ChildSafeNet

ChildSafeNet

Share

ChildSafeNet is a non-governmental organisation, working protect children in the digital age.

26/09/2026

नेपाली बैंकका ग्राहकले आफ्ना खातामा निकै कमजोर पासवर्ड प्रयोग गर्ने गरेको पाइएको छ । डार्क, पेस्ट तथा लिक्स साइटमा उपलब्ध डेटा विश्लेषणपछि टेकपानाले नेपालीले बढी प्रयोग गर्ने २० वटा त्यस्ता कमजोर पासवर्डको सूची तयार पारेको छ ।

डेटा विश्लेषणका क्रममा धेरै प्रयोगकर्ताले आफ्नो नामको पछाडि केही अङ्क, आफ्नै मोबाइल नम्बर वा जन्ममितिलाई पासवर्डका रूपमा राख्ने गरेको देखिएको छ । यहाँ प्रस्तुत गरिएका कमजोर पासवर्ड विभिन्न समयमा भएका डेटा लिकका घटनामा सबैभन्दा धेरै पटक फेला परेका आधारमा वर्गीकरण गरिएको हो ।

सजिलै अनुमान लगाउन सकिने यस्ता पासवर्डका कारण प्रयोगकर्ताको बैंकिङ र व्यक्तिगत विवरण उच्च जोखिममा पर्ने देखिएको छ ।

१) Tina@123

२) Nepal@123

३) Lalbandi@1

४) Nepal143@98

५) Janakpurr@2

६) Sunsari@123

७) Nepal123

८) Nepal@555

९) 123456

१०) desh12345!

११) digital@505

१२) Dhurbatara18@

१३) nbl@123

१४) Asmita21

१५) Bagmara12

१६) dummy

१७) Sanyam123$

१८) Kohalpur@123

१९) Intelcoei5

२०) P@$$w0rd

समाचारः Techpana

https://techpana.com/2026/159264?fbclid=IwdGRjcAUkL_hleHRuA2FlbQIxMQBwZG9mAWZkaWQWUPK7bRn-fh096iqgW_J6GadQfLp77nNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR5mFUX0brr-2D1IuBNg9e_bpJnPS5MCdpbJC6LuIm7scjErEbdw403kn6rgLQ_aem_hash1AHb37ctqSmjkd2-7g

26/09/2026

Technology-facilitated gender-based violence (TFGBV) rarely happens in isolation. Online and offline abuse are closely linked. They reinforce and amplify each other.

What starts online as harassment, threats, or surveillance can escalate into control, intimidation, and violence in everyday life.

Offline abuse may be filmed, shared, or used online to shame and threaten survivors. Harm multiplies. Fear follows survivors everywhere.

For survivors, the divide between “online” and “offline” violence no longer exists.

The evidence is clear. ChildSafeNet’s study on online intimate partner violence, conducted with the Sexual Violence Research Initiative (SVRI), found that around half of survivors experienced both online and offline abuse. Digital tools are being used to extend existing patterns of power and control, not to create harm in isolation.

Global research confirms this. Technology is widely used to monitor, threaten, coerce, and intimidate survivors. Online abuse often comes before, or alongside, physical and sexual violence.

The impact is cumulative. Survivors live with constant fear, anxiety, isolation, and long-term psychological harm.

Yet responses remain fragmented. Online abuse is still minimised or treated as separate from “real-world” violence. Platforms focus narrowly on content moderation. Justice and protection systems struggle to respond to harm that moves across digital and physical spaces. Survivors are left to manage risk alone.

Responses must reflect lived realities.

What needs to be done:

✅ Recognise online and offline violence as part of the same continuum

✅ Embed safety-by-design and privacy-by-design across digital platforms

✅ Ensure survivor-centred reporting and rapid response mechanisms

✅ Strengthen coordination between platforms, law enforcement, and support services

✅ Enforce clear accountability for how technology enables harm

Technology may facilitate violence, but it is rooted in inequality, power, and control.

