InNepal

InNepal

Share

हामी नेपाली, हाम्रो नेपालमा 🇳🇵
आशा, हौसला र परिवर्तनका कथाहरू ✨

Promoting positive stories and achievements from Nepal while highlighting opportunities for progress.

28/09/2026

“किन नेपालमै केही नगर्ने?” भन्ने सोचका साथ Dipesh Jung Khadka ले विदेश वा जागिरको बाटोभन्दा आफ्नै माटोमा future बनाउने निर्णय गरे। Family को concern र risk का बीच दाइको support पाएपछि उनले Bold Berry Farms सुरु गरे, जहाँ seasonal vegetables, cucumber र सयौं dragon fruit का poles सँगै दशैंलाई target गरेर goat farming पनि भइरहेको छ। High school पछि नै आफ्नै केही सुरु गर्ने उनको यो journey अहिले आफ्नै माटोमा सम्भावना खोज्ने प्रयास बनेको छ।

27/09/2026

सानै उमेरमा addiction को struggle भोगेकी २१ वर्षीया Dinisha Pun ले आफ्नो past लाई weakness नभई strength बनाइन्। आफ्नै recovery journey पूरा गरेपछि “मैले जस्तै struggle गर्नेलाई पनि बाहिर निकाल्न सकिँदैन र?” भन्ने सोचका साथ उनले काठमाडौंको टोखामा आफ्नै Rehab Centre सुरु गरिन्। अहिले त्यहाँ १२ जना recovery को बाटोमा छन्, र आफूले भोगेको struggle बाटै Dinisha अरूको life मा नयाँ hope बन्ने प्रयास गरिरहेकी छन्।

25/09/2026

Camera बोकेर ६५ भन्दा बढी districts पुग्दै Bhaktapur का Sanjay Shrestha ले Bird Photography लाई आफ्नो passion बनाएका छन्। ११ वर्षको journey मा उनले Nepal मा पाइने ९०२ मध्ये ७२६ species का birds को photo खिचिसकेका छन्। बाघ र गैँडाको risk समेत लिएर photography गर्दै उनले Koshi Tappu को rare ‘सेतो पेटे रानी चरी’ को photo खिच्ने first photographer बन्ने उपलब्धि पनि हासिल गरेका छन्। अहिले उनी Manohara Khola का birds माथि १० वर्षको research समेटिएको book तयार गर्दैछन्।

23/09/2026

एक्लै बाहिर निस्कन समेत hesitate गर्ने २१ वर्षीया Jessica Gupta ले Japan जाने option भन्दा Nepal मै आफ्नो future बनाउने decision गरिन्। Personal savings र family को help बाट May 2026 मा Hetauda मा Jade Cafe सुरु गरिन्। न experience थियो, न business knowledge, तर सिक्दै, mistakes गर्दै र फेरि उठ्दै उनी अघि बढिरहिन्। आज उनको cafe मा daily करिब Rs. 10,000 को कारोबार हुन्छ, र आफ्नै खुट्टामा उभिने उनको independent journey सुरु भएकोमा उनी खुसी छन्।

22/09/2026

“नाच्न मन पर्छ भने त्यही पढ” भन्ने बाबाको advice पछ्याउँदै Sarlahi की Namrata KC ले Padma Kanya Campus बाट Dance पढ्न सुरु गरिन् र Class 12 मै Teaching Job पाइन्। नेपालमा equivalency नमिलेपछि दुई पटक reject भए पनि उनले हार मानिनन् र Lucknow University मा दुई वर्ष Kathak को training लिइन्। Nepal फर्किएर Aesthetic Dance Studio सुरु गर्दा एकपटक studio नै shut गर्नुपर्ने situation आयो, तर उनी फेरि अघि बढिन्। आज उनी Lalitkala Campus की Associate Professor हुन् भने उनको studio मा २५०+ students ले Kathak सिकिरहेका छन्।

21/09/2026

2020 को Lockdown मा १२ वर्षका Samyak Maharjan Free Fire मा निकै addicted थिए। बाबाले Diamonds दिने लोभ देखाउँदै Rubik’s Cube solve गर्ने challenge दिए, र त्यही सानो challenge ले उनको life नै बदलिदियो। Cube solve गर्दै जाँदा Free Fire बिर्सिएर Rubik’s Cube लाई आफ्नो passion बनाए। आज Samyak सयौँ Cube मिलाएर Messi र Ronaldo जस्ता personalities को Mosaic Portrait बनाउँछन्।

20/09/2026

झापा, बिर्तामोडकी Bed Kumari Subedi ले आफ्नो skill लाई business सँगै women empowerment मा जोडिरहेकी छन्। Organic Soap, Phenyl लगायत Aloe Vera, Neem, Turmeric र Coffee-based products बनाउन practical training दिँदै उनले सयौं महिलालाई skill सिकाइरहेकी छन्। आफ्नै products बाट घरमै बसेर monthly ५० हजार रुपैयाँसम्म income गर्दै उनी Skill Development र Women Entrepreneurship मा Resource Person का रूपमा पनि active छिन्।

18/09/2026

COVID का कारण Dibyesh Giri र Santosh Pandey दुवैको business बन्द भएपछि, उनीहरूले हार नमानी 2021 मा जम्मा रु. १ लाख investment बाट ‘ओहो केक’ सुरु गरे। सुरुमा daily २० वटा cake बेच्ने उनीहरूको business आज daily १५० वटासम्म sales गर्दै बितेको एक वर्षमा रु. ४ करोड turnover गर्न सफल भएको छ। दुई Cloud Kitchen मार्फत ३५ जनालाई employment दिँदै उनीहरूले विदेशबाट फर्किएका युवालाई training र रोजगारीको अवसरसमेत दिइरहेका छन्।

17/09/2026

ललितपुरकी Sachina Shakya ले husband Suchan Bajracharya सँगै १४ वर्षअघि Puppeteer Lounge Studio सुरु गरिन्। सुरुमा English Rhymes बनाए पनि अपेक्षित response नआएपछि उनीहरूले नेपाली भाषामा content बनाउने decision लिए। 2017 मा ‘दशैं आयो खाउँला पिउँला’ viral भएपछि उनीहरूको journey ले नयाँ गति लियो। आज ‘नानी एण्ड बाबु’ YouTube channel का २४ लाखभन्दा बढी subscribers छन्, र नेपाली बालगीतलाई नयाँ पुस्तामाझ पुर्‍याइरहेका छन्।

16/09/2026

B.Ed. पूरा गरेर ६ वर्ष Teacher को रूपमा काम गरेका Chitwan का Nabin Kumar Shrestha ले job छाडेर commercial chili farming सुरु गरे। अहिले २५ कट्ठामा गरिएको खेतीबाट उनले गत वर्ष Rs. 23 lakh sales गर्दै करिब Rs. 12 lakh net profit कमाए। उनको farm मा १२ जना locals ले regular employment पाएका छन्। Farming सँगै उनले Nabin Agro Center र Rice & Mustard Mill सञ्चालन गर्दै अन्य farmers लाई fertilizer, seeds र technical guidance समेत दिइरहेका छन्।

Address


Kamalpokhari
Kathmandu
44600