SMS
I ❤ 🇳🇵
21/09/2026
🚨🇳🇵🏏 नेपाल–अफगानिस्तान भिडन्तलाई अब ४ दिन मात्रै बाँकी! 😱🔥
१२ वर्षपछि टी–२० अन्तर्राष्ट्रियमा नेपाल र अफगानिस्तान आमनेसामने हुँदैछन्! 🤝🏏
एसियन गेम्समा दिपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहेको नेपालले बलियो अफगानिस्तानविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ। 🇳🇵💪
⏳ अब काउन्टडाउन सुरु भयो…
🇦🇫 अफगानिस्तान 🆚 नेपाल 🇳🇵
🔥 तयार हुनुहुन्छ त यो बहुप्रतीक्षित खेलका लागि? 👀🏏
21/09/2026
🇳🇵🏏 पदक जित्ने नेपालको सपना पूरा होला त? 🏅🔥
एसियन गेम्समा नेपालको क्रिकेट यात्रा अब सुरु हुँदैछ! 🇳🇵
दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको नेपाली टोलीले सेप्टेम्बर २५ मा अफगानिस्तानसँग खेल्दै अभियानको सुरुवात गर्नेछ। त्यसपछि सेप्टेम्बर २६ मा आयोजक जापानसँग प्रतिस्पर्धा हुनेछ। 🇦🇫🇯🇵
समूह ‘ए’ बाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्। त्यसपछि भने चुनौती अझ कठिन बन्नेछ, जहाँ भारत र श्रीलंकाजस्ता बलिया टोलीसँग भेट हुनसक्नेछ। 💥
अब दुई समूह चरणका खेल पार गर्दै नकआउटमा पनि शानदार प्रदर्शन गर्ने लक्ष्यमा नेपाल हुनेछ।
🔥 के दिपेन्द्रको नेतृत्वमा नेपालले एसियन गेम्सबाट पदक लिएर इतिहास रच्न सक्ला? 🇳🇵🏅
21/09/2026
🔥🏏 ‘वार्नर लयमा आए टीयूको बाउन्ड्री पनि सानो लाग्नेछ!’
एनपीएल सिजन–३ मा काठमाडौं गोर्खाजबाट खेल्न लागेका डेभिड वार्नरलाई लिएर नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक स्टुअर्ट ल निकै उत्साहित देखिएका छन्।
वार्नर विश्वस्तरीय खेलाडी भएको उल्लेख गर्दै स्टुअर्ट लले उनी मैदानमा आफ्नो शतप्रतिशत शक्ति लगाएर खेल्ने, टोलीका लागि उत्कृष्ट रोल मोडल बन्ने र नेतृत्वदायी प्रभाव पार्ने बताए।
उनले वार्नरसँग नजिकबाट काम गरेको अनुभव सुनाउँदै भने, “यदि वार्नरले आफ्नो लय समाते भने, टीयू मैदानका बाउन्ड्रीहरू पनि पर्याप्त ठूला हुने छैनन्।” 😱🔥
अब टीयूमा वार्नरको ब्याट कति गर्जिन्छ? 🇦🇺🇳🇵🏏
20/09/2026
कर्णाली याक्समा भित्रिए बङ्गलादेशी स्टार आरिफुल इस्लाम! 🇧🇩🏏
नेपाल प्रिमियर लिग (NPL) सिजन ३ का लागि कर्णाली याक्सले बङ्गलादेशी विस्फोटक ब्याटर आरिफुल इस्लामलाई आफ्नो टोलीमा भित्र्याएको छ। उहाँको उपस्थिति/आगमनले कर्णालीको ब्याटिङ लाईनअप थप सशक्त र धारिलो बन्नेछ!