Treating online abuse as secondary delays action and deepens harm. If prevention and protection are serious goals, responses must be as connected as the violence itself.

22/09/2026

ChildSafeNet द्वारा Safe Online र Tech Coalition संग सहकार्यमा गरिएको एक अध्ययनका निष्कर्षहरू गम्भीर छन् । अभिभावकहरू अनलाइन जोखिमप्रति चिन्तित भए पनि, धेरैजसोमा प्राविधिक सचेतना र सहयोगको अभाव पाइएको छ। केही प्रमुख निष्कर्षहरू हुन्।

अनुसन्धानका प्रमुख निष्कर्षहरू :

* धेरै बालबालिकाले आफ्नै स्मार्टफोन नहुँदा पनि परिवारका सदस्यहरूको फोन प्रयोग गरेर इन्टरनेट चलाएका थिए।

* २९% बालबालिकाले पारिवारिक सामाजिक सञ्जाल खाता प्रयोग गरेका थिए, जसमध्ये अधिकांशले आमाको खाता प्रयोग गरेका थिए।

* ८५% अभिभावकहरूले आफ्ना बालबालिकासँग अनलाइन बाल यौन शोषण तथा दुर्व्यवहारबारे कहिल्यै कुरा गर्ने गरेका छैनन्। यसको कारण यसबारे कुरा गर्न असहज हुनु, जानकारीको अभाव, वा बालबालिका “अझै साना छन्” भन्ने धारणा थियो।

* अधिकांश अभिभावकहरू आफ्ना बालबालिकाको अनलाइन गतिविधि र सामाजिक सञ्जाल खाताबारे अनभिज्ञ रहेको पाइयो । बालबालिका वयस्क सामग्री र ग्रूमिङको जोखिममा परेका

21/09/2026

सामाजिक सञ्जालमा दुई स्कुले विद्यार्थीमाथि युवकहरूको एक समूहले बाटो छेकेर निर्दयी रूपमा दुर्व्यवहार तथा यौन उत्पीडन गरिरहेको दृश्यसहितको भिडिओ भाइरल भएको छ । छात्राले हात जोडेर गुहार माग्दासमेत युवकहरूले लछारपछार र अमर्यादित हर्कत गरेको देखिने उक्त भिडिओ बाहिरिएपछि इन्टरनेट प्रयोगकर्ताहरूमा आक्रोश फैलिएको छ ।

यो घटना भारतको बिहारस्थित जमुई जिल्लाको हो । गत शनिबार (१९ सेप्टेम्बर) साँझ करिब ६:३० देखि ७:०० बजेको समयमा जमुई–लखीसराय सडक खण्ड नजिकै सदर प्रहरी थाना क्षेत्रमा यो लज्जास्पद घटना भएको थियो ।

जमुई सहरका बासिन्दा तथा कक्षा १० मा एउटै कोचिङ सेन्टरमा अध्ययनरत दुई नाबालिग विद्यार्थी (एक छात्र र एक छात्रा) पढाइ सकिएपछि स्कुटरमा मरवा पहाडतर्फ गएका थिए । त्यहाँबाट घर फर्किने क्रममा स्थानीय युवकहरूको एक समूहले उनीहरूको बाटो छेकेर नियन्त्रणमा लिएको थियो ।

सामाजिक सञ्जालमा फैलिएका भिडिओमा देखिएको दृश्य अत्यन्तै आपत्तिजनक छ । भिडिओमा ती युवकहरूले स्कुटर रोकेर दुवै विद्यार्थीलाई जबर्जस्ती ओरालेको, उनीहरूको नाम–ठेगाना सोधेको र ‘परिवारलाई यसबारे थाहा छ कि छैन’ भन्दै धम्क्याएको देखिन्छ ।

