children help network

children help network

Share

Supporting to orphanage and poor children education supporting to children education

nepaliblog2017.wordpress.com 12/12/2017

नेपालमा स्तनपानसम्बन्धी जनचेतनाको अभावमा थुप्रै बालबालिका स्तनपानबाट वञ्चित भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । ‘विश्व स्तनपान सप्ताह’ का अवसरमा गत महिना स्वास्थ्य सेवा विभागद्वारा आयोजित सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताइएको हो । विश्व स्वास्थ्य संगठनको एक तथ्यांकअनुसार स्तनपान नगराइएका कारण हाल विश्वमा ३ सय खर्ब रुपैयाँ आमाको दूधलाई प्रतिस्थापन गर्ने तत्वमा खर्च भैरहेको छ जसमध्ये सन् २०१४ मा यो खर्च ४५ खर्ब रहेकोमा सन् २०१९ सम्ममा उक्त संख्या बढेर ७२ अर्ब पुग्नसक्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ । नेपालमा कुपोषणकै कारण ६ देखि २३ महिनाका करिब ६८ दशमलव ७ बालबालिकामा रक्तअल्पता देखिएको तथा प्रत्येक ४ मध्ये एक मोटोपनको शिकार हुने अनि दुई तिहाई बालबालिकामा कुपोषण भएको बताइन्छ । विश्व स्तनपान सप्ताह गत साउन १७ गतेदेखि २३ गतेसम्म ‘सबै मिली स्तनपानलाई दिगो बनाआंै’ भन्ने नाराका साथ देशका ७५ वटै जिल्लामा सञ्चालन गरिएको थियो । साभार : Kantipur नारी

nepaliblog2017.wordpress.com नेपालमा स्तनपानसम्बन्धी जनचेतनाको अभावमा थुप्रै बालबालिका स्तनपानबाट वञ्चित भएको स्वास्थ्य सेवा विभागले जनाए...

जाडोमा जोर्नीको पीडा 12/12/2017

जोर्नीको पीडाका थुप्रै कारण हुन्छन् । जस्तै–बोन फ्लुइड (हड्डी द्रव) वा मेम्ब्रेनमा परिवर्तन आउनु, चोट लाग्नु वा भित्री रोग उत्पन्न हुनु, हड्डीको क्यान्सर, आर्थराइटिस, मोटोपन, ब्लड क्यान्सर, बढ्दो उमेरसँगै जोर्नीको बीचको कार्टिलेज कुसनलाई लचिलो र चिल्लो राख्ने लुब्रिकेन्टको कमी हुनु, लिगामेन्ट्सको लम्बाइ र लचिलोपनमा कमी आदि । जोर्नी स्वस्थ राख्ने उपाय : जोर्नीको पीडा विशेष गरी आर्थराइटिसको कुनै उपचार छैन तर केही उपाय छन्, जसलाई अपनाएर यो समस्याबाट जोगिन वा त्यसलाई कम गर्न सकिन्छ । - आर्थराइटिसका कारण जोर्नीमा भएको कार्टिलेजलाई हानि पुग्छ । यो ७० प्रतिशत पानीले बनेको हुन्छ । त्यसैले प्रशस्त मात्रामा पानी पिउनुर्छ । - दूध तथा दूधबाट बनेका परिकार, ब्रोकाउली, सालमन, पालुंगो, राजमा, बदाम, तोफु आदि क्याल्सियमयुक्त खाद्यपदार्थ प्रशस्त मात्रामा सेवन गर्नुपर्छ । - भिटामिन सी र डी जोर्नीका लागि अत्यन्त लाभदायक हुन्छन् । त्यसैले स्ट्रबेरी, सुन्तला, किबी, ब्रोकाउली, काउली, बन्दा, दूध, दही, माछा आदि पर्याप्त मात्रामा खानुपर्छ । - केही समय घाममा पनि बस्नुपर्छ । यसबाट भिटामिन डी प्राप्त हुन्छ । शारीरिक तौल नियन्त्रणमा राख्नुपर्छ । तौल बढी हुँदा जोर्नीमा दबाब पर्छ । - नियमित व्यायाम गर्नुपर्छ तर जोर्नीमा दबाब पर्ने काम भने कम गर्नुपर्छ । - धूम्रपान एवं मद्यपानबाट जोगिनुपर्छ । - फलफूल तथा तरकारीको सेवन बढी मात्रामा गर्नुपर्छ । - अदुवा तथा बेसार सेवन गर्नुपर्छ । यसले जोर्नी सुन्निन दिँदैन । - नुन, चिनी, अल्कोहल, क्याफिन, तेल तथा रातो मासु आदिको सेवन कम गर्नुपर्छ । - पैदल यात्रा, जगिङ, नृत्य, जिम, सिँढी चढ्ने–ओर्लने तथा हल्काफुल्का व्यायामले हड्डीलाई मजबुत राख्छ । जाडो मौसममा विशेष ध्यान जाडो मौसममा जोर्नीको पीडाले सताउँछ । कारण यो मौसममा प्राय: मानिस बढी आराम गर्छन् । यसबाट शारीरिक सक्रियता कम हुन्छ । दिन छोटा र रात लामा हुनाले जीवनशैली परिवर्तन हुन्छ । यतिबेला खानपानको बानीसमेत परिवर्तन हुन्छ भने व्यायाम कम गरिन्छ । फलत: जोर्नी दुख्ने समस्या अझ बढ्छ । - नियमित व्यायाम गर्नुपर्छ । शारीरिक रूपमा सक्रिय रहनुपर्छ । - बाहिरी तापमान निकै कम हँुदा बाहिर घुमफिर गर्ने गतिविधि कम गर्नुपर्छ । - शरीरलाई न्यानो राख्नुपर्छ र प्रतिदिन ८–१० गिलास पानी पिउनुपर्छ । - चिसोबाट जोगिनुपर्छ । पीडा हुने ठाउँलाई न्यानो राख्नुपर्छ । - चिसोको साटो ताता खानेकुरा खानुपर्छ । लसुन, प्याज, सालमन, माछा, बदाम, काजु आदि केही बढी सेवन गर्नुपर्छ । - चोकरयुक्त आटाको रोटी तथा मुगको दाल सेवन गर्नुपर्छ । हरियो सागपातका साथै लौका, घिरौला, काउली, बन्दा, गाजर आदिको सेवन पनि फाइदाजनक हुन्छ । साभार:kantipur नारी

