Karnali Utsav
Karnali Utsav (A Festival of Ideas), a three day long annual dialogue organized by Hriti Foundation.
07/09/2026
कर्णाली उत्सवको सातौँ संस्करणमा आयोजित ‘विकासको गोरेटो, प्रकृतिको ओत’ शीर्षकको सत्रमा कर्णालीको विकास, प्राकृतिक स्रोत तथा वातावरणसँगको सम्बन्ध र दिगो विकासका सम्भावनाबारे छलफल गरिएको थियो।
सत्रको सहजीकरण पत्रकार ज्योति कटुवालले गर्नुभएको थियो भने छलफलमा प्रतिनिधिसभा सदस्य केपी खनाल, राष्ट्रिय प्रकृति संरक्षण कोषका तत्कालिन सदस्य–सचिव डा. नरेश सुवेदी, कर्णाली प्रदेश सरकारका सिनियर डिभिजनल इन्जिनियर रूपक रावल र मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पवन थापा वक्ताको रुपमा रहनुभएको थियो।
छलफलमा विकासलाई केवल भौतिक पूर्वाधार निर्माणका रूपमा नभइ नागरिकको जीवनमा आउने सकारात्मक परिवर्तनका रूपमा बुझ्नुपर्ने तथा कर्णालीको प्राकृतिक स्रोत, भूगोल र वातावरणलाई संरक्षण गर्दै विकासको बाटो अघि बढाउनुपर्ने विषयमा वक्ताहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो।
Hriti Foundation ले २०८२ चैत्र २८ देखि ३० गतेसम्म वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली उत्सवको सातौँ संस्करणमा विमर्श गरिएका सबै सत्रहरू क्रमशः साझा बिसौनी दैनिकमा प्रकाशित भइरहेका छन्।
विकासको गोरेटो, प्रकृतिको ओत कर्णाली उत्सवको सातौँ संस्करणमा आयोजित ‘विकासको गोरेटो, प्रकृतिको ओत’ शीर्षकको सत्रमा कर्णालीको विकास, प्राकृत...
25/08/2026
कर्णाली उत्सवको सातौँ संस्करणमा आयोजित ‘शिक्षाको उकाली–ओराली’ शीर्षकको सत्रमा कर्णालीको शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौती र सुधारका सम्भावनाबारे छलफल गरिएको थियो । सत्रको सहजीकरण शिक्षा अभियानकर्मी कौशिला चन्दले गर्नभएको थियो भने छलफलमा कर्णाली प्रदेश सरकारका तत्कालिन सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, चौकुने गाउँपालिका, सुर्खेतका अध्यक्ष खड्क विक (विवस), मध्यपश्चिम विश्वविद्यालयको अनुसन्धान निर्देशनालयका कार्यकारी निर्देशक डा. पुष्पराज आचार्य र प्रधानाध्यापक नम्कली नेपाली सहभागी हुनुभएको थियो।
छलफलमा कर्णालीको शिक्षा प्रणालीमा देखिएका शिक्षक दरबन्दी तथा विद्यार्थी–शिक्षक अनुपातका समस्या, विद्यालयमा विद्यार्थी टिकाइ, छात्रवृत्ति, बालविवाह र बसाइँसराइजस्ता सामाजिक चुनौती, डिजिटल शिक्षा तथा कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोग, दिवा खाजा, प्राविधिक तथा उच्च शिक्षाको अवस्था र शिक्षा, सीप तथा श्रम बजारबीचको सम्बन्धका विषयमा बहस गरिएको थियो । साथै, संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय, शिक्षा क्षेत्रमा वित्तीय तथा प्रशासनिक चुनौती र कर्णालीको आवश्यकता तथा सम्भावनामा आधारित १० वर्षे शिक्षा योजनाको तयारीका विषयमा समेत छलफल गरिएको थियो ।
Hriti Foundation ले २०८२ चैत्र २८ देखि ३० गतेसम्म वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली उत्सवको सातौँ संस्करणमा विमर्श गरिएका सबै सत्रहरू क्रमशः साझा बिसौनी दैनिकमा प्रकाशित भइरहेका छन्।
