ADAN
Ayurveda Doctors’ Association of Nepal (ADAN) is an umbrella organization of more than Ayurveda doctors registered in Nepal Ayurveda Medical Council (NAMC).
19/09/2026
नेपाल आयुर्वेद चिकित्सक संघ मधेस प्रादेशिक कमिटीको प्रथम अधिवेशन सम्पन्न। निर्वाचित हुनुहुने सबैलाई सफल कार्यकालको शुभकामना।
15/09/2026
हार्दिक निमन्त्रणा
09/09/2026
Capacity Building Workshop on Wellness Services and Professional Standards for Ayurveda Doctors
30 Seats
हार्दिक धन्यवाद तथा आभार व्यक्त
यही भदौ १० गते गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित रसुवा, धादिङ, नुवाकोट लगायतका क्षेत्रहरूमा उत्पन्न विपत्तिको यस कठिन घडीमा मानवतावादी भावना, निःस्वार्थ सेवा र दान नै ठूलो धर्म हो भन्ने पवित्र भावनाबाट प्रेरित भई सहयोगका लागि जुट्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक सम्मान तथा आभार व्यक्त गर्दछौँ।
नेपाल आयुर्वेद चिकित्सक संघसँगको सहकार्यमा नेपाल औषधि उत्पादक संघ तथा नेपाल आयुर्वेद औषधि व्यवसायी संघको विशेष पहलमा, विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपाल, युवा आयुर्वेद चिकित्सक संस्था नेपाल तथा खाद्यान्न एवं अन्य आवश्यक सहयोग व्यवस्थापनका लागि श्रीखण्ड बचत समूह समेतको संयुक्त प्रयासबाट विभिन्न प्रकारका आवश्यक औषधिहरू संकलन गरिएको थियो।
साथै, प्रभावित जनसमुदायका लागि खाद्यान्न तथा लत्ता–कपडाको समेत व्यवस्थापन गरी हिजो विदुर नगरपालिका, नुवाकोटस्थित जिल्ला आयुर्वेद कार्यालयमा औषधि तथा राहत सामग्री हस्तान्तरण गरिएको छ। स्थानीय वडा अध्यक्षज्यूसँग समन्वय तथा सहकार्य गरी आवश्यकताअनुसार औषधि, खाद्यान्न तथा अन्य राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्याउने कार्य अगाडि बढाइएको छ।
यस महान् मानवीय सेवाको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय, व्यवस्थापन र योगदान गर्नुहुने सम्पूर्ण संघ–संस्था, सहयोगी मन, चिकित्सक, व्यवसायी तथा शुभेच्छुक महानुभावहरूमा हार्दिक धन्यवाद तथा विशेष आभार व्यक्त गर्दछौँ।
मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो।
विपत्तिको यस घडीमा एकता, सहकार्य र मानवताको भावनासहित अगाडि बढौँ।
धन्यवाद।
नेपाल आयुर्वेद चिकित्सक संघ
केन्द्रीय कार्यालय, काठमाडौं
28/08/2026
🌊 विपद्पछिको मानसिक स्वास्थ्य
बाढी तथा अन्य विपद्का घटनाले मानिसको शारीरिक सुरक्षासँगै मानसिक स्वास्थ्यमा पनि गहिरो प्रभाव पार्न सक्छ। विपद्पछि डर, चिन्ता, बेचैनी, निद्रामा समस्या, घटना बारम्बार सम्झिनु, चिडचिडापन, निराशा वा असहाय महसुस हुनुजस्ता प्रतिक्रियाहरू देखिन सक्छन्। यस्ता प्रतिक्रिया केही समयका लागि विपद्पछिको सामान्य तनाव प्रतिक्रिया हुन सक्छन्।
यस्तो अवस्थामा प्रभावित व्यक्तिप्रति सहानुभूति, सामाजिक सहयोग र सुरक्षित वातावरण महत्वपूर्ण हुन्छ। परिवार, समुदाय तथा हेरचाहकर्ताले प्रभावित व्यक्तिको कुरा ध्यानपूर्वक सुन्ने, भावनाको सम्मान गर्ने र आवश्यक परे स्वास्थ्य तथा मानसिक स्वास्थ्य सेवासँग जोड्ने भूमिका निर्वाह गर्नुपर्छ।
विपद् व्यवस्थापनमा उद्धार, राहत र पुनःस्थापनासँगै मानसिक स्वास्थ्यको संरक्षणलाई पनि प्राथमिकता दिनु आवश्यक छ। 🧠🤝