जाडोमा जोर्नीको पीडा   जोर्नीको पीडाका थुप्रै कारण हुन्छन् । जस्तै–बोन फ्लुइड (हड्डी द्रव) वा मेम्ब्रेनमा परिवर्तन आउनु, चोट लाग्नु वा ?...

अब नयाँ सरकार कसरी अगाडी बढ्नु पर्ला ? 12/12/2017

अब नयाँ सरकार कसरी अगाडी बढ्नु पर्ला ?

अब नयाँ सरकार कसरी अगाडी बढ्नु पर्ला ? Visit the post for more.

चरम गरिबी, अभाव र पछौटेपनको पर्यायजस्तै बनेको कर्णाली उस्तै छ कि फेरिँदैछ त ? 12/12/2017

चरम गरिबी, अभाव र पछौटेपनको पर्यायजस्तै बनेको कर्णाली उस्तै छ कि फेरिँदैछ त ?

चरम गरिबी, अभाव र पछौटेपनको पर्यायजस्तै बनेको कर्णाली उस्तै छ कि फेरिँदैछ त ? Visit the post for more.

चुनावबाट जनताका अपेक्षा 12/12/2017

लोकतन्त्र झन्डा र नारा होइन, पद्धति निर्माणको एउटा विकल्परहित मार्ग हो । यो सिद्धान्त हो, निष्ठा हो र राजनीतिक मान्यता पनि हो । लोकतन्त्रको बाटोमा हिंड्नु अत्यन्त कठिन विषय हो, तर लोकतन्त्रको विकल्पमा अरू कुनै विकल्प शाश्वत छैनन । यो मान्यता स्थापित भैसकेको छ । जनताले आफ्नो शासन आफैं गर्ने हो । जनताको यो नैसर्गिक अधिकारलाई कसैले चुनौती दिन सक्दैन । संसारका धेरै देशमा लोकतन्त्र अकाट्य रूपले असल शासन–व्यवस्थाका रूपमा स्थापित भएको छ । यो हामीले चाहेअनुसार असल नहोला, खराब व्यवस्थामध्ये यो सर्वाधिक सफल व्यवस्था हो । अहिले संसारका कतिपय एकाधिकारवादी मुलुकहरू बिस्तारै लोकतान्त्रिक मार्गमा आइरहेका छन् । चीनजस्तो कठोर साम्यवादी देश अहिले उदार अर्थनीतिको सक्रिय प्रयोक्ता भैरहेको छ, तर संसारका कतिपय देशमा हिंसा र वामपन्थी प्रयोगको आकर्षण अहिले पनि त्यत्तिकै जीवित रहेको छ जति चे ग्वेवाराको जमानामा थियो । नेपालले सात दशक लामो विविध राजनीतिक प्रयोगपछि अहिले आएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई शासकीय पद्धतिका रूपमा स्वीकार गरेको छ । संविधानसभाको पहिलो निर्वाचनदेखि दोस्रो निर्वाचनसम्मको लामो प्रयासपछि देशले संविधान पाएको छ । त्यो संविधानअन्तर्गत अहिले स्थानीय तह, प्रदेश र केन्द्रीय संसद्का लागि पहिलो किस्ताको आवधिक चुनाव भैरहेको छ । पाँच वर्षपछि पनि यो चुनाव नियमित हुन सक्यो भने संघीय लोकतान्त्रिक शासन–व्यवस्थाले जरो हालेको मान्न सकिन्छ । हामीले यो अभ्यासलाई निरन्तर राख्न सकेनौं भने अराजकताको जंगलभित्र हामी हराउनेछौं । यसमा कुनै सन्देह छैन । अहिलेको चुनावको शैली अलिकति अप्ठेरो हिसाबमा देखिएको छ । दुई ठूला भनिने कम्युनिस्ट पार्टी एमाले र माओवादी चुनावी गठबन्धनमा छन् । संविधानसभाको चुनावमा मैत्रीपूर्ण हिसाबले चुनाव लडेका कांग्रेस र एमाले अहिलेको चुनावमा एक–अर्काप्रति हदैसम्मको