Kamana Daily
Official page of
www.kamanadaily.com
निर्वाचन आयोगले स्थानीय तहको चुनाव आगामी फागुनमा गर्नेगरी तयारी सुरु गरेको छ।
18/09/2026
सरकारले चालु आर्थिक वर्षमा ‘जब म्याचिङ’मार्फत १ लाख युवालाई रोजगारी दिने लक्ष्य लिएको छ।
राष्ट्रिय सभामा माननीयको श्राप: जय होस्, तेरो भलो होस्, घण्टेको जरो टुप्पै नरहोस्!
सरकारको ज्यादती बढ्यो, दशैं तिहारपछि सडक आ!न्दोलनमा जान्छौँ : प्रचण्ड
18/09/2026
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
18/09/2026
अस्पतालको उद्घाटनसँगै स्वास्थ्य सेवा पनि सुरु भएको छ ।
18/09/2026
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नापजाँच भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) पाएका छन्।
18/09/2026
गुल्मीमा आयोजित जिल्ला स्तरीय विज्ञान शैक्षिक सामग्री प्रदर्शनमा रेसुङ्गा माध्यमिक विद्यालय प्रथम भएको छ।
18/09/2026
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुँदै कञ्चनपुरकी किशोरी स्वर्णिमा!❤️🎉
कञ्चनपुरको बेलौरीकी छात्रा स्वर्णिमा कँडेल संयुक्त राष्ट्रसंघको ८१औँ महासभासँग सम्बन्धित कार्यक्रममा सहभागी हुने भएकी छन्। बेलौरीस्थित उग्रतारा बाल विद्यालयमा कक्षा १० मा अध्ययनरत स्वर्णिमा युनिसेफ नेपालको प्रतिनिधित्व गर्दै अमेरिकाको न्युयोर्कमा हुने कार्यक्रममा सहभागी हुन लागेकी हुन्।
बाल अधिकार, किशोरी सशक्तीकरण तथा युवाका विषयमा सक्रिय स्वर्णिमाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालका बालबालिका, किशोरी तथा युवाका विषय प्रस्तुत गर्ने बताएकी छन्।
उनको सहभागितालाई विद्यालय तथा बेलौरीका स्थानीय सरोकारवालाले गौरवको विषय भन्दै सफलताको शुभकामना दिएका छन्। पहिलोपटक महासभासँग सम्बन्धित कार्यक्रममा सहभागी हुन पाउँदा आफू निकै उत्साहित रहेको स्वर्णिमाले बताएकी छन्।❤️🎉
Category
Contact the business
Telephone
Website
Address
Lumbini
Pyuthan
22300