पढ्नको लागि: https://sajhabisaunee.com/archives/62500
21/08/2026
कर्णाली उत्सवको सातौँ संस्करणअन्तर्गत आयोजित ‘उद्यमशील समाजः उजेलो अर्थतन्त्र’ शीर्षकको सत्रमा कर्णालीको आर्थिक सम्भावना, उद्यमशीलताको विकास, लगानी र निजी क्षेत्रका लागि नीतिगत तथा वित्तीय वातावरणका विषयमा छलफल गरिएको थियो । सत्रको सहजीकरण आर्थिक पत्रकार सुजन वलीले गर्नुभएको थियो भने छलफलमा व्यवसायी ब्युटी सराफ, नेपाल सरकार, अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे सहभागी हुनु भएको थियो। छलफलमा कर्णालीमा उपलब्ध सम्भावनालाई उद्यम, उत्पादन, लगानी र रोजगारीमा रूपान्तरण गर्न आवश्यक पूर्वाधार, वित्तीय पहुँच, नीतिगत सुधार तथा निजी क्षेत्रमैत्री वातावरणका विषयमा बहस गरिएको थियो । साथै, उत्पादनशील पूर्वाधारमा लगानी, सहुलियतपूर्ण ऋणको परिचालन तथा राज्यले उद्यमशीलता प्रर्वद्धनमा खेल्नुपर्ने भूमिकाबारे समेत छलफल गरिएको थियो ।
Hriti Foundation ले २०८२ चैत्र २८ देखि ३० गतेसम्म वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली उत्सवको सातौँ संस्करणमा विमर्श गरिएका सबै सत्रहरू क्रमशः साझा बिसौनी दैनिकमा प्रकाशित भइरहेका छन्।
पढ्नको लागि : https://sajhabisaunee.com/archives/62428
17/08/2026
कर्णाली उत्सवको सातौँ संस्करणअन्तर्गत आयोजित ‘शक्तिको सोपानः बाँडफाँडदेखि विकाससम्म’ शीर्षकको सत्रमा संघीयता कार्यान्वयनसँगै प्रदेश र स्थानीय तहमा भएको शक्ति तथा अधिकार हस्तान्तरण, वित्तीय स्रोतको बाँडफाँड र त्यसको प्रभावकारी उपयोगमार्फत विकास तथा सेवा प्रवाहका विषयमा छलफल गरिएको थियो । सत्रको सहजीकरण नेपाल सरकारका पूर्वसचिव केवल प्रसाद भण्डारीले गर्नुभएको थियो भने छलफलमा कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्ट, हुप्सेकोट गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी देवी पाण्डे, नेपाल सरकारका अर्थ सचिव घनश्याम उपाध्याय र सुशासनविद् विष्णु अधिकारी सहभागी हुनुभएको थियो।
छलफलमा संघीयताको अभ्यास, तीन तहका सरकारबीच अधिकार र जिम्मेवारीको बाँडफाँड, प्रदेश तथा स्थानीय तहमा पर्याप्त स्रोत, जनशक्ति र संस्थागत क्षमता हस्तान्तरणको अवस्था, कर्णालीको वित्तीय आवश्यकता तथा स्रोत विनियोजनमा देखिएका चुनौती र विकास साझेदारहरूको सहयोगका विषयमा बहस गरिएको थियो ।
Hriti Foundation ले २०८२ चैत्र २८ देखि ३० गतेसम्म वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली उत्सवको सातौँ संस्करणमा विमर्श गरिएका सबै सत्रहरू क्रमशः साझा बिसौनी दैनिकमा प्रकाशित भइरहेका छन्।
पढ्नको लागि : https://sajhabisaunee.com/archives/62368
14/08/2026
कर्णाली उत्सवको सातौँ संस्करणमा आयोजित ‘जेन–जीः सडकदेखि सदनसम्म’ सत्रमा भदौ २३–२४ को जेन–जी आन्दोलन, त्यसपछिको राजनीतिक परिवर्तन, आन्दोलनबाट उदाएको नयाँ पुस्ताको नेतृत्व तथा सडकदेखि संसद्सम्म पुगेको पुस्ताको भूमिका र जिम्मेवारीका विषयमा छलफल गरिएको थियो । सत्रको सहजीकरण पत्रकार आदित्य नेपालले गर्नुभएको थियो भने छलफलमा प्रतिनिधि सभा सदस्य मनिष खनाल (राष्ट्रिय स्वतन्त्र पार्टी) तथा जेन–जी आन्दोलनका अगुवाहरू प्रकाश बोहोरा, रक्षा बम र धिरज जोशी सहभागी हुनु भएको थियो।
