The Everest Rise

The Everest Rise

Share

The Everest Rise is the voice of a new generation, bold, aware, and rising.

We speak on issues that matter, share ideas that inspire, and spark conversations that create impact.

11/09/2026

रसुवा बाढीका कारण माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार भएका सञ्जय साहले आफूले भोगेको कहालीलाग्दो अनुभव सुनाएका छन्। उनका अनुसार सुरुङभित्र मोबिल मिसिएको पानीलाई आफ्नै कपडाले छानेर पिउँदै उनले १० दिनसम्म जीवन जोगाए।

🎥 अन्तर्वार्ता/भिडिओ : कमल परियार

11/09/2026

बालेन सरकारप्रति जनताको कति विश्वास छ? सुन्नुहोस्, नागरिककै आवाजमा।
Madan Basnet

11/09/2026

काठमाडौं तीनकुने स्थित गैरीगाउँबाट 705 सिलिन्डर ग्यास प्रहरिले बरामद गरेको छ। कालोबजारी

11/09/2026

सामाजिक सञ्जालले ल्याएको सामाजिक विचलन, अझ त्यसमा Content Monetisation ले थपेको विकृति

सामाजिक सञ्जालले सूचना, अभिव्यक्ति र अवसरको पहुँचलाई अभूतपूर्व रूपमा विस्तार गरेको छ। तर जब भ्यु, लाइक, कमेन्ट र फलोअरलाई आम्दानीसँग जोडियो, त्यसले सामग्री निर्माणको उद्देश्यलाई नै विस्तारै बदलिदिएको छ। समाजलाई सूचना दिने वा मनोरञ्जन गर्नेभन्दा जसरी भए पनि ध्यान खिच्ने र भ्यु कमाउने प्रवृत्ति बलियो हुँदै गएको छ।

Content Monetisation ले सिर्जनाकर्तालाई मेहनतको आर्थिक मूल्य दिने सकारात्मक अवसर त दिएको छ, तर यसको गलत प्रयोगले अर्को प्रकारको विकृति पनि जन्माएको छ। सनसनीपूर्ण शीर्षक, भ्रामक सूचना, आधा-सत्य, व्यक्तिगत जीवनको अनावश्यक प्रदर्शन, विवाद सिर्जना गर्ने सामग्री, दुःखद घटनाको समेत मनोरञ्जनात्मक प्रस्तुति र समाजमा ध्रुवीकरण बढाउने पोस्टहरू बढी फैलिन थालेका छन्, किनकि यस्ता सामग्रीले मानिसको भावनात्मक प्रतिक्रिया छिटो प्राप्त गर्छन्।

यसले एउटा खतरनाक मानसिकता विकास गरेको छ: “राम्रो सामग्रीभन्दा चलेको सामग्री महत्वपूर्ण हुन्छ।” फलस्वरूप कतिपय सिर्जनाकर्ता समाजको आवश्यकता होइन, एल्गोरिदमको मागअनुसार सामग्री बनाउन थालेका छन्। दुःख, दुर्घटना, मृत्यु, विवाद र व्यक्तिको निजी जीवनसमेत कतिपयका लागि अब Content र Revenue को स्रोत बन्न पुगेका छन्।

अझ चिन्ताजनक कुरा के हो भने, यसले सामाजिक प्रतिष्ठाको मापदण्ड पनि परिवर्तन गरिरहेको छ। ज्ञान, क्षमता र योगदानभन्दा कति भ्यु आयो, कति फलोअर छन् र कति कमाइ भयो भन्ने कुराले महत्व पाउन थालेको छ। यसले विशेषगरी युवापुस्तामा निरन्तर तुलना, तत्काल लोकप्रिय हुने चाहना र डिजिटल मान्यतामाथिको निर्भरता बढाउन सक्छ।

त्यसैले समस्या Content Monetisation आफैं होइन, त्यसलाई निर्देशित गर्ने हाम्रो सोच र डिजिटल संस्कार हो। आम्दानीका लागि सामग्री बनाउनु गलत होइन, तर आम्दानीको लोभमा सत्य, संवेदनशीलता, मर्यादा र सामाजिक जिम्मेवारीलाई बेच्नुचाहिँ गम्भीर सामाजिक विकृति हो।

अन्ततः सामाजिक सञ्जालले समाजलाई प्रतिबिम्बित मात्र गर्दैन, उसले समाजको व्यवहारलाई पनि आकार दिन्छ। त्यसैले भ्युका लागि जे पनि गर्ने संस्कृतिभन्दा मूल्य सिर्जना गर्ने सामग्रीलाई प्रोत्साहन गर्ने डिजिटल संस्कृति आवश्यक छ। अन्यथा आज हामी Content Monetisation गरिरहेका हुनेछौँ, तर बिस्तारै समाजको नै “Monetisation” गरिरहेका हुनेछौँ।

11/09/2026

चितवन — भरतपुरमा जलेको कारभित्र मृत मान्छे फेला परेका छन् । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान पूर्व–पश्चिम महेन्द्र राजमार्गको भरतपुर महानगरपालिका–९ बसन्तचोक गोन्द्राङमा उक्त घटना भएको थियो ।

11/09/2026

लोकप्रिय इटालेली फुटबल क्लब AS Roma ले Champions league को खेलमा नेपालका भोटेकोशी बाढी पीडितहरूको लागी "Together For Nepal" लेखेको jersy लगाएर खेलेको छ। 🙏

11/09/2026

जसरी यी माननीय हेलिकप्टरमा सेल्फी खिच्दै त्यहाँ पुगे, त्यसैगरी जिपको ढालामा झुल्दै पुनः फर्किए। तर त्यतिमै सीमित भएनन्, आफ्नो अनुभव, दक्षता र जिम्मेवारीलाई उपयोग गर्दै फेरि त्यही फिल्डमा खटिए।

हेर्दा लाग्छ, उहाँ केवल महत्वाकांक्षा वा व्यक्तिगत स्वार्थका लागि राजनीति गर्ने व्यक्ति होइनन्। जस्तोसुकै आलोचना र टिप्पणी भए पनि, विकट क्षेत्रमा सुरक्षाकर्मीसँगै बसेर चाउचाउ खाँदै, कुनै देखावटीपनको प्रवाह नगरी उद्धार तथा राहतमा निरन्तर खटिनुले देश र नागरिकप्रतिको उहाँको चिन्ता स्पष्ट देखाउँछ।

राजनीति भाषण र सामाजिक सञ्जालका पोस्टले मात्र होइन, संकटको समयमा मैदानमा उभिएर पनि देखिन्छ।

सलाम छ, माननीय सागर। 🇳🇵🙏

10/09/2026

ओ सम्धी,
संसद् भवन भत्काउँदा मेरो आँखा खराब भएको छ के!
म Gen Z हो के!
ओ सम्धी, नबोल्ने के? 😄
ल सम्धी, तपाईंको अफिसमा म भेट्न आउँछु ल।

10/09/2026

सप्तरिको राजबिराजमा एउटा गर्भवति नारिलाई अस्पताल प्रशाशनले भर्ना नलिएर बाटोमै बच्चा जन्मिएको छ। संबिधानको आधारभुत कुराको बिरुद्दमा जाने अस्पताल प्रशाशनलाई कानुनि कारबाहि हुन आवश्यक छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालयको गम्भिर ध्यानाकर्षण होस।

10/09/2026

Despite low totals, Nepal managed to make a huge win against Oman cricket in semifinal.

Category

Telephone

Address


Kathmandu