शत्रुतापूर्ण व्यवहार प्रदर्शित गरिरहेका छन् । साँच्चै भन्ने हो अहिले चुनावको वातावरण त्यति स्वस्थ देखिएको छैन । वामपन्थी पार्टी र विप्लवका नाममा दिनहुँजसो भैरहेका हिंसात्मक गतिविधिले जनमानसलाई त्रस्त बनाउन खोजे पनि जनता डराएका छैनन् । अहिले मतदान प्रक्रियामा हिंसाले होइन, मौसमले साथ नदिएकाले मतदानको प्रतिशत घटेको हो । नेपाली जनताले हिंसा धेरै भोगिसकेका छन् । अब उनीहरू कुनै पनि हालतमा हिंसाको त्यो बाटो हिंड्न तयार छैनन् । पार्टी जतिसुकै ठूलो भए पनि उसले हिंसात्मक आशय राखेको छ भने जनताले त्यसलाई वहिष्कार गर्छन् । हिंसाले देशलाई जर्जर बनाएका बेला कुनाकाप्चा, कन्दरा, गाउँ–बेसी, सहर–बजार पुगेर जनताको आवाज र आँसु प्रभावशाली सञ्चारमाध्यम टेलिभिजनद्वारा प्रसारित गर्ने एक सञ्चारकर्मीका हैसियतले मलाई देश र जनताका आवश्यकताको केही न केही अनुभव छ । नेपाली जनतालाई काम गरेर खान पाउने स्वतन्त्र र शान्तिपूर्ण वातावरण चाहिएको छ । उसलाई देशले दिने अवसरमा समानता चाहिएको छ । जात–जाति, थर, गोत्र र आफन्तबाट पर रहेर देशका सबै जनतालाई आफन्त सोच्ने दूरदर्शी नेतृत्व चाहिएको छ । यति भए पुग्छ, तर के यो अवस्था आउला त ? अहिले लोकतान्त्रिक र वामपन्थी गठबन्धनको प्रचार शैली र विषम सम्बन्ध हेर्दा जनताका आशा–अभिलाषा पूरा हुन अझै केही चुनाव पर्खिनुपर्ला । लोकतान्त्रिक गठबन्धन सरकारमा रहेकाले उसमाथि आरोपको वर्षा हुनु त स्वाभाविक नै हो, तर त्योभन्दा ठूलो आरोप वामपन्थीहरूलाई लागेको छ । माओवादी केन्द्र सरकारको सहयोगी हुँदाका मन्त्रीहरू अहिले पनि सरकारमा छन् । ती बेइज्जतीपूर्वक बिनाविभागीय मन्त्री बनेर बसेका छन् । प्रधानमन्त्रीसँग असहमत हुने मन्त्रीले मन्त्रिपरिषद्बाट राजीनामा दिनुपर्ने संसदीय व्यवहारको मखौल उडाइएको छ । नेताहरूको अहंकारले पद्धति नै खतरामा परेको छ । वामपन्थी गठबन्धनले अहिले जुन प्रकारको व्यवहार देखाएको छ त्यसका आधारमा भन्दा यो देशमा स्वतन्त्रताका राजनीतिक आधार कतिसम्म टिकाउ हुन्छन् ? भन्न सकिन्न । यसबाहेक ‘मुलुकमा ७० वर्षसम्म केही भएन, अब हामी गर्छौं’ को नारा लिएर विभिन्न सहरी समूह राजनीतिमा समाहित भएका छन् । यिनीहरूले लगाउने नारा प्राय: भावनात्मक छन् । वामपन्थीहरूको ‘राष्ट्रवादी’ नारा र यी कथित वैकल्पिक राष्ट्रवादीहरूको नारा एउटै छ । यिनीहरूले आफ्नो तीर लोकतन्त्र र स्वतन्त्रताका विरुद्ध ताकेका छन् । नेपाल देश र नेपाली जनताले कहिल्यै परतन्त्र र दासत्व भोगेनन् । अहिले पनि स्थिति त्यही हो । लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता अक्षुण्ण र सार्थक छन् । साभार kantipur saptahik

