पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई गरिएको कारवाहीको विवरण ।https://www.nrb.org.np/contents/uploads/2026/09/Enforcement-Action-Asar-end-2083.pdf

21/09/2026

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ असोज ६) #राष्ट्र_बैंकको_सन्देश

वालेट खाताको लागि राष्ट्रिय परिचयपत्र सम्बन्धी व्यवस्था

अनुमतिपत्रप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार विवरण यकिन गरी वालेट अकाउन्ट खोल्नुपर्नेछ ।

अनुमतिपत्रप्राप्त संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण भए नभएको स्वःघोषणा लिनुपर्नेछ र राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकको हकमा २०८३ असोज मसान्तभित्र सम्बन्धित वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ ।

राष्ट्रिय परिचयपत्र लिई नसकेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र लिई ग्राहक पहिचान अद्यावधिक गर्न सम्बन्धित वालेट प्रयोगकर्तालाई मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक महिनामा जानकारी दिने व्यवस्था मिलाउनुपर्नेछ ।

विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइनमार्फत विद्युतीय वालेट खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत वालेट खोल्न सक्नेछन् ।

यसरी खोलिने वालेटका सम्बन्धमा निज वालेट प्रयोगकर्ता नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित अनुमतिपत्रप्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्नेछ ।

आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत वालेट खोल्न र कारोबार गर्न सकिनेछ ।

आफ्नो विवरण समयमै अद्यावधिक गरौँ, सचेत नागरिक बनौँ ।

Photos from Nepal Rastra Bank's post 21/09/2026

अन्तरनिकाय सहकार्य, समन्वय र पृष्ठपोषणसम्बन्धी अन्तरक्रिया (प्रेस समाचारसहित) ।https://www.nrb.org.np/contents/uploads/2026/09/Press-Release-on-Interaction-Program-2083-06-05.pdf

Telephone

Address


Baluwatar
Kathmandu
44600