Pahilo Update

Pahilo Update

Share

Share Market Updates | IPO Alerts & Results | National News | Authentic. Timely. Trusted.

30/09/2026

आज नेप्से परिसूचक ४.८२ अंकले घटेर २,५९८.८९ विन्दुमा बन्द भएको छ। बजारमा कुल रु. ४ अर्ब ७६ करोड बराबरको कारोबार भएको छ।

30/09/2026

संयुक्त राज्य अमेरिकाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) एयरोस्पेस फोर्स का तीन कमान्डरबारे जानकारी उपलब्ध गराउने व्यक्तिका लागि १ करोड ५० लाख अमेरिकी डलरसम्मको पुरस्कार घोषणा गरेको छ।

30/09/2026

नेपाल धितोपत्र बोर्ड (SEBON) ले नेपाल स्टक एक्सचेन्ज (NEPSE) को संरचनागत सुधार तथा प्राविधिक सुदृढीकरण अघि बढाउने तयारी गरेको छ।

रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयनसँगै Intraday Trading, Short Selling र Derivatives जस्ता नयाँ उपकरण ल्याउने गृहकार्य भइरहेको बताइएको छ। साथै, NEPSE को IPO ल्याउने विषयमा समेत तयारी अघि बढ्ने अपेक्षा गरिएको छ। 📊

30/09/2026

नेपाल धितोपत्र बोर्ड (SEBON) मा नयाँ नेतृत्व आएपछि IPO स्वीकृति प्रक्रिया अघि नबढेको विषयमा प्रश्न उठाइएको छ।

IPO स्वीकृति, नियमन तथा पूँजी बजार व्यवस्थापनबारे छलफल भइरहेका बेला प्रक्रियामा ढिलाइको कारणबारे चासो व्यक्त गरिएको हो। SEBON का सार्वजनिक विवरणअनुसार पछिल्लो समय IPO आवेदन र सुधारसम्बन्धी प्रक्रिया भने अघि बढिरहेका छन्।

30/09/2026

डिजिटल क्रिएटरहरू अब सामान्य भिडियो निर्माता मात्र रहेनन्, उनीहरूले ठूला मिडिया उद्यम सरह देशको जीडीपी र रोजगारीमा ठूलो योगदान दिइरहेका छन्। युट्युबको यो चमत्कारिक सफलता र प्रविधिबारे तपाईंको धारणा के छ? comment मा लेख्नुहोस् र अपडेटका लागि like, share अनि follow गर्नुहोस्।

30/09/2026

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजीबजारलाई व्यवस्थित र सुरक्षित बनाउन बोर्डले जोखिम र सुशासनमा आधारित नयाँ नियमन रणनीति अङ्गीकार गरेको बताएका छन् ।

30/09/2026

Intraday Trading तथा Short Selling जस्ता नयाँ व्यवस्था कार्यान्वयनमा आउनुअघि नै ब्रोकर कमिसन कम्तीमा ५०% घटाउनुपर्ने माग गरिएको छ।

कारोबार लागत घटाउँदा लगानीकर्तालाई सहज हुने र पूँजी बजारमा सहभागिता बढाउन सहयोग पुग्न सक्ने बताइएको छ। 📊

30/09/2026

Breaking 🙀 !! नेपालकै चर्चित तथा सुन्दर महाकाली नदिको पुल चुडिएको छ ।💔

30/09/2026

सरकारको पूँजी बजारसम्बन्धी २१ बुँदे कार्ययोजनामा IPO जारी गर्ने सामान्य योग्यता सम्बन्धी निर्देशिका बनाउने तथा पूँजी बजारको नियमन र पूर्वाधार सुधार अघि बढाउने विषय समेटिएको छ। कार्ययोजनामा लगानीकर्ताको हित संरक्षण, बजारलाई व्यवस्थित बनाउने र IPO प्रक्रियालाई थप स्पष्ट तथा पारदर्शी बनाउने सुधारहरू प्रस्ताव गरिएका छन्।

अब प्रश्न—यी सुधारले IPO प्रक्रियामा कस्तो परिवर्तन ल्याउला? 👀👇

30/09/2026

बीमा दाबीको क्षति मूल्याङ्कनलाई पारदर्शी र सुशासित बनाउन नेपाल बीमा प्राधिकरणले स्वचालित प्रणाली परीक्षणमा ल्याएको छ। ६८० भन्दा बढी सर्भेयरलाई आबद्ध गराई क्षमता र उपलब्धताका आधारमा काम बाँडफाँड गरिनेछ।

Website

Address


Anamnagar/29
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Pahilo Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.