चुनावबाट जनताका अपेक्षा लोकतन्त्र झन्डा र नारा होइन, पद्धति निर्माणको एउटा विकल्परहित मार्ग हो । यो सिद्धान्त हो, निष्ठा हो र राजनीतिक मान...

nepaliblog2017.wordpress.com 12/12/2017

दैनिक करोडौँ मानिसले हेर्ने अर्ब भन्दा धेरै प्रयोगकर्ता भएको भिडियो स्ट्रिमिङ्ग साइट युट्युब गुगलका लागि मात्र होइन, दुनियाँमा धेरै मानिसहरुका लागि मोटो रकम कमाउने माध्यम बनेको छ । यो वर्ष सन् २०१७ मा युट्युबबाट सबैभन्दा धेरै आर्जन गर्ने सेलिब्रेटीहरु यी हुन्ः १. डानियल मिडल्टन (DanTDM): बेलायती मिनिक्राफ्ट प्लेयर डानियलले यो वर्ष युट्युबबाट १ करोड ६५ लाख अमेरिकी डलर आर्जन गरेका छन् । सन् २०१२ मा उनको युट्युब च्यानल लञ्च भएयता उनको च्यानलमा ११ अर्ब भ्यूज पुगिसकेको छ । २. इभान फोंग (VanossGaming): फोंगले यो वर्ष युट्युब च्यानलमार्फत १ करोड ५५ लाख डलर कमाई गरेका छन् । उनी आफ्नो युट्युब च्यानलमा अत्यधिक लोकप्रिय गेमहरु जस्तै ग्राण्ड थेप्ट अटो तथा कल अफ ड्युटी जस्ता गेमहरु प्रस्तुत गरी कमाई गर्दछन् । ३.Dude Perfect: ५ जना साथीहरु र उनीहरुको पाण्डा भेषको अर्को साथीले विभिन्न स्टन्ट तथा मुर्ख ट्रिक देखाउने यो च्यानलबाट यो वर्ष १ करोड ४० लाख डलर कमाई गरेका छन् । ४. मार्क फिसबाच (Markiplier): यी गेमरको युट्युब च्यानलमा १ करोड ९० लाख सब्सक्राइबर छन् । उनले यस वर्ष युट्युब च्यानलमार्फत १ करोड २५ लाख आर्जन गरिसकेका छन् । ५. लोगान पाउल: यी भिडियो ब्लगरले यस वर्ष युट्युबबाटै १ करोड २५ लाख डलर कमाई गरेका छन् । ६. फेलिक्स जेलबर्ग (PewDiePie): यी युट्युब गेमर्सले यस वर्ष युट्युबबाट १ करोड २० लाख कमाई गरेका छन् । ७. ज्याक पाउल: यी भिडियो ब्लगरले यस वर्ष १ करोड १५ लाख डलर आर्जन गरेका छन् युट्युबबाटै । यी पूर्व डिज्ने च्यानल स्टारसँग अहिले आफ्नो आफ्नै डिजिटल ट्यालेन्ट म्यानेजमेन्ट कम्पनी पनि छ । ८.स्मोश: एन्थोनी प्याडिल्ला र इयान हेकोक्सको यो व्यंग्यात्मक युट्युब च्यानलले यस वर्ष १ करोड १० लाख डलर कमाई गरेको छ । ९. रायन टोयज रिभ्यू: प्राथमिक विद्यालयमा पढ्ने रायन नामका बालकको यो युट्युब च्यानलले यस वर्ष १ करोड १० लाख कमाई गरेको छ । यिनले आफ्नो युट्युब च्यानलमा बच्चाका खेलौनाको बारेमा विश्लेषण गर्ने गर्दछन् । १०. लिली सिंह: यी व्यंग्यकारले गत वर्ष युट्युबबाट १ करोड ५ लाख डलर आर्जन गरेकी छिन् । फोब्र्स म्यागेजिनबाट

nepaliblog2017.wordpress.com   दैनिक करोडौँ मानिसले हेर्ने अर्ब भन्दा धेरै प्रयोगकर्ता भएको भिडियो स्ट्रिमिङ्ग साइट युट्युब गुगलका लागि मात्...

