Voice Of Ramdhuni
हामी उठाउछौँ रामधुनी नगरबासिको आम आवज.
27/08/2026
गृहमन्त्री सुधन गुरुङ सडकमार्ग हुँदै नुवाकोट प्रस्थान, विपद् व्यवस्थापन र उद्धार कार्यको गरे स्थलगत निरीक्षण ❤️🙏
नेपाली सेनाले अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयको सफलतापूर्वक उद्धार गरेको छ भने अझै टनेलमा फसेकाहरुलाई बाहिर निकाल्न जुटिरहेको छ।🙏❤️
27/08/2026
कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५२ हजार ९६५ क्युसेक पुगेको छ। पानीको अवस्था स्थिर रहे पनि खतरा (Danger) तहमा रहेको छ। हाल १८ वटा गेट खोलिएका छन्। 😮
देशको अहिलेको यो विपतको अवस्थामा कसैको मुहारमा मुस्कान छैन। चारैतिर निराशा छ, मनमा पीडा छ, अनि धेरैलाई रातमा निन्द्रा समेत परेको छैन। 😢🙏
यस्तो कठिन समयमा हामी सबै एक–अर्काको साथ बनौँ। विपतमा परेकाहरूको उद्धार, सहयोग र सुरक्षित भविष्यका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ। 🇳🇵❤️
27/08/2026
Hip Hip Hurray! 🎉❤️;झुम्का A टिम फाइनलमा!
झुम्का च्यालेन्ज कप २०८३ ❤️🙏
27/08/2026
सुनसरीको रामधुनी–१ निवासी सिभिल इन्जिनियर धीरज साह सुरक्षित रहेको जानकारी आयोजनासँग सम्बन्धित व्यक्तिले परिवारलाई गराएका छन्। तर साहसँग हालसम्म प्रत्यक्ष सम्पर्क हुन सकेको छैन र उहाँ हो हैन एकिन भएको छैन ।
अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत साह बाढीपछि सम्पर्कविहीन भएका हुन्। परिवारले अपुष्ट अफवाहमा विश्वास नगर्न र धीरजसँग सम्पर्क भएपछि मात्रै थप जानकारी सार्वजनिक गरिने भएकाले अनावश्यक फोन गरेर परिवारलाई थप तनाव नदिन आग्रह गरेको छ। 🙏🥺
27/08/2026
अपर त्रिशूली–१ मा कार्यरत केवळनाथ आचार्य सम्पर्कविहीन
झापा–३, गौरीगञ्ज निवासी केवळनाथ आचार्य रसुवामा आएको भीषण बाढीपछि सम्पर्कविहीन हुनुभएको छ। उहाँ अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत हुनुहुन्थ्यो।
परिवारका अनुसार साउन २५ गते साँझ ५–७ बजेदेखि उहाँसँग सम्पर्क हुन सकेको छैन।
उहाँबारे कुनै जानकारी भएमा ९७६९३३४११२ मा सम्पर्क गरिदिनुहुन परिवारले अनुरोध गरेको छ। 🙏
27/08/2026
गृहमन्त्री सुदन गुरुङद्वारा अत्यावश्यक सूचना
सुरुङभित्र थुनिएका नागरिकहरूको तत्काल उद्धारका लागि मिनी एक्स्क्याभेटर आवश्यक परेको भन्दै गृहमन्त्री सुदन गुरुङले सहयोगका लागि आग्रह गर्नुभएको छ।
मिनी एक्स्क्याभेटर उपलब्ध हुने व्यक्ति वा संस्थाले तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ।
📞 सम्पर्क: ९८४१२४१३५९
रसुवा जिल्लामा आएको भीषण बाढीमा हालसम्म ३८५ जनाको शव फेला परेको छ। 😢
📅 मिति: २०८३/०५/११
🕘 समय: राति ९:०० बजेसम्म
Category
Website
Address
Ramdhuni Sunsari
Kathmandu