त्यस क्रममा समूहले छात्रको कलर समातेर घिसार्दै थप्पड हानेको थियो भने छात्रालाई घेरा हालेर संवेदनशील अंगहरू छुने, घाँटी समातेर घिसार्ने र यौन उत्पीडन गर्ने जस्ता अमानवीय हर्कत गरेको देख्न सकिन्छ ।

छात्राले आँसु खसाल्दै र हात जोडेर छाडिदिनुस् भनी लगातार बिन्ती गर्दा पनि उनीहरूले करिब २० मिनेटसम्म मानसिक र शारीरिक यातना दिँदै आफ्नै मोबाइलबाट उक्त दृश्य रेकर्ड गरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

यता प्रहरीले भने पीडित नाबालिकाको मर्यादा र गोपनीयतालाई ख्याल गर्दै सामाजिक सञ्जालमा उक्त भिडिओ थप शेयर नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

समाचारः Techpana

https://techpana.com/2026/159205?fbclid=IwdGRjcAUeTm5wZG9mBWZkaWQWUO0Tg4NpOGg6tWN-mV3KS0fwynVnyWV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR49mihe6ksrWLs-f4-RgMfg0DjSNmpicEPLtPf8i4wTZq8PJTq-mN042r4XYw_aem_GmJ5UOQ7TYEiemsghRv6kw

21/09/2026

Thank you, Naya Patrika, for quoting ChildSafeNet Founding President and highlighting findings from our research. Thank you, Shilpa Karna for the excellent story.

बालबालिकाको क्षेत्रमा कार्यरत अधिकारकर्मी अनिल रघुवंशीका अनुसार सामाजिक सञ्जाल कम्पनीहरूले आफ्ना प्लाटफर्म ‘एडिक्टिभ’ बनाएका छन् । जसले वयस्क मात्र होइन, बच्चालाई पनि सजिलै त्यसको लत लाग्छ ।

‘तर, त्यसअनुसार सुरक्षाका कुरा त्यहाँ निकै न्यून छन् । यसका लागि अभिभावक मात्र होइन, यस्ता कम्पनी र राज्य पनि जिम्मेवार बन्नुपर्छ,’ उनले भने, ‘दूरसञ्चार प्राधिकरणले उठाउने कर कोषमा जम्मा भएको छ । तर, सुरक्षातर्फ खर्च हुनुपर्नेमा भएको छैन । सबैतिर इन्टरनेट पुर्‍याउनु मात्र उपलब्धि होइन, सबैका लागि सुरक्षित बनाउनु वास्तविक उपलब्धि हो ।’

नेपालमा बालबालिकालाई अनलाइन यौन शोषण तथा दुर्व्यवहारबाट जोगाउन अभिभावकीय भूमिका सुदृढ गर्ने विषयमा गरिएको एक अध्ययन प्रतिवेदनमा धेरैजसो बालबालिकाले आफ्ना अभिभावकको सामाजिक सञ्जाल एकाउन्ट चलाउने गरेको देखिएको थियो ।

चाइल्डसेफनेट र सेफ अनलाइनले काठमाडौं र ललितपुरका ६ देखि १७ वर्षसम्मका बालबालिकाका अभिभावकसँग सर्वेक्षण गरी २०२५ मा प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रतिवेदनअनुसार २९ प्रतिशत बालबालिकाले अभिभावकको नाममा रहेका सामाजिक सञ्जाल खाता चलाउँथे भने तीमध्ये अधिकांशले आमाको नाममा रहेको खाता चलाउने गरेका थिए ।

धेरैजसो अभिभावक आफ्नो बच्चाको सामाजिक सञ्जाल खाताहरूबारे अनभिज्ञ रहेको पाइएको थियो भने बालबालिका वयस्क सामग्री तथा ‘गु्रमिङ’को जोखिममा थिए । ७३ प्रतिशत अभिभावकले कहिल्यै ‘प्यारेन्टिङ कन्ट्रोल टुल्स’ प्रयोग गरेका थिएनन् ।

