Matrika

Matrika

Share

Words of Matrika

22/01/2024

सनातन र धर्म शब्दको अधिक अपव्याख्या भएको सुन्छु
सन्दर्भ राम मन्दिर
हरेक दिन रुपान्तरित र बिस्तार या संकुचित भईरहेको यो ब्रह्माण्डको सामु मानव निर्मित या रचित कुन ईतिहास चिर-स्थाई हो, कस्ले कसरी किट्न सक्छ? भनिए जस्तै बाबरले हमला गर्नु अगाडिको अवस्था राम जन्मभुमी हुन सक्छ, तर राम भन्दा अगाडि त्यो परीधिमा कसैको जन्म भएको थिएन होला र? रामको नेत्रित्व पच्चात पनि त त्यो भुमीमा धेरैको जन्म भयो होला। कुनै नेता जन्मिएको अस्पातलको बेड हटाएर के उस्को सालीक प्रतिस्तापन गर्नु पर्ने हो? त्यहाँ अब अर्को अस्तित्वको जन्म हुनै नहुने हो? त्यही ठाउँमा जन्मिएको अर्को ब्यक्तीले यो मेरो जन्म भुमी भन्नै नपाउने हो? त्यहाँ कुनै घिरौँला उम्रनै नपाउने हो? त्यो टिपेर कसैले खानै नपाउने हो? त्यो भुमीको आकास माथि चराहरु उड्नै नपाउने हो?

खिड्किमा "अन्ली फर हिन्दूज" लेखिने होला नि अब त्यहाँ? अर्को मानिसले त्यो भुमी देख्नै नपाउनु पर्ने हो?

एक जना मानिस जन्मनको लागि १२०.८ बर्ग किलोमिटर जमिन? कत्रो छट्पटाहट! राम जन्मँदा कौसल्यालाई पनि यती बिघ्न छट्पहाट भएको थिएन होला, जती अहिले न्यायालयलाई भएको होस्।

यो हिँसा हो।

हजारौँ बर्ष अघी देखिको यो हिंसा!
यो हिंसा सनातन काल देखिको हो। यो सनातैनिक हिंसा हो।

यो हिंसा कुनै फरक धर्मावलम्भीहरु बिचको मात्र हैन,
उही राममन्दिर पक्षधर तमाम हिन्दूहरुले हिन्दूहरुको मस्तिस्कमा रोपिएको हिंसा हो।

उपन्यासमा लेखिए जस्तै मान्ने हो भने , बाँदर भालु पशु पनि रामका मित्र थिए।

भाजपाको यो जित, मानिस बिरुद्ध छ।
मान्छे बिरुद्धको यो मान्छेको जितले स्पस्टरुपमा कोही मान्छेको हार पुष्टि गरिरहेको छ।
मान्छेले मान्छेलाई हराएको ईतिहास हो यो।
थाहाछैन, अब म यो सनातनलाई कसरी चुन्छु?
सनातन र धर्म शब्दको अधिक अपव्याख्या भएको सुन्छु,
सन्दर्भ राम मन्दिर

19/05/2022

आएन भोट - कस्को दोष
चोटै चोट - कस्को दोष

अहमता - कस्को दोष
मुढता - कस्को दोष
सामन्त ठाँट - कस्को दोष
जनतालाई चोट - कस्को दोष
आएन भोट - कस्को दोष

असारे बिकास - कस्को दोष
आफ्नै ठेक्का - कस्को दोष
भ्रष्ट आचार - कस्को दोष
कमायौ नोट - कस्को दोष
आएन भोट - कस्को दोष

झोले काखा - कस्को दोष
राम्रालाई पाखा - कस्को दोष
देखेउ ला..खा.. - कस्को दोष
रिषाछन सब - कस्को दोष
खोजेर बस - कस्को दोष

Category

Website

Address


Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Matrika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.