Coach Ashish Rai

Coach Ashish Rai

Share

“Change begins within. perspective shapes the outcome.”🥰

08/09/2026

कहिले काहि त यो बलिदान पनि कसैको स्वर्थ पुरा गर्ने माध्यम मात्र बन्यो जस्तो लाग्छ! अझै आसा छ केहि त पक्कै हुनेछ ! September8

05/09/2026

30/08/2026

विरोध मात्रै होइन, प्रशंसा पनि गर्न सक्नुपर्छ।

अहिले अवस्था निकै नाजुक छ। गर्नुपर्ने काम धेरै छन्, अझै पनि कमी–कमजोरीहरू प्रशस्तै छन्। तर कोठामा बसेर सुझाव दिनु र वास्तविक फिल्डमा खटिएर काम गर्नुबीच धेरै फरक हुन्छ।

त्यसैले माननीय सुधन गुरुङज्यूले गर्नुभएको पहल र सक्रियता सराहनीय छ। उहाँले कठिन परिस्थितिमा फिल्डमा खटिएर गर्नुभएको कामलाई सकारात्मक रूपमा लिनुपर्छ।

सक्नुहुन्छ भने साथ दिऔँ, नसके कम्तीमा अनावश्यक विरोध नगरौँ।

तर यसको अर्थ सरकारप्रति प्रश्न उठाउनै हुँदैन भन्ने होइन। सरकारले पीडितहरूको नाममा जम्मा भएको सम्पूर्ण रकम र त्यसको खर्चलाई पारदर्शी बनाउनैपर्छ। राहतका लागि उठेको एक–एक रुपैयाँ कहाँबाट आयो र कहाँ, कसरी खर्च भयो भन्ने कुरा जनताले स्पष्ट रूपमा जान्न पाउनुपर्छ।

सहयोग गर्नेको प्रशंसा गरौँ, कमजोरीमा प्रश्न गरौँ र पीडितको पक्षमा एक भएर उभिऔँ।

30/08/2026

Omg
आज सोलुखुम्बु र ओखलढुंगा हुँदै बहने स–साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र Flash Flood (आकस्मिक बाढी) को मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ। त्यसैले यी जिल्लाका नदी तथा खोला आसपासका बस्ती र यात्रुहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

सोलुखुम्बु र ओखलढुंगासहित पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, गुल्मी, बर्दिया, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर आसपासका जिल्लाहरूमा पनि स–साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाइएको छ।

यस्तै, नुवाकोट र रसुवा जिल्ला हुँदै बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र Flash Flood को उच्च सम्भावना रहेको बताइएको छ।

27/08/2026

रसुवा–भोटेकोशी बाढी : पछिल्लो अपडेट

काठमाडौं — रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लाको पछिल्लो सरकारी विवरणअनुसार १६५ जनाको शव फेला परेको छ भने ८२६ जना अझै सम्पर्कविहीन रहेका छन्।

सरकारी विवरणअनुसार मृतकको संख्या जिल्लागत रूपमा यसप्रकार छ:

चितवन: ६५ जना
धादिङ: २७ जना
पूर्वी नवलपरासी: २६ जना
गोरखा: २० जना
नुवाकोट: १२ जना
तनहुँ: ९ जना
पश्चिम नवलपरासी: ५ जना
रसुवा: २ जना

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी रहेको छ। सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायहरू परिचालित छन्।

यस विपद्मा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना। सम्पर्कविहीन सबैको सकुशल उद्धारको कामना।

नोट: बाढीसम्बन्धी तथ्यांक निरन्तर परिवर्तन हुन सक्ने भएकाले पछिल्लो तथा आधिकारिक सरकारी विवरणलाई मात्र आधार मान्न अनुरोध गरिन्छ।

27/08/2026

पछिल्लो विवरणअनुसार भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या कम्तीमा १५७ पुगेको छ भने ४०० भन्दा बढी मानिस अझै सम्पर्कविहीन छन्। प्रभावितमध्ये करिब ३४० जना विदेशी पर्यटक रहेको रिपोर्ट छ। बाढीले रसुवा, नुवाकोट र धादिङमा घर, सडक तथा पुलसहित ठूलो भौतिक क्षति पुर्‍याएको छ। करिब १९ वटा पुल र ४० किलोमिटर सडक क्षतिग्रस्त भएको प्रारम्भिक विवरण छ।

23/08/2026

जीवन बिमा उमेर हेरेर होइन, जिम्मेवारी हेरेर गर्ने हो। 👨‍👩‍👧‍👦

हामीमध्ये धेरैलाई लाग्छ, जीवन बिमा गर्न धेरै पैसा चाहिन्छ। तर, दैनिक चियामा हुने सानो खर्च मात्रै बचाएर पनि तपाईंले आफ्नो परिवारको भविष्य सुरक्षित गर्न सक्नुहुन्छ भन्ने कुरा के तपाईंलाई थाहा थियो? भोलिको ठूलो जोखिमबाट परिवारलाई जोगाउने सानो निर्णय आजै गरौं।

तपाईंले आफ्नो परिवारको आर्थिक सुरक्षाको लागि के योजना बनाउनुभएको छ? कमेन्टमा बताउनुहोस्! 👇

22/08/2026

15 बर्ष को विमा गर्दा 10 बर्ष मात्र पैसा तिर्न पर्ने !

21/08/2026

गर्ने हैन त जिवन विमा ! बचत सँग सँगै सुरक्षा पनि !

21/08/2026

1 प्लेट म:म बराबरको पैसाले लाखौको बचत गर्न सक्नुहुन्छ

Category

Telephone

Address


Kathmandu