Pathibhara Devi

Pathibhara Devi

Share

“जिन्दगीका कठिन पाइलामा पनि आमा–बुवा र भगवानको साथले बल मिल्छ। 💛

उत्पतिसम्बन्धि किम्बदन्ती तथा जनश्रुति
पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरु छन् । भनिन्छः- परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरुले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरु अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरुलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो । आत्मवोध प्राप्‍त गोठालाहरुले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्‍टपुष्‍ट भेडाको थुम्बा बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरु जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे । त्यो भन्दा आश्‍चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्‍चर्य मान्दै गोठालाहरुले देवीको जय जयकार गरे।

यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन् । देवीमा चढाईएको बलि संख्यालाई दृष्‍टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बलि स्‍नेहपूर्वक ग्रहण गर्छिन् भन्‍ने जनधारणा रहि आएको छ ।

आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्‍वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ । जसको परिणामस्वरुप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु देश तथा विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ ।

17/09/2026

शुभ बिहानी🙏
पाथिभरा माताको दिव्य कृपाले सबैको मंगल र कल्याण होस्। 🙏❤️
सधै र सबैका लागि माताको कृपा सधैं बनिरहोस्!❤️
जय पाथिभरा माता! 🌺🌺🌺

16/09/2026

जय पाथिभरा माता! हजुरको अपार कृपाले हामी सबैको रक्षा होस्, सबै दुःख–कष्ट हटेर जीवनमा सुख र शान्ति छाओस्। यहाँहरू सबैको आजको दिन शुभ रहोस्। शुभ बिहानी! 🙏

17/08/2026

शुभ रात्रि सबैमा मीठो सपनिको कमना 🙏🙏
शक्तिशाली पाथिभरा देवीको दर्शन गर्नुहोस🙏🙏
🌺❤️ जय पाथिभरा माता सबैको रक्षा गर्नुहोस् ।❤️🌺

Category

Website

Address


Kathmandu

Alerts

Be the first to know and let us send you an email when Pathibhara Devi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.