अध्ययनअनुसार अधिकांशले बालबालिकासँग सामाजिक सञ्जाल र अनलाइनमा हुने जोखिमबारे कुराकानी गरेका थिएनन् । अभिभावकको सुपरिवेक्षणविनै प्रायः बालबालिका अनलाइन जाने गरेको अध्ययनले देखाएको थियो ।

अभिभावकसमेत घरका सदस्यले नै मोबाइल हेरिरहने भएपछि बालबालिकाले पनि त्यही सिक्ने र खेलकुदका लागि पर्याप्त स्थान तथा सामग्री नहुनु पनि समस्या रहेको रघुवंशीको भनाइ छ । उनी भन्छन्, ‘बच्चाहरूलाई सामाजिक सञ्जाल, भिडियो गेम वा मोबाइलको लत लाग्यो भन्छौँ हामी, तर त्यो समयमा गर्नेचाहिँ के भनेर विकल्प दिँदैनौँ ।

स्क्रिन टाइम धेरै भयो भन्छौँ, तर अरू एक्टिभिटी के गर्ने भनेर सिकाउँदैनौँ ।’ पेन्टिङ, सामग्री निर्माण, उसका रुचिका कुराकानीजस्ता कुरामा बच्चालाई व्यस्त बनाउनुपर्ने उनको भनाइ छ ।

सबैतिर इन्टरनेट पुर्‍याउनु मात्र उपलब्धि होइन । सबैका लागि इन्टरनेट सुरक्षित बनाउनु वास्तविक उपलब्धि हो । खेलकुदका लागि पर्याप्त स्थान तथा सामग्री नहुनु पनि एउटा समस्या हो । हामी बच्चाहरूलाई सामाजिक सञ्जाल, भिडियो गेम वा मोबाइलको लत लाग्यो भन्छौँ, तर त्यो समयमा गर्नेचाहिँ के भनेर विकल्प दिँदैनौँ । स्क्रिन टाइम धेरै भयो भन्छौँ, तर अरू एक्टिभिटी के गर्ने भनेर सिकाउँदैनौँ । बच्चालाई केमा रुचि छ बुझ्नुपर्छ, उसको मनोविज्ञान जान्नुपर्छ,संवाद गर्न सिकाउनुपर्छ ।

स्क्रिन टाइम बढी भएका बालबालिकालाई आवेग नियन्त्रणमा पनि अप्ठ्यारो पर्ने गरेको छ । उनीहरूले हिंसालाई प्रोत्साहन गर्ने गेम खेल्ने, सामग्री हेर्नेजस्ता कार्य गर्दा आजीवन नै उनीहरूमाथि त्यसको असर देखिने चिकित्सकहरूको भनाइ छ ।

उनीहरूले सानैदेखि रिल्स, युट्युब सर्टस्, टिकटक आदि माध्यमबाट भिडियो हेर्छन् । यस्ता प्लाटफर्म वयस्कका लागि डिजाइन गरिएको हुन्छ र त्यस्तै कन्टेन्ट हुन्छन् । तर, यसमा अभिभावकले ध्यान दिएका हुँदैनन् र यस्ता सामग्रीको उपभोगबाट बच्चालाई रोक्दैनन् । ‘उल्टै अभिभावकले बच्चालाई मोबाइल दिएर आफू काम गर्छन् । बच्चालाई भुलाउने एउटा माध्यमका रूपमा लिएका छन्,’ समाजशास्त्री डा. टीकाराम गौतम भन्छन् ।

समाचारः Naya Patrika

https://nayapatrikadaily.com/news-details/205129/2026-09-21

20/09/2026

Whenever a new iPhone or another flagship phone is launched, we see people queuing to buy it on the first day. Soon, social media fills with unboxing videos, mirror selfies and photos showing off the latest model.

There is nothing wrong with buying a new phone. Some people genuinely need one. Others want a better camera, longer battery life, improved performance or useful new features. If they can afford it and it adds value to their lives, that is their choice.

But many people may not even know what the new features are, or how much they will actually use them.

