Triveni Rural Municipality, Rolpa

Triveni Rural Municipality, Rolpa

Share

Triveni Rural Municipality, Jugar, Rolpa

त्रिवेणी गाउँपालिका रोल्पा 11/08/2026

प्राविधिक कारणवश हाम्रो गाउँपालिकाको यस अफिसियल फेसबुक पेजमा एडमिन एक्सेस (Admin Access) सम्बन्धी समस्या देखिएको हुँदा अबदेखि नियमित सूचना तथा जानकारी आदानप्रदानका लागि नयाँ आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्याइएको छ।
​अत: गाउँपालिकाबाट जारी हुने सम्पूर्ण सुचना, विकास निर्माणका गतिविधिहरू, सेवा-प्रवाह र अन्य महत्वपूर्ण जानकारीहरूको अद्यावधिक अपडेट लिनका लागि तल दिइएको लिङ्क (Link) मा क्लिक गरी हाम्रो नयाँ पेजलाई Like र Follow गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
https://www.facebook.com/trmrolpa

​धन्यवाद!
— गाउँपालिका परिवार

त्रिवेणी गाउँपालिका रोल्पा त्रिवेणी गाउँपालिका जुगार रोल्पाको आधिकारिक फेसबुक पेज

06/08/2026

सरुवा सहमति सम्बन्धी अत्यन्त जरुरी सूचना !

Photos from Triveni Rural Municipality, Rolpa's post 27/06/2026

"स्थानीय स्रोत साधनको सदुपयोग गरी सीप सिकौँ, रोजगार बनौँ" भन्ने मूल नारालाई आत्मसाथ गर्दै गरिवी निवारणका लागि लघु उद्यम विकास शाखाद्वारा सञ्चालित कार्यक्रम अन्तर्गत त्रिवेणी गाउँपालिका वडा नं. १ र ६ का व्यावसायिक बाख्रापालक कृषकहरूलाई टाटनो वितरण गरिएको छ।

​व्यावसायिक बाख्रापालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आयोजित यस वितरण कार्यक्रममा सम्बन्धित वडाका कृषकहरूको सहभागिता रहेको थियो। आधुनिक प्रविधि र पूर्वाधारको प्रयोगले स्थानीय स्तरमै स्वरोजगारका अवसरहरू सिर्जना गर्न मद्दत पुग्ने विश्वास गाउँपालिकाले लिएको छ।

Photos from Triveni Rural Municipality, Rolpa's post 26/06/2026

त्रिवेणी गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा गाउँपालिकाका सातवटै वडामा वडास्तरीय महिला सञ्जालको पुनर्गठन गरिएको छ । सोही अवसरमा 'असल अभिभावकत्व' र 'बालविवाह न्यूनीकरण' सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न भएको छ ।

Photos from Triveni Rural Municipality, Rolpa's post 26/06/2026

त्रिवेणी गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार, अपाङ्गता भएका व्यक्तिहरूको मागमा आधारित जीविकोपार्जन सुधार कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षज्यूहरूको उपस्थितिमा लाभग्राहीहरूलाई बंगुरका पाठा र दाना वितरण गरिएको छ। उक्त सामग्रीले अपाङ्गता भएका नागरिकहरूको जीवनस्तर सुधार गर्न र उनीहरूलाई आत्मनिर्भर बन्न थप हौसला मिल्ने अपेक्षा गरिएको छ।

Photos from Triveni Rural Municipality, Rolpa's post 25/06/2026

त्रिवेणी गाउँपालिकाको गाउँ सभाको २०औँ अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५२ करोड ४४ लाख ३४ हजार रुपैयाँको बजेट तथा नीति कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको छ।

​गाउँपालिका अध्यक्ष श्री कर्ण बहादुर बाँठा मगरज्यूको समुपस्थितिमा उपाध्यक्ष श्री लेखमणी डाँगीज्यूले प्रस्तुत गर्नुभएको यस बजेटले 'समृद्ध त्रिवेणी, सुखी त्रिवेणीवासी' को सपनालाई मूर्तरूप दिने लक्ष्य लिएको छ।
​हामी पारदर्शी, उत्तरदायी र सुशासनयुक्त स्थानीय सरकारको माध्यमबाट त्रिवेणीको विकासमा सदैव प्रतिबद्ध छौँ। सम्पूर्ण त्रिवेणीवासीमा यस बजेटको सफल कार्यान्वयनका लागि सहयोग र सहकार्य गर्न हार्दिक अपिल गर्दछौँ।

25/06/2026

दावी विरोध गर्ने सम्बन्धी सार्वजनिक सूचना !!

Photos from Triveni Rural Municipality, Rolpa's post 22/06/2026

"स्थानीय स्रोत साधनको सदुपयोग गरी सिप सिकौ रोजगार बनौं” भन्ने मूल नाराका साथ त्रिवेणी गाउँपालिका १ करेटीमा सञ्चालित ३ महिने सिलाई कटाई सिप विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
​नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा त्रिवेणी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय (जुगार, रोल्पा) को आयोजनामा "गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA)" अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको थियो।
​स्थानीयस्तरमा उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै नागरिकहरूलाई स्वरोजगार बनाउने र गरिबी निवारणमा टेवा पुर्‍याउने उद्देश्यले यो तालिम आयोजना गरिएको हो। तालिममा सहभागी प्रशिक्षार्थीहरूले उत्साहजनक रूपमा सिप सिकेर आगामी दिनमा व्यावसायिक रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Photos from Triveni Rural Municipality, Rolpa's post 16/06/2026

त्रिवेणी गाउँपालिकामा ‘भू-उपयोग वर्गीकरण’ सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

Telephone

Address


Triveni Rural Municipality, Rolpa
Lumbini

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00