Happy Complex

Happy Complex

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Happy Complex, Department Store, BIRAUTA/17, Pokhara.

31/08/2026

हालै भोटेकोसी नदी मा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति HAPPY COMPLEX,POKHARA BIRAUTA परिवार गहिरो दुःख व्यक्त गर्दछौं।
यस विषम परिस्थिती मा आफ्ना परिवारजन गुमाउनु भएका सम्पूर्ण परिवारजनप्रति हार्दिक श्रद्धाञ्जली तथा गहिरो समवेदना व्यक्त गर्दछौं। साथै, घाइतेहरू को शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना गर्दछौं।
यस कठिन परिस्थितिमा सानै भएपनि राहत पुर्‍याउने उद्देश्यले HAPPY COMPLEX परिवार ले खाद्यसामाग्री सहयोग प्रदान गर्ने निर्णय गरेका छौ।
संकटको यस घडीमा सबै मिलेर हातेमालो गरौं र प्रभावितहरूलाई सक्दो सहयोग गरौं।

ह्याप्पी कम्प्लेक्स
बिरौटा - 17
पोखरा

14/07/2026

“NEW ARRIVAL”

तोफु (Tofu)
भटमासको दूधलाई जमाएर र पानी निकालेर बनाइने एक प्रकारको शाकाहारी खाद्य पदार्थ हो。 यो देख्नमा ठ्याक्कै पनिर जस्तै हुन्छ तर यसमा दुग्धजन्य पदार्थको प्रयोग हुँदैन। यसलाई सोयाबिनको पनिर पनि भनिन्छ।
तोफुको विशेषता र फाइदाहरूपोषणयुक्त: यो प्रोटिनको उत्कृष्ट स्रोत हो र यसमा शरीरलाई आवश्यक पर्ने सबै प्रकारका एमिनो एसिडहरू पाइन्छन्।
क्यालोरी र बोसो कम: पनिरको तुलनामा यसमा क्यालोरी र बोसो कम हुन्छ, त्यसैले तौल नियन्त्रण गर्न चाहनेहरूका लागि यो निकै उत्तम मानिन्छ।
भिटामिन र खनिज: तोफुमा क्याल्सियम, आइरन र म्याग्नेसियम जस्ता खनिज तत्त्वहरू प्रचुर मात्रामा पाइन्छन्।
BE LIKE “TOFU”
“STAY SOFT BUT STRONG”

Photos from Happy Complex's post 29/06/2020

# अाज असार पन्ध्र
सम्पूर्ण कृषकले मानाे राेपेर मुरी उब्जाउने दिन 😊❣️
सम्पूर्णमा असारे पन्ध्र अर्थात् धान दिवसको शुभकामना 😊🙏🙏❣️🙏

Photos from Happy Complex's post 16/06/2020

Why chia seeds?

19/03/2020

डाक्टर दिपेन्द्र कार्कीज्यू बाट सापटी

बिरामी पुग्ने ठाउँ अस्पताल भएकाले कोरोना भाइरस पनि अस्पतालमै हुने र अस्पतालमै फैलिने सम्भावना हुन्छ। त्यसैले:

१.प्रेसर, सुगर , दम जस्ता दीर्घरोग भएका र हाल औषधी प्रयोग गरिरहेका बिरामीहरु हाल फलोअपमा अस्पताल जानुको साटो हाल सेवन गरिरहेको औषधी सेवन गरिरहने गर्नु उत्तम हुन्छ।
२.महिनौँ बर्षौँ देखिका समस्या भएका बिरामी उपचार गराउन अस्पताल जान उचित समय यो होइन ।
३.सामान्य दुखाइ वा अन्य सामान्य समस्या मा नआत्तिई घरायसी वा अन्य सामान्य औषधी सेवन गरी केही दिन हेर्नु बुद्धिमता ठहरिन्छ।
४. महिनौँदेखि दुखिरहेको दाँत उखाल्न अस्पताल जान यो समय ठिक हैन
५. स्कुल-कलेज बन्द भएकाले मुसा-कोठी हटाउने , कपाल रोप्ने जस्ता उपचार गराउन अस्पताल जान यो समय ठिक छैन।
६. होल बडी चेकअप गराउन अस्पताल जान त यो समय कुनै पनि हालतमा ठिक हुँदैहोइन।
७. बालबच्चाले खाना खान मन गर्दैनन् , मोटाएनन् , दुब्लाए , भन्दै केही रोग छ कि भनेर सल्लाह लिन अस्पताल जानलाई पनि यो उपयुक्त समय हैन।

अति आवश्यक नपरी अस्पताल नजाउँ । कोरोनाबाट आफु बचौँ र अरुलाई पनि बचाऔँ ।

आत्तिनु पर्दैन , सजग होऔँ ।

Telephone

Website

Address


BIRAUTA/17
Pokhara
977

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 21:00
Sunday 07:00 - 21:00