Cartoon Life

Cartoon Life

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Cartoon Life, Science, Technology & Engineering, Mahendranagar.

23/11/2025

Talented Raju

06/11/2025

राजा महेन्द्रले बसाएको व्यवस्थित सहर महेन्द्रनगर
अहिले भीमदत्त बजार भनेर चिनिने कञ्चनपुरको महेन्द्रनगर बजार तत्कालीन राजा महेन्द्र शाहको पालादेखि योजनाबद्ध रूपमा स्थापित भएको मानिन्छ । सुदूरपश्चिमका सहरहरुमध्ये योजनाबद्ध रूपमा स्थापित यो एक मात्र शहर हो ।

राजा महेन्द्रले २०१४ सालमा देश दर्शनका नाममा पूर्वको झापा, ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुला हुँदै बैतडीसम्म पैदल भ्रमण गरेका थिए । त्यही क्रममा उनले महेनन्द्रनगरमा व्यवस्थित बस्ती बसाल्ने परिकल्पना गरेको स्थानीय जानकारहरु बताउँछन् । त्यसयता मानिसहरु पहाडबाट महेन्द्रनगर झर्न थालेका थिए ।

राजा महेन्द्रले भारतको चण्डीगढको नक्साअनुसार गुरुयोजना बनाएर महेन्द्रनगर बजार बसाएको बताइन्छ । पहिले बेलौरीमा रहेको कञ्चनपुर जिल्ला सदरमुकाम पनि महेन्द्रनगरमा प्रशासकीय भवन निर्माण गरेर त्यहाँ सारिएको थियो ।

हाल महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका पाँचवटा गल्ली छन् । हरेक गल्लीको आफ्नै विशेषता छ । विपद्का बेला पनि यहाँ सहज हुने गल्लीहरू निर्माण गरिएको छ । गल्लीमा बनेका कुनै घर ढलिहाले पनि अर्को घरमा कुनै असर गर्दैन । पछिल्लो समय पार्किङ अभावले भने यहाँको बजार अस्तव्यस्त देखिन्छ ।

सुदूरपश्चिमकै योजनाबद्ध सहरका रूपमा रहेको महेन्द्रनगर पछिल्लो समय अतिक्रमणको चपेटामा परेको छ । अतिक्रमणले बजारको शोभा बिग्रिने भन्दै यहाँका स्थानीयले चिन्ता प्रकट गरेका छन् ।
तस्बिरहरु: प्रकाश चन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

04/11/2025

परिवारको अर्थ

सागर सानैदेखि महत्वाकांक्षी थियो। गाउँको सानो घरमा आमाबुबा र भाइबहिनी सँग बस्ने उसले सधैं ठूलो शहरमा गएर “कसै बन्ने” सपना देख्थ्यो। अन्ततः उसले पढाइ सकाएर काठमाडौंको ठूलो कम्पनीमा काम पायो। सुरुका केही वर्षमा ऊ निकै व्यस्त रह्यो — नयाँ साथी, पैसा, ठूला पार्टी र चमकधमक। फोनमा आमाको “बाबु, समय निकालेर घर आइज न” भन्ने आवाज उसले बिस्तारै बेवास्ता गर्न थाल्यो।

एकदिन, कम्पनीले अचानक ऊ काम गर्ने शाखा बन्द गर्‍यो। जागिर गुम्यो, साथीहरू पनि टाढा भए। ऊ एक्लो भयो। पेटमा खाना थियो, तर मनमा शून्यता। त्यही बेला उसले आमाको पुरानो सन्देश पढ्यो — “ध्यान राख, घर सधैं तेरो लागि खुला छ।”

सागर गाउँ फर्कियो। आमाबुबाले न्यानो अँगालोमा स्वागत गरे, जस्तो ऊ कहिल्यै टाढा गएको नै थिएन। र त्यो दिन उसले पहिलो पटक बुझ्यो —
पैसा, पद र शहरको चमकभन्दा ठूलो शक्ति त परिवारको माया रहेछ।

सन्देश:
जीवनमा सफलता र धनभन्दा पनि परिवारको माया, सहारा र साथ नै सबैभन्दा ठूलो सम्पत्ति हो।

#परिवारकोमाया ❤️

#जीवनकोसाँचोअर्थ
#मायाकोघर



#घरफर्किएकोजीवन
💕

08/07/2023

Space: Unveiling the Mysteries of the Universe

Korean Mix Hindi Songs 💗 Korean Drama 💗 Korean Lover Story 💗 Chinese Lover Story Songs 💗 Kpop 2022 26/11/2022

Korean Mix Hindi Songs 💗 Korean Drama 💗 Korean Lover Story 💗 Chinese Lover Story Songs 💗 Kpop 2022 ❤❤hope you will Enjoying this video❤❤Help Me To Reach 10K Subscribers.❤❤📌Subscribe and press (🔔) to join the Notification Squad and stay updated with new u...

Website

Address


Mahendranagar