20/09/2026
राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अब खेलकुद क्षेत्रको जिम्मेवारी सम्हाल्ने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबार बसेको सचिवालय बैठकले मल्ललाई युवा, खेलकुद तथा सशक्तिकरण विभागको उपप्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघि उनी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाको समानुपातिक बन्दसूचीमा समेत समावेश भएका थिए।
20/09/2026
🇳🇵❤️🇹🇭 थाइल्यान्ड पुगेका सन्दीप लामिछाने पाड थाइको स्वादमा रमाउँदै! 🍜😋
क्रिकेटबाट केही समय फुर्सद निकालेर सन्दीप आफ्नो मनपर्ने थाई परिकारको मज्जा लिँदै। 🔥🏏
20/09/2026
🇳🇵✈️ जापान यात्रामा नेपाली क्रिकेट टोली! 🇯🇵🏏
एसियन गेम्सका लागि जापान प्रस्थान गर्ने क्रममा रोहित पौडेल, शेर मल्ल र सोमपाल कामी बैंकक ट्रान्जिटमा सँगै देखिएका छन्। ❤️🔥
📸 सोमपाल कामी/इन्स्टाग्राम
20/09/2026
🚨🏏 BREAKING NEWS: NPL Season 3 मा साँझका खेल बढ्ने! 🌙🔥
Season 2 को तुलनामा यसपटक फ्लडलाइटमा हुने खेलको संख्या बढ्ने भएको छ। 💡🏟️
नेपाली क्रिकेट फ्यानका लागि अब रातको माहोल अझ रोमाञ्चक हुने! 🇳🇵❤️
🔥 NPL Season 3 — Bigger & More Exciting!
20/09/2026
🔥🏏 NPL अब अझ ठूलो बन्दैछ, विश्वको नजर नेपालतर्फ! 🇳🇵🌍
डेभिड वार्नर, शाकिब अल हसन, जिमी निशम, सिकन्दर रजा र चरिथ असलंका जस्ता अन्तर्राष्ट्रिय क्रिकेटका ठूला स्टारहरू अब नेपाल प्रिमियर लिगमा देखिँदैछन्। 🤯🔥
यो केवल विदेशी स्टारहरूको आगमन मात्र होइन, नेपाली क्रिकेट र NPL ले बनाउँदै गएको अन्तर्राष्ट्रिय प्रभावको संकेत पनि हो। 🇳🇵❤️
विश्वका ठूला मैदानमा यी खेलाडीलाई हेरेका नेपाली समर्थकहरूले अब उनीहरूलाई TU क्रिकेट मैदानमा NPL को जर्सीमा खेलिरहेको प्रत्यक्ष देख्न पाउनेछन्। 🏟️🔥
⭐ स्टारहरू नेपाल आउँदैछन्
🏏 NPL अझ ठूलो बन्दैछ
🇳🇵 अनि नेपाली क्रिकेट समर्थकहरू तयार छन्!
अब NPL मा क्रिकेटको अर्को स्तर देखिनेछ! 🔥🏆
20/09/2026
🚨 क्रिकेट देशका लागि खेलिन्छ, बोर्डका लागि होइन! 🇳🇵🏏
एसियन गेम्समा सहभागी हुने क्रिकेट टोलीका खेलाडीहरूले जर्सी, हेल्मेट तथा अन्य क्रिकेट सामग्रीमा क्रिकेट बोर्डको लोगो प्रयोग गर्न पाउने छैनन्।
बोर्डको लोगोको स्थानमा सम्बन्धित देशको राष्ट्रिय झण्डा राख्नुपर्ने नियम छ। 🇳🇵
किनकि एसियन गेम्समा खेलाडीहरूले क्रिकेट बोर्डको प्रतिनिधित्व होइन, आफ्नो देशको प्रतिनिधित्व गर्छन्। 🔥
यो निर्णयबारे तपाईंको धारणा के छ?
मन पर्यो कि परेन? कमेन्टमा बताउनुहोस्। 👇
Category
Website
Address
Narayanghat
Alerts
Be the first to know and let us send you an email when SMS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.