RSP Updates
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RSP Updates, Public Figure, Kathmandu.
राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बन्धित समाचार, गतिविधि, विश्लेषण तथा आधिकारिक जानकारीलाई सरल र जिम्मेवार ढंगले प्रस्तुत गर्ने प्लेटफर्म।💙🔔🙏
Updates | News | Analysis | Information
प्रतिनिधि सभा सदस्य रमेश प्रसाई
04/06/2026
वि.सं. २०८३ जेठ २१
ने.सं. ११४६ अनालागा चतुर्थी
लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना
राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक प्रथम महाधिवेशनका अवसरमा पार्टी महाधिवेशन विशेषाङ्क प्रकाशन गर्ने तयारी गरिएको कुरा सगौरव जानकारी गराइन्छ । यो प्रकाशन पार्टीको स्थापनादेखि वर्तमानसम्मका घटनाक्रम, पार्टीले लिएको रणनीति, राजनीतिक यात्रा, नीति, विचार र सिद्धान्त, पार्टीले नेपालको राजनीतिमा खेलेको भूमिका, संगठन, नेतृत्व, जनअपेक्षा तथा आगामी कार्यदिशा लगायतका विविध पक्षहरुमा केन्द्रीत रहने छ । रास्वपाका विविध विधा समेटेर प्रकाशित हुने यस ऐतिहासिक दस्तावेजका लागि आफ्नो सिर्जनात्मक एवं नवप्रवर्तनात्मक लेख/रचना र विचार उपलब्ध गराइदिनुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।
शर्तहरु
१. लेख रचना मौलिक, ज्ञानवर्द्धक तथा सूचनामूलक हुनुपर्नेछ । AI को अत्यधिक प्रयोग (१० प्रतिशतभन्दा बढी) गरी तयार गरिएको पाइएमा रद्द गरिनेछ ।
२. लेख रचना अधिकतम २००० शब्द-सीमामा रही नेपाली भाषा भए युनिकोड/कालिमाटी (फण्ट साइज ११) र अंग्रेजीमा भए Times New Roman (फण्ट साइज १२) मा हुनुपर्नेछ ।
३. लेख/रचना पठाउँदा लेखकको छोटो परिचय, लेखको सारांश र हालसालै खिचिएको पासपोर्ट साइजको डिजिटल फोटोसमेत पठाउनुपर्नेछ ।
४. लेख रचनाहरु प्रकाशनका लागि छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार सम्पादक मण्डलमा रहनेछ ।
५. पार्टीको विधान, नीति र सिद्दान्त प्रतिकूल लेख रचना प्रकाशन गरिने छैन ।
६. प्रकाशन विशुद्घ पार्टी गतिविधिको अंग भएकाले प्रकाशित लेख रचना वापत लेखकलाई कुनै किसिमको पारिश्रमिकको व्यवस्था गरिएको छैन ।
७. लेख रचना इमेल ठेगाना [email protected] मा पठाउनुपर्नेछ ।
८. लेख रचना मिति २०८३ जेठ २७ गते, बुधबार राति १२ बजेभित्र पठाउनुपर्नेछ ।
९. विशेषाङ्क प्रकाशनबारे थप जानकारीका लागि केन्द्रीय सदस्य रामकुमार (आरके) ढुंगाना (मोबाइन नं. 9851012875) लाई सम्पर्क गर्न सकिनेछ ।
गणेश पराजुली
संयोजक, अभिलेखीकरण तथा दस्तावेजीकरण उपसमिति
प्रतिनिधि सभा सदस्य नीतिमा भण्डारी कार्की
22/05/2026
कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरसम्बन्धी अभियोग फिर्ता गर्न अनुमति दिएको छ ।
Category
Website
Address
Kathmandu