Nepal Rajya
खोज अनुसन्धान सहितको विश्लेषण टिप्पणी
09/09/2026
लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कविहीन रहेको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयअन्तर्गतको आपत्कालीन कार्यसञ्चालन केन्द्रले जानकारी दिएको छ ।
बर्दियाका: ७६ जना
दाङ: ५४
रोल्पा: २४
बाँके: २३
रुपन्देही: १९
पाल्पा: ९
प्युठान: ९
नवलपरासी (बर्दघाट सुस्तापश्चिम): ९
अर्घाखाँची: ८
गुल्मी: ७
कपिलवस्तु: ६
रुकुमपूर्व: ४
07/09/2026
भोटेकोशी र त्रिशूली नदी हुँदै आएको महाविनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूको स्मृतिमा भगवती माध्यमिक विद्यालय डेभाले शोकसभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
07/09/2026
४ हजार ९ सय ९४ जना अझैसम्म सम्पर्क विहिन
07/09/2026
भोटेकोसी बाढीमा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली तथा दीप प्रज्वलन
भाद्र १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा बेपत्ताहरूको सकुशल खोजीको कामना गर्दै सन्धिखर्कस्थित शान्ति बगैंचामा दिप प्रज्वलन ।
05/09/2026
प्रहरीको पछिल्लो अपडेट :
रसुवाको भीषण बाढीमा परी मृ'त्यु हुनेको संख्या १ हजार ३ सय ४४ पुगेको छ भने अझै ४ हजार ८ सय ९८ जना सम्पर्कविहीन रहेका छन् ।
04/09/2026
रसुवामा आएको भीषण बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म १ हजार २ सय ९० जनाको श'व फेला परेको छ भने बाढीपछि सम्पर्कविहीन भएका ४ हजार ७ सय ९८ जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ ।
04/09/2026
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. १० अर्ब भन्दा बढी रकम संकलन भएको छ।
04/09/2026
देशलाई नै खुसी बनाउने खबर ...
रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनको जीवितै आज उद्धार भएको छ ।
साेही आयोजनामा ईन्जिनियर रहेका सुबाेध बेल्वासे पनि १० दिन देखि सम्पर्क विहीन हुनुहुन्छ । हामीलाई आशा छ, सुबाेधकाे पनि जीवित उद्वार भयो भन्ने खबर सुन्न आतुर छाैं । १० दिनसम्मकाे पीडालाई खुसीमा परिणत हुनेछ । सुबाेध
अर्घाखाँची शितगंगा नगरपालिका-४ ठाडा निवासी सामाजिक तथा राजनीतिक व्यक्तित्व सुरेन्द्र बेल्वासेका छाेरा हुनुहुन्छ ।
04/09/2026
विज्ञहरुको टोलीसहित कांग्रेस सभापति गगन थापा रसुवा जाँदै छन् ।
04/09/2026
१० दिन पछि दुई जनाको उद्वार गृहमन्त्री सुधन गुरुङ फिल्डमा देखिए त्रिशुलीमा उद्धार भएकालाई हेलिकप्टरबाट काठमाडौं पठाउँदै ।
Category
Contact the public figure
Telephone
Website
Address
Katmandu