समयमै पहिचान, उचित सहयोग र आवश्यक उपचारले विपद्पछिको मानसिक स्वास्थ्य पुनःस्थापनामा महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा डिप्रेसन (Depression), एन्जाइटी (Anxiety) लगायत विभिन्न मानसिक रोगहरूको आयुर्वेदिक उपचार तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि मनोरोग विशेषज्ञ सेवा, आयुर्वेद औषधि उपचार, पञ्चकर्म थेरापी, योग, प्राणायाम तथा मनोपरामर्श सेवा उपलब्ध छ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र (NARTC),
📍 कीर्तिपुर, काठमाडौं |
☎️ ०१–४३३४९९६
🌐 www.nartc.gov.np
साथै प्रत्येक जिल्ला स्थित आयुर्वेद चिकित्सालय, अस्पताल बाट समेत यी सेवा प्रवाह हुनेछन्।
28/08/2026
स्वास्थ्यको ख्याल गर्नु
औषधि सहयोगका लागि हार्दिक अनुरोध
नेपाल आयुर्वेद चिकित्सक संघ (ADAN), PG Ayurveda Doctors Society तथा युवा आयुर्वेद चिकित्सक संस्था आदिको पहलमा औषधि उत्पादक तथा व्यवसायीहरूको सहकार्यमा हाल आवश्यक आयुर्वेद औषधि संकलन भइरहेको छ।
साथीहरू तथा औषधि उत्पादक/व्यवसायीहरूसँग उपलब्ध औषधिका नमुना (Sample) तथा सहयोगस्वरूप उपलब्ध औषधिहरू संकलन गरी निम्न स्थानमा सम्बन्धित चिकित्सकसँग समन्वय गरेर बुझाइदिनुहुन अनुरोध गर्दछौँ।
📍 नरदेवी अस्पताल — डा. नेत्र बस्नेत
+977 9842647442
वा
डा. पुष्पराज पौडेल
+9779849021253
📍 कीर्तिपुर — डा. निश्चल गुप्ता
+9779841873035
वा
डा. प्रशन्न नेपाल
9846476406
📍 कुलेश्वर — डा. ऋषिकेशव भुसाल
985-6040222
औषधि बुझाउनुअघि सम्बन्धित चिकित्सकसँग समन्वय गरी छोडिदिनुहोला।
हालको विपद् परिस्थितिमा आवश्यक औषधि तथा स्वास्थ्य सेवा प्रभावित समुदायसम्म पुर्याउने यस अभियानमा यहाँहरूको सहयोगका लागि हार्दिक धन्यवाद।
# #विशेषगरी निम्न प्रयोजनका शास्त्रीय तथा पेटेन्ट आयुर्वेदिक औषधिहरू उपलब्ध गराइदिनुहुन अनुरोध छः
मस्कुलोस्केलेटल समस्या – शरीर तथा मांसपेशी दुखाइ, जोर्नी दुखाइ, मर्केको तथा सामान्य चोटपटकमा प्रयोग हुने औषधि
पाचन तथा उदरसम्बन्धी समस्या – अपच, अम्लपित्त, पेट फुल्ने, उदर असहजता तथा अतिसारमा प्रयोग हुने औषधि
श्वासप्रश्वाससम्बन्धी सामान्य समस्या – खोकी, घाँटीको असहजता तथा कफसम्बन्धी समस्या
छाला तथा बाह्य प्रयोगका समस्या – पानीमा लामो समय सम्पर्कका कारण हुने सामान्य छालासम्बन्धी समस्या तथा बाह्य प्रयोगका सुरक्षित औषधि
सामान्य स्वास्थ्य प्रवर्द्धन तथा रसायन प्रयोजनका औषधि
विपद् प्रभावित व्यक्तिहरूमा देखिन सक्ने अन्य सामान्य स्वास्थ्य समस्याका लागि आवश्यक आयुर्वेदिक औषधिहरू
26/08/2026
विपद्को यस घडीमा सहयोगको हार्दिक अपिल
नेपाल आयुर्वेद चिकित्सक संघ, हाम्रा सदस्य चिकित्सकहरू तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरू जहाँ जसरी सकिन्छ, सक्रिय रूपमा उद्धार तथा उपचार सेवामा लाग्नु हुन विशेष अपिल तथा सविनय अनुरोध गर्दछौं।
यो अकल्पनीय र अपूरणीय क्षतिको विस्तृत विवरण आउन बाँकी नै छ। यद्यपि हाम्रो संघको तर्फबाट तत्काल सहयोग आवश्यक पर्ने ठाउँमा सहयोग उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले सहयोग संकलन गरी परिचालन गर्न लागेको हुनाले तल साझा गरिएको QR स्क्यान गरी Rahat लेखी सहयोग गरिदिनु हुन समेत आग्रह गर्दछौं।
ADAN sudurpaschim province first official meet
Category
Contact the organization
Website
Address
Naradevi
Kathmandu
44200
Alerts
Be the first to know and let us send you an email when ADAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.