So why upgrade?

For some, an expensive phone has become more than a device. It has become a status symbol.

For them, upgrading the phone can also mean upgrading their social image.

Social media and peer pressure can reinforce the feeling that having the latest phone says something about who we are. We show it off. We compare ourselves with others. And sometimes, without even realising it, we start seeking validation through what we own and what others can see us carrying.

This is concerning particularly when we think about children and young people.

When they constantly see expensive phones, clothes and lifestyles displayed online, what are we teaching them?

That success can be seen in a mirror selfie?

That owning the latest device makes someone more important?

That we need expensive things to impress others?

Not everyone trying to keep up can afford to do so. The pressure to belong, impress and be accepted can lead people to spend beyond their means, and sometimes take serious risks.

Perhaps we need to change the conversation.

Buy a phone because you need it. Upgrade because it genuinely adds value to your life. Enjoy technology, but don’t let technology become a measure of our worth.

Before spending a large amount on the latest model, let’s ask ourself one simple question:

Do I need this phone, or do I need people to see me with this phone?

Our phones should never define who we are.

20/09/2026

फेसबुकमार्फत नाबालिकालाई प्रेमको प्रलोभनमा पारी जबरजस्ती करणी गर्ने, अश्लील भिडिओ खिचेर ब्ल्याकमेल गर्ने र विदेश पुगेपछि पीडितकी आमालाई समेत धम्क्याउने एक युवक इन्टरपोलको सहयोगमा पक्राउ परेका छन् । झापाको बिर्तामोड-३ बस्ने २५ वर्षीय बिमल राजवंशीलाई रेडकर्नर नोटिस जारी गरी ओमानबाट पक्राउ गरी नेपाल ल्याइएको हो ।

प्रहरीले अनुसन्धान सकेर झापा जिल्ला अदालतमा अभियुक्त विरुद्ध जबरजस्ती करणी र साइबर अपराधको मुद्दा समेत दर्ता भइसकेको छ । जिल्ला सरकारी वकिल कार्यालय झापाले अदालतमा पेस गरेको अभियोगपत्र अनुसार प्रतिवादी राजवंशीले १७ वर्षीया नाबालिकालाई २०८१ जेठ ४ गते चन्द्रगढी बजारमा बोलाई बिर्तामोडस्थित न्यु बादल होटल एण्ड लजमा लगेर विवाहको आश्वासन दिँदै जबरजस्ती करणी गरेका थिए ।

करणीका क्रममा उनले पीडित किशोरीको अनुमति विना अश्लील भिडिओ समेत खिचेका थिए । सोही भिडिओ सामाजिक सञ्जालमा राख्ने तथा आफन्तलाई पठाइदिने र चरित्र हत्या गरिदिने डर त्रास देखाई उनले निरन्तर नग्न फोटो पठाउन लगाउने र पटक-पटक जबरजस्ती करणी गर्दै आएका थिए ।

पीडित किशोरीलाई निरन्तर मानसिक र शारीरिक शोषण गरेपछि राजवंशी वैदेशिक रोजगारीको सिलसिलामा ओमान पुगेका थिए । ओमान पुगेपछि किशोरीले कुराकानी गर्न छाडेपछि राजवंशीले नक्कली फेसबुक आईडी बनाए । २०८२ फागुन ५ गते बिहान ०६:०० बजे उनले उक्त आईडीबाट पीडित किशोरीकी आमाको फेसबुक मेसेन्जरमा छोरीको अश्लील भिडिओ र फोटो पठाइदिए ।

छोरीको भिडिओ देखेपछि आमाले मेसेन्जरमार्फत भिडिओ हटाउन र छोरीको बदनाम नगर्न अनुनय गरिन् । तर राजवंशीले उल्टै आमासँग पनि 'गोप्य अङ्गको फोटो पठाउन' भन्दै चेतावनी दिएका थिए । फोटो नपठाए छोरीको अश्लील भिडिओ अन्य व्यक्तिहरूलाई समेत सार्वजनिक गरिदिने भन्दै उनले ब्ल्याकमेल गरेका थिए ।