Hriti Foundation ले २०८२ चैत्र २८ देखि ३० गतेसम्म वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली उत्सवको सातौँ संस्करणमा विमर्श गरिएका सबै सत्रहरू क्रमशः साझा बिसौनी दैनिकमा प्रकाशित भइरहेका छन् ।
पढ्नको लागि : https://sajhabisaunee.com/archives/62313
08/08/2026
कर्णाली उत्सवको सातौँ संस्करणअन्तर्गत आयोजित ‘कर्णालीका सुइना’ शीर्षकको पहिलो सत्रमा कर्णालीको विकास, सम्भावना, चुनौती तथा संघीय संसद्मा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको भूमिकासम्बन्धी विषयमा छलफल गरिएको थियो । सत्रको सहजीकरण पत्रकार रविन्द्र सुवेदीले गर्नुभएको थियो भने छलफलमा प्रतिनिधिसभा सदस्यहरू लक्ष्मीप्रसाद पोखरेल ( एमाले), रमेश कुमार सापकोटा (राष्ट्रिय स्वतन्त्र पार्टी), खड्कबहादुर बुढा (नेपाली कांग्रेस), रमेश कुमार मल्ल (नेकपा) र राधिका रम्तेल (श्रम संस्कृति पार्टी) सहभागी हुनुभएको थियो।
Hriti Foundation ले २०८२ चैत्र २८ देखि ३० गतेसम्म वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली उत्सवको सातौँ संस्करणमा विमर्श गरिएका सबै सत्रहरू क्रमशः साझा बिसौनी दैनिकमा प्रकाशित भइरहेका छन् ।
पढ्नको लागि :
https://sajhabisaunee.com/archives/62242
Ramesh Kumar Sapkota Ramesh Malla Khadak Bahadur Budha Rabindra Subedi
31/07/2026
कर्णाली उत्सवको सातौं संस्करणमा वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले 'नारी नेतृत्व' विषयमा राख्नुभएको प्रवचनको सम्पादित अंश
नारी नेतृत्वको सुदृढ यात्रा मानव सभ्यताको विकासक्रमलाई हेर्दा स्पष्ट हुन्छ कि समाजको उन्नति, न्याय, समावेशिता र दिगोपनामा महिलाको भूमिका अ....
11/06/2026
कुडा कर्णालीको त्यो भव्य मञ्चमा, संगीत बजिरह्यो। गीत धन्किइरह्यो। मान्छेहरू ताली पिट्दै रहे।
त्यो सबै देखिरहँदा मलाई लाग्यो — कर्णार्ली हाम्रो सम्पदाको स्वर्ग हो। यो हाम्रो स्वर्णभूमि हो।
मान्ठहरूका नाममा भर्खरै मात्र नेपालमा जेनजी आन्दोलन भयो। त्यो आन्दोलनको सबभन्दा शक्तिशाली बिम्ब छ, एउटा रक्तरञ्जित जुत्ता। तपाई.....
04/06/2026
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश सरकारले "कर्णाली प्रदेश स्याउ विकास बोर्ड (स्थापना तथा सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक" को मस्यौदामाथि सर्वसाधारणबाट राय तथा सुझाव प्राप्त गर्न सूचना प्रकाशित गरेको छ।
विधेयकको मस्यौदा: https://molmac.karnali.gov.np/document/this-notice-has-been-published-for-public-opinion-and-suggestions-on-the-bill-to-make-provisions-regarding-the-karnali-province-apple-development-board-establishment-and-operation/document
01/06/2026
कर्णाली उत्सवका पछिल्ला संस्करणहरूमा स्वयंसेवी भूमिका निर्वाह गर्दै आउनुभएका युवाहरू — सोविन्द्र रोकाय, सविन रोकाय, अन्जली वन सन्यासी, सावित्री चदारा, विनिता बस्नेत र कमल शाही — ले आफ्ना अनुभवहरू हामीसँग यसरी साझा गर्नुभएको छ।
Category
Contact the establishment
Telephone
Website
Address
Birendranagar
Surkhet
21700