edusri.com

edusri.com

Share

Educational news and views

Photos from edusri.com's post 12/06/2026

ईसीडी शिक्षकहरुले अर्थमन्त्री र शिक्षामन्त्रीलाई भेटेका छन् । बजेटमा नसमेटिएका माग शिक्षा ऐनमा समेटिने
अर्थ र शिक्षामन्त्रीले बताउनुभएको नेपाल बाल विकास शिक्षक केन्द्रीय संघर्ष समिति अध्यक्ष कृष्णकुमारी थापा मगरले जानकारी दिनुभयो ।

Photos from edusri.com's post 12/06/2026

नारायणी नदीको ग्रवेल निकासी गर्दा नारायणी माध्यमिक विद्यालयमा आवतजावत गर्ने विद्यार्थीहरु आवतजावत गर्दा दुर्घटना भएका कारण नारायणी माध्यमिक विद्यालयले विद्यालय बस राखेर ग्रावेल बोक्ने ट्रिपर रोकेको छ । विद्यालय क्षेत्रको बाटोमा खाडल बढी हुँदा बाटोमा हिंड्न पनि समस्या भएको स्थानीयहरुको भनाइ छ ।

12/06/2026

शिक्षा नियमावली नआउँदा कतै कतै सरुवा शुल्क उठाउन थालिएछ । सानो रकम भएर बिल काटियो । ठूलो रकमको बिल नकाटिएको जन गुनासो पनि उत्तिकै सुनिने गरेको छ ।

Photos from edusri.com's post 12/06/2026

मध्यबिन्दु नगरपालिकाले हाम्रो खुसी पाठ्यक्रम लागु गरेको २ वर्ष भएको छ। यो अवधिमा भएको प्रगति र सुधार गर्नुपर्ने पक्ष पहिचान गर्ने उद्देश्यले ८ वटा विद्यालय छनौट गरेर कक्षा १-८ का विद्यार्थी, अभिभावक, कक्षागत खुसी शिक्षक र प्रधानाध्यापकहरुका लागि प्रश्नावली तयार गरी सर्वेक्षण गरेको छ।
फोटो /स्रोत : लक्ष्मी पाण्डे

11/06/2026

बालमैत्री विद्यालय निर्माणका लागि गैंडाकोट नगरको निर्देशन
सामाचारका लागि लिङ्कमा जानुहाेस् ।
https://edusri.com/content/873/2026-06-11

गैंडाकोटमा मदिराजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सञ्चालन 10/06/2026

गैंडाकोटमा मदिराजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सञ्चालन

गैंडाकोटमा मदिराजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सञ्चालन नवलपुर, २७ जेठ / राष्ट्रिय स्वास्थ्य,शिक्षा,सूचना तथा सञ्चार केन्द्र टेकु काठमाण्डौंको आयोजनामा गैंडाकोटको विजय

Photos from edusri.com's post 08/06/2026

हुप्सेकोट गाउँपालिका शिक्षा , युवा तथा खेलकुद शाखाद्वारा ।२३ र २४ गते भएको शैक्षिक सामग्री प्रदर्शनी मेला तथा प्रतियोगिता साथै उत्कृष्ट शिक्षक–विद्यार्थी सम्मान कार्यक्रम गरेको छ ।

08/06/2026

गैंडाकोटमा स्थानीय स्काउटको आयोजना र शिक्षा युवा तथा खेलकुद शाखा गैंडाकोट न.पाको समन्वयमा सम्पन्न बिहानी प्रार्थना तथा कवाज तालिम कार्यक्रमको समापन समारोहमा आफ्नो शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले तालिममा सिकेका ज्ञानलाई विद्यालयमा प्रयोगमा ल्याउनुहुन निर्देशन सहित आग्रह गर्नुभयो । साथै आफ्नो कार्य क्षेत्रमा काम गर्ने हामीहरुको मूल्यांकन तत्काल नदेखिए पनि सबैले मूल्यांकन गरिरहेको कुरा बताउनुभयो ।

Photos from edusri.com's post 07/06/2026

शनिबार र आइतबार मध्यबिन्दु नगरपालिका नवलपुरको आयोजनामा AI प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तालिममा मध्यविन्दु नगरपालिकाका शिक्षकहरुको सहभागीता रहेको थियो । तालिमको सहजीकरण ए.आई प्रशिक्षक श्रीकृष्ण आचार्यले सहजीकरण गर्नुभएको थियो । तस्बिर :श्रीकृष्ण आचार्य

Photos from edusri.com's post 07/06/2026

गैंडाकोट नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाद्वारा आयाेजित एकीकृत पाठ्यक्रम कक्षा १-३" एवं कस्टमाइज्ड तथा कक्षा ४-५ मुल्यांकन तालिम तथा अभिमुखीकरण कार्यक्रमका तस्बिरहरू
ज्येष्ठ २२ देखि २४ सम्म

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kathmandu