उनको ब्ल्याकमेलिङ र यातना सहन नसकी पीडित किशोरी र उनकी आमाले २०८२ फागुन १२ गते जिल्ला प्रहरी कार्यालय झापामा किटानी जाहेरी दर्ता गराएका थिए । जाहेरी परेपछि वैदेशिक रोजगारीमा ओमान रहेका राजवंशीलाई पक्राउ गरी नेपाल ल्याउन इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरिएको थियो । सोही नोटिसका आधारमा ओमान प्रहरीले राजवंशीलाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएको हो ।

वारदात सुरु हुँदा पीडित किशोरीको उमेर १७ वर्ष रहेकाले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) अनुसारको कसुरमा सोही दफाको उपदफा (३)(घ) बमोजिम १० वर्षदेखि १२ वर्षसम्म कैद सजायको मागदाबी गरिएको छ ।

सोही संहिताको दफा २१९ (३क)(ख) बमोजिम रु. ५ लाख जरिबाना गरी सो रकम पीडित राहत कोषमा जम्मा गराउन माग गरिएको छ ।

साथै दफा २२८ बमोजिम कसुरदारबाट पीडितलाई मनासिब क्षतिपूर्ति दिलाई भराउन समेत मागदाबी लिइएको छ ।

यस बाहेक विद्युतीय माध्यममार्फत अश्लील सामग्री प्रकाशन तथा सार्वजनिक गरी चरित्र हत्या र हैरानी गराएकाले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिम रु. १ लाखसम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय को मागदाबी गरिएको छ ।

समाचारः TechPana

https://techpana.com/2026/159182/man-arrested-in-oman-for-blackmailing-mother-with-daughters-video?fbclid=IwdGRjcAUcvAhwZG9mBWZkaWQWUOzsxSkiPMbQZaKK7JMsT-7SPVmpf2V4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR4Vh-ig1xHSQZkQmVr4t9P94GkdD7m8OFsCKUQZJA3TuIzoxzquqEw_P44vBA_aem_2r-Ivrh5cECzCFDihUyPIA

18/09/2026

We often talk about children’s screen time, mental health, and digital habits. But one question deserves more attention: Are we making children and young people less emotionally intelligent?

What is emotional intelligence?

Emotional intelligence (EI) is the ability to recognise, understand, and manage emotions — in ourselves and others.

It underpins empathy, self-control, and healthy relationships. EI develops through face-to-face interactions, real-time feedback, and emotional coaching — experiences that screens can easily displace.

What may be driving this?

1️⃣ Long screen time: less practice reading facial expressions, tone, or managing real conflicts.

2️⃣ Doomscrolling: feeds amplify envy, outrage, and anxiety faster than children can process them.

3️⃣ Screens as emotional pacifiers: using media to self-soothe may weaken emotional regulation skills.

4️⃣ Filtered communication: emojis and texts flatten emotional nuance.

5️⃣ Distracted parenting: children lose emotional coaching when adults are absorbed in their own devices.

6️⃣ AI companions and algorithms: human unpredictability and empathy are missing from these interactions.

What can we do?

✅ Focus on problematic use, not just hours spent online.

✅ Encourage real-world social connection and empathy-building.

✅ Practise emotional coaching — talk through feelings instead of handing over a phone.

✅ Build digital emotional literacy: help children recognise how online content manipulates emotion.

✅ Push for more research on how design and education can strengthen children’s EI.

We may not have all the answers yet, but the evidence suggests that digital habits can create headwinds to emotional growth.

At ChildSafeNet, we see this as a new frontier in child protection: helping young people build emotional strength, not just digital skills.

Image: AI-generated by ChildSafeNet

17/09/2026

बालबालिकाले स्क्रिनमा धेरै समय बिताउँछन् भनेर हामी चिन्ता गर्छौँ। तर त्यसको सट्टा उनीहरूलाई हामी के गर्न दिइरहेका छौँ?

