Update 360
We are trying to update the latest updated news .
#Update360
31/08/2026
#हाईवे अपडेट | Update360
मिति: २०८३–०५–१५ गते, सोमबार
बिहान ६:०० बजेसम्मको हाईवे अवस्था
यात्रामा निस्कनुअघि आफ्नो रुटको अवस्था बुझौँ। हाल विभिन्न प्रमुख सडकखण्डको अवस्था यस्तो रहेको छ:
🛣️ मुग्लिन–नारायणगढ: अवरोध छैन, जोखिम छ तर यात्रा गर्न सकिन्छ।
🛣️ मुग्लिन–काठमाडौँ: अवरोध छ, वैकल्पिक सडक प्रयोग गर्नुपर्छ।
🛣️ मुग्लिन–पोखरा: अवरोध छैन, डाइभर्सन एकतर्फी, अन्य अवस्था सामान्य।
🛣️ नारायणगढ–बुटवल: अवरोध छैन, सामान्य छ।
🛣️ बुटवल–पोखरा: अवरोध छैन, सामान्य छ।
🛣️ नारायणगढ–हेटौँडा: अवरोध छैन, सामान्य छ।
🛣️ धार्के–सितापाइला: अवरोध छैन, सामान्य छ।
🛣️ आँबुखैरेनी–गोरखा: अवरोध छैन, सामान्य छ।
🛣️ हेटौँडा–काठमाडौँ: केहीबेर जाम लाग्न सक्छ, यात्रा गर्न सकिन्छ।
📌 सवारी चालक तथा यात्रुहरूलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध।
⚠️ जोखिमयुक्त सडकखण्डमा सावधानी अपनाऔँ र ट्राफिक नियमको पालना गरौँ।
सम्पूर्ण हाईवे अपडेटका लागि Follow गर्नुहोस् — Update360 🇳🇵
#सडकअवस्था #नेपाल #यात्रासुरक्षा
28/08/2026
ब्रेकिङ: Rabindra Dhant Road to UFC Season 5 को फाइनलमा प्रवेश गरेका छन्। ❤️🇳🇵
धेरै धेरै बधाई तथा शुभकामना! 🥳🔥🇳🇵
28/08/2026
Alert!
सबैजना सचेत र सुरक्षीत रहनुहोला🙏
27/08/2026
Stay safe, all of you.
27/08/2026
बगिरहेको श'वबाट ल'छारपछा'र गर्दै सुन तान्ने व्यक्तीलाइ प्रहरीले प'क्राउ गरेको छ
27/08/2026
Scam Alert !!
आधिकारीक वेवसाइटः https://opmcm.gov.np/
आधिकारीक फेसबुक पेजः https://www.facebook.com/OPMCMNP
PMO Nepal
नेपाल सरकारले बाढी, पहिरो, आग'लागीलगायत प्राकृतिक विपद्का बेला ज्यान जोखिममा राखेर उद्धार र राहत कार्यमा खटिने सुरक्षाकर्मीहरूलाई प्रोत्साहन गर्न भत्ता तथा दैनिक खाजा खर्च वृद्धि गर्ने निर्णय गरेको छ।
फिल्डमा कार्यरत सबै सैनिक, प्रहरी , निजामति राष्ट्रसेवक र अन्य सबै समाजसेवी जनसाधारणलाई सलाम !
27/08/2026
PM B***n
भोटेकोशी नदीमा सम्भावित बाढी जोखिम सम्बन्धी विशेष सूचना
चिन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुंदै प्राप्त पछिल्लो सूचना अनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण अनुसार, हिजो भाद्र १० मा बाढी सृजना भएको स्थानमा नदी थुनिएर ताल बनेको जनाइएको छ।
उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको उक्त सूचनामा उल्लेख छ।
यस अवस्थालाई ध्यानमा राखी अर्को सूचना जारी नहुंदा सम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्दार कार्यमा खटिनुहुने उद्दारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरिन्छ।
बाढी पूर्वानुमान महाशाखा
मिति २०८३-०५-११, दिउँसो ४ः४६ बजे
Nepal Flood Alert-नेपाल बाढी सूचना
Category
Website
Address
Pokhara