NTP Multimedia Group

NTP Multimedia Group

Share

Nepal Tourism Promotion is the most realible compani for nepali tourism debute and development.

11/12/2025

अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा

Nepal Tourism Festival दोस्रो संस्करणको घोषणा

घुम्ने र घुमाउनेहरुको मेला । नेपाल पर्यटन महोत्सव । प्रकृति र संस्कृतिको सम्मिश्रणमा साहसिक कथाहरुको प्रस्तुती ।

देश घुमेका र विदेश पुगेकाहरुको यात्रा अनुभूति साट्ने थलो । नेपालको पर्यटनमा विचार, बहस र विकास जोड्ने साझा मञ्च ।

Nepal Tourism Festival

आउँदो पुस १० गते २०८२ साल अर्थात २५ डिसेम्बर २०२५ ।
नेपाल टूरिजम फेस्टिभल, दोस्रो संस्करण ।

नेपाल पर्यटन बोर्डको सभाहल । भृकुटीमण्डप, काठमाडौँ ।
हामी ल्याउँदैछौँ, दृश्यमा नेपाल । जोड्दैछौँ नेपालको पर्यटन ।

तपाई पनि आउनुहोस् ल 🙏

17/10/2025

NTP Multimedia Group Presents

5, 6 & 7 December 2025

Golden Triangle International Bike Tour

29/07/2025

Happy International Tiger Day 🐅

Save Tiger, Make more Natural Nepal 🙏🤝👏

27/07/2025

'गोल्डेन ट्रयाङ्गल बाइक टूर'को दोस्रो संस्करणको तयारी सुरु

३० वटा राइडरमध्ये चार जनालाई 'ताप्लेजुङ–दार्चुला टूर'मा छनौट गरिने

काठमाडौँ : अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा आयोजना गरिने ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’को दोस्रो संस्करणको तयारी सुरु भएको छ । एनटीपी मल्टिमिडिया ग्रुपले नेपाल पर्यटन बोर्डसहित विभिन्न पर्यटन संघ संस्थासँग मिलेर स्थापना गरेको ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’को दोस्रो संस्करण आगामी असोजमा गरिने भएको हो ।

यो काठमाडौँ, चितवन र पोखराको पर्यटन प्रवर्द्धनमा केन्द्रित हुने बाइक राइडरहरुको टूर हो । २७ सेप्टेम्बर अर्थात असोज ११ गते पर्ने विश्व पर्यटन दिवसको अवसर पारेर यस वर्ष दोस्रो संस्करणको गोल्डेन ट्रयाङ्गल बाइक टूरको आयोजना गर्न लागिएको आयोजक एनटीपी मल्टिमिडिया ग्रुपले जनाएको छ ।

यस वर्ष टूरमा ३० जना बाइक राइडरहरु सहभागी हुनेछन् । पहिलो संस्करणमा एक सय जना बाइक राइडर सहभागी थिए । काठमाडौँदेखि सुरु हुने यो टूर हेटौँडा, चितवनको सौराहा हुँदै पोखरा पुगेर समापन हुनेछ । सामान्यतया दुई रात, तीन दिनको यो टूरले नेपालको सुनौलो पर्यटन परिधि अर्थात गोल्डेन ट्रयाङ्गलका नामले परिचित काठमाडौँ, चितवन र पोखराको पर्यटनलाई प्रवर्धन गर्ने मुख्य उद्धेश्य राखेको छ । यो टूरमा सहभागी हुने राइडरका लागि केही दिनमा रजिष्ट्रेसन खुल्नेछ ।

पहिलो संस्करणमा जस्तै यसपटक पनि बाइक राइडरसँगै कलाकार, फोटोपत्रकार, पर्यटन अभियान्ताहरु टूरमा सहभागी गराइने आयोजक एनटीपी मल्टिमिडिया ग्रुपले जनाएको छ । गोल्डेन ट्रयाङ्गल बाइक टूरमा सहभागीमध्ये उत्कृष्ट चार जना राइडरलाई नेपालको सबैभन्दा लामो ‘ताप्लेजुङ–दार्चुला बाइक टूर’ कार्यक्रममा सहभागी गराइनेछ ।

जसमा उत्कृष्ट दुई जना बाइक राइडर, एक जना मार्शल र एक जना फोटोपत्रकार रहनेछन् । गोल्डेन ट्रयाङ्गल बाइक टूरबाट छनौट गरिएका राइडरलाई ताप्लेजुङ–दार्चुला बाइक टूरमा ५० प्रतिशत छूट हुनेछ ।

दुई वर्षअघि पहिलोपटक सूरु भएको ताप्लेजुङ–दार्चुला बाइक टूर काठमाडौँदेखि सुरु भएर मध्यपहाडी लोकमार्ग हुँदै ताप्लेजुङ, झापा, कन्चनपुर हुँदै दार्चुला पुगेर समापन हुनेछ । यो टूरमा सहभागी राइडरले सात प्रदेशका ४५ जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नेछन् ।

ताप्लेजुङ दार्चुला बाइक टूर आगामी कार्तिक–मंसिर महिनामा हुने आयोजक एनटीपी मल्टिमिडिया ग्रुपले जनाएको छ । दुवै टूरमा सहभागी उत्कृष्ट राइडर, ट्राभलर र पत्रकारलाई आगामी मंसिरमा हुने नेपाल पर्यटन महोत्सवमा सम्मान गरिने पनि आयोजकले जनाएको छ ।

29/04/2025

NTP Multimedia Group presents

2nd Edition of NTF, TDBT & GTBT 🙏

26/04/2025
22/01/2024

🙏

31/12/2023

Congratulations

Nepal Tourism Board

12/12/2023

Very Impressive Meeting with NTB CEO Dr. Dhananjaya Regmi.

NTP Multimedia Group Planning to Host next BIG programme about

Nepal International Bike Tour

Category

Telephone

Address


Baneshower, Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when NTP Multimedia Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.