यसको एउटा सरल उपाय हाम्रै घरभित्र हुन सक्छ।

क्याम्ब्रिज विश्वविद्यालयको मनोचिकित्सा विभागका अनुसन्धानकर्ताहरूले The Queen’s Reading Room सँग मिलेर सन् २०२६ को National Year of Reading को अवसरमा रमाइलोका लागि पढ्नुका फाइदाबारे जानकारी दिइरहेका छन्।

आफूलाई मनपर्ने कुरा पढ्दा मनलाई आनन्द मिल्नुका साथै मानसिक स्वास्थ्य राम्रो बनाउन र सोच्ने तथा बुझ्ने क्षमताको विकास गर्न पनि सहयोग पुग्न सक्छ।

यसका लागि गम्भीर वा ठूला साहित्यिक पुस्तक नै पढ्नुपर्छ भन्ने छैन। उपन्यास, कमिक्स, चित्रकथा, जीवनी वा पत्रिका, जुनसुकैले पनि बालबालिकामा जिज्ञासा र कल्पनाशक्ति बढाउन सक्छ।

यसको अर्को महत्त्वपूर्ण फाइदा पनि हुन सक्छ। नियमित रुपमा पढ्ने बानीले बालबालिकाको स्क्रिनमा बिताउने समय कम गर्न मद्दत गर्न सक्छ।

बालबालिकालाई केवल “फोन बन्द गर” भनेर भन्नु मात्रै प्रभावकारी नहुन सक्छ। उनीहरूले स्क्रोलिङ, गेम खेल्ने वा भिडियो हेर्ने समय कम गरून् भन्ने चाहन्छौँ भने त्यसको सट्टा उनीहरूलाई रमाइला र आकर्षक विकल्प पनि दिनुपर्ने हुन्छ।

त्यसैले हामी अभिभावकहरुलाई बालबालिकाका अनलाइन समयको केही भाग पढ्ने समयमा बदल्न सल्लाह दिन चाहन्छौँ।

• बालबालिकालाई आफूलाई मनपर्ने पुस्तक छान्न दिनुहोस्।

• पुस्तकहरू उनीहरूले सजिलै भेट्ने र लिन सक्ने ठाउँमा राख्नुहोस्।

• नियमित रूपमा स्क्रिनबिनाको पढ्ने समय बनाउनुहोस्।

• सँगै पढ्नुहोस् र कथा तथा नयाँ विचारबारे कुराकानी गर्नुहोस्।

• सबैभन्दा महत्त्वपूर्ण कुरा, बालबालिकाले अभिभावकहरुले पनि फोन किताब वा पत्रत्रिका पढेको देखून्।

पढ्ने बानीले बालबालिकालाई निरन्तर स्क्रोलिङबाट केही समय टाढा रहन, शान्त भएर ध्यान केन्द्रित गर्न, कल्पनाशक्ति बढाउन र अरूसँग जोडिन मद्दत गर्छ।

प्रविधि बालबालिकाको जीवनको अभिन्न हिस्सा बनिसकेको छ र यो हराएर जानेवाला छैन।

हाम्रो उद्देश्य स्क्रिनको प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनु वा हटाउनु होइन, बरु बालबालिकाको अनलाइन र अफलाइन जीवनबीच स्वस्थ सन्तुलन कायम गर्नु हो।

स्क्रोलिङ कम गरौँ।

पढ्ने समय बढाऔँ।

खेल्ने समय बढाऔँ।

परिवारसँग बिताउने समय बढाऔँ।

पढ्नु मानसिक स्वास्थ्यका लागि किन लाभदायक हुन्छ, थप जानकारी 👉 https://bit.ly/4cN4Rjs

चित्र: ChildSafeNet द्वारा AI को प्रयोग गरी तयार गरिएको

Telephone

Address


Jawalakhel
Lalitpur
44600