nayaitihas.com
05/09/2026
डुमरवानाको उद्यमशील सहकारीमा नयाँ नेतृत्व चयन
सिमरा, २० भाद्र
उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेड डुमरवानाको अध्यक्षमा धनबहादुर तामाङ्ग निर्वाचित भएका छन् । शनिवार जीतपुरसिमरा उपमहानगरपालिका १५ सुन्दरबस्तीमा सम्पन्न सहकारीको १४ औं साधारण सभा तथा अधिवेशनले तामाङ्गको अध्यक्षतामा ९ सदस्यिय सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो ।
सहकारीको उपाध्यक्षमा लालबहादुर गुरुङ्ग, कोषाध्यक्षमा सुस्मिता चौधरी, सचिवमा सूर्यनाथ अधिकारी, सदस्यहरुमा सोनी गुरुङ्ग, मिना तामाङ्ग, केशव न्यौपाने, देवकुमार चौधरी र बिरा महतो चयन भएका छन् ।
साधारण सभाले बिमला तामाङ्गको संयोजकत्वमा ३ सदस्यिय लेखा सुपरिवेक्षण समिति पनि सर्वसम्मत चयन गरेको छ । समितिमा अर्जुन घले र मिना घले सदस्य चयन भएको प्रमूख निर्वाचन अधिकृत राजुप्रसाद अधिकारीले जानकारी दिए ।
यस अघि जीतपुरसिमरा उपमहानगरपालिका १५ का वडाध्यक्ष रामप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा जीतपुरसिमरा १३ का वडाध्यक्ष हेमनारायण चौधरी, जीतपुरसिमरा १२ का वडाध्यक्ष श्यामबाबु खाँ, विन्दवासिनी सहकारीका अध्यक्ष रुपलाल चौधरी लगायत स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले सहकारीले समाजमा खेलिरहेको भूमिकाको प्रशंसा गरेका थिए ।
भूतपुर्व सैनिक समुदायको अग्रसरतामा स्थापना भएको उद्यमशील बचत तथा ऋण सहकारीले समुदायमा बचत तथा ऋणका अतिरिक्त विभिन्न सिपमुलक तालिम मार्फत स्थानीय समुदायलाई आत्म निर्भर बनाउने काम गरिरहेको छ ।
सहकारीका व्यवस्थापक कृष्ण प्रसाद नेपालको सहजीकरण तथा अध्यक्ष ओमनाथ पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभाले संस्थागत तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरको छ । साधारणसभामा सहकारीमा आवद्ध भई विभिन्न विधा तर्फ उत्कृष्ट कारोबार गरिरहेका शेयर सदस्यहरुलाई नगद सहित सम्मान समेत गरिएको थियो ।
31/08/2026
सिमरा स्थित नेरामाविद्वारा सामाजिक परीक्षण सम्पन्न, १३ लाख ६० हजार बचत
सिमरा : नेरामावि सिमराको सामाजिक परीक्षण सम्पन्न भएको छ ।
आर्थिक बर्ष २०८२।८३ मा विद्यालयले गरेको आय तथा व्यय, शैक्षिक तथा भौतिक प्रगति लगायत विद्यालयको समग्र गतिविधी बारे अभिभावक तथा सरोकारवाला पक्षलाई जानकारी दिने उद्देश्यले विद्यालयको सभाहलमा अभिभावक भेला सहित सामाजिक परीक्षण सम्पन्न गरेको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, सामाजिक परीक्षणका लागि गठित समिति तथा विद्यालयका विभिन्न प्राविधिक समितिहरुका प्रमूख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
आर्थिक बर्ष २०८२।८३ मा विद्यालयले १३ लाख ६० हजार ७ सय ७१ रुपैयाँ बचत गरेको विद्यालयको आर्थिक प्रतिवेदन कार्यक्रममा प्रस्तुत गरिएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक डम्बर खड्काले सो आर्थिक बर्षमा विद्यालयले ३ करोड ८९ लाख ३३ हजार २ सय ६३ रुपैयाँ आम्दानी गरेको र ३ करोड ७५ लाख ७२ हजार ४ सय ९२ रुपैयाँ खर्च भएको जानकारी गराएका थिए ।
विद्यालयले विद्यार्थीका अभिभावकहरुबाट संकलन गरेको सहयोग रकम तथा विभिन्न संस्थाबाट प्राप्त सहयोग स्वरुप उक्त रकम आम्दानी भएको जनाएको छ । विद्यालयको दैनिक प्रशासनिक खर्च तथा नीजिस्रोतका शिक्षकहरुका लागि प्राप्त आम्दानीबाट सो रकम खर्च भएको जानकारी कार्यक्रममा गराईएको थियो ।
विद्यालयलाई जीतपुरसिमरा उपमहानगरपालिका तथा वडा नम्बर २ को कार्यालयका तर्फबाट शैक्षिक अनुदान बापत रकम प्राप्त हुने गरेको, जगदम्बा मोटर पार्टसबाट छात्रबृती बापत आवश्यकताका आधारमा सहयोग प्राप्त हुने गरेको, सूर्य नेपाल प्रा.लि. बाट शैक्षिक सामग्री सहयोग प्राप्त भएको, विभिन्न बैंक तथा वितीय संस्थाले विद्यालयलाई आवश्यक सामग्रीहरु सामाजिक उतरदायित्व अन्तर्गत आर्थिक बर्ष २०८२।८३ मा उपलब्ध गराएको जानकारी कार्यक्रममा गराईएको थियो ।
दिवा खाजा तर्फ कक्षा १ देखि ५ सम्म अध्ययनरत कुल ३ सय ९ जना विद्यार्थीका लागि जीतपुरसिमरा उपमहानगरपालिकाबाट ११ लाख ७८ हजार ५ सय ७० रुपैयाँ प्राप्त भएकोमा आर्थिक बर्ष २०८२।८३ मा ११ लाख ११ हजार ४ सय ८५ रुपैयाँ खर्च भएको विद्यालयले जनाएको छ ।
चालु शैक्षिकसत्र सम्म आइपुग्दा विद्यालयका लागि आवश्यक भाौतिक पूर्वाधारको अवस्था राम्रो रहेको, बारा जिल्लाकै नतिजामा उत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको र कक्षा ११ र १२ को पठनपाठन पूर्ण रुपमा स्मार्ट बोर्ड मार्फत भइरहेको जानकारी विद्यालयले गराएको छ ।
गणेश नेपालीको मृत्युु लाखौं स्वरोजगार युवाहरूको मृत्यु हो
28/05/2026
बकर इदको शुभकामना !!
24/05/2026
बाराको जीतपुरसिमरामा हावाहुरीले पुर्याएको क्षती
जीतपुरसिमरा-२१ र २२ नम्बर वडाका दृश्यहरु
fans
जीतपुरसिमराका मेयरले भने सेजका नागरिकको व्यवस्थापन गरेर मात्रै राज्य अघि बढोस्
सिमरा–डुमरवाना क्षेत्रमा २०३४ सालमै चिनिमिलले राखेका ९३ घरधुरीको उचित व्यवस्थापन गर्न माग
संसदका एक्ला स्वतन्त्र सांसद महावीर पुन भन्छन् दलका कार्यकर्ताहरु भन्दा मेरा समर्थक धेरै छन्
सिमराको क्यासिनोमा नेपालीको खुलेआम प्रवेश बारे संसदमा उठाए रहबरले आवाज
04/05/2026
समाचार पहिलो कमेन्टमा 👇️👇️👇️
Category
Contact the business
Telephone
Website
Address
Simara
44400
Alerts
Be the first to know and let us send you an email when nayaitihas.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.