यस्तो ग्रह, जहाँ ७ घण्टाको एक वर्ष हुन्छ 12/12/2017

पृथ्वीमा एक वर्षमा ३ सय ६५ दिन अर्थात् ८७६० घण्टा हुन्छ । हालै एक खगोलिय दूरवीन केप्लर टेलिस्कोपले एउटा यस्तो ग्रह पत्ता लगाएको छ जसमा सात घण्टामै एक वर्ष सकिन्छ । यो ग्रहमा समय यति छिटो बितिरहेको हुन्छ की पृथ्वीमा एक वर्ष हुँदा त्यहाँ १२ सय ५१ वर्ष बितिसकेको हुन्छ । यो ग्रहलाई अन्तरिक्षको सबैभन्दा तिव्र गतिको ग्रह भनिन्छ । यो ग्रहले ६.७ घण्टामा सूर्यलाई परिक्रमा गर्दछ । यो ग्रहको नाम EPIC 246393474 b राखिएको छ । यस्तो अर्को नाम सी १२३४७४ हो । यो नयाँ ग्रह पृथ्वीको नजिक रहेको र पृथ्वीभन्दा झण्डै ५ गुणा ठूलो आकारको रहेको बताइएको छ । यो ग्रहमा ७० प्रतिशत फलाम रहेको सम्भावना छ । उच्च विकीरणका कारण यो ग्रह मानव बसोबासका लागि योग्य छैन । यो ग्रहमा झण्डै ७ घण्टाको एक वर्ष हुने भएपछि एक दिन चाहीँ ठ्याक्क कति समयको हुन्छ भन्ने चाहीँ गणना गरिएको छैन । हाल वैज्ञानिकहरुले यसमाथि थप अनुसन्ध्ान गरिरहेका छन् । यो ग्रह पृथ्वी र चन्द्रमाको दूरी भन्दा झण्डै ३ गुणामात्र टाढा रहेको बताइन्छ । स्पुतनिक डटकम बाट

यस्तो ग्रह, जहाँ ७ घण्टाको एक वर्ष हुन्छ पृथ्वीमा एक वर्षमा ३ सय ६५ दिन अर्थात् ८७६० घण्टा हुन्छ । हालै एक खगोलिय दूरवीन केप्लर टेलिस्कोपले एउटा यस्तो ग्र?...

यसरी हटाउनुस् श्रीमतीको शंका गर्ने बानी 12/12/2017

मेरो विवाह भएको पाँच वर्ष भयो । हाम्रो १७ महिने एउटा छोरा छ । म हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छु । बिदामा घर-आउने जाने भइरहेको हुन्छ । हाम्रो वैवाहिक जीवनमा अरु कुनै समस्या छैन । तर, एउटा समस्या छ । म अरु स्त्रीसँग लसपस गर्छु कि भनेर मेरी पत्नी धेरै शंका गर्छिन । कतिसम्म भने नयाँ-नयाँ नम्बर लिएर, फेसबुकमा फेक आईडी बनाएर मेरो जासुसी गर्छिन् । विवाहअघि जे जस्तो भए पनि, विवाहपछि कुनै परस्त्रीसँग मैले शारीरिक-मानसिक सम्बन्ध राखेको छैन । महिला मित्रचाहीँ बाल्यकाल देखिका छन्, २/३ जना । उनीहरुसँग कहिलेकाहीँ सामाजिक सञ्जालमा कुराकानी हुन्छ । म आफ्नो वैवाहिक जीवन सुखी र खुशी बनाउन हरदम प्रयास गरिरहेको हुन्छु । तैपनि सधैं उनको शंका गर्ने बानीले हैरान परेको छ । अरु कुनै कारणले हाम्रो झगडा हुँदैन । बस, शंकाले सधैं झगडाको बीउ रोप्छ । उनको चाहनाअनुरुप मैले आफ्ना सबै महिला मित्रहरुसँग दूरी बनाएको छु । तैपनि उनको शंका गर्ने बानी हटाउन सकिएन । कृपया उनको शंका गर्ने बानीलाई कसरी ठीक पार्ने होला ? एस... मानिसमा सामान्यतया दुई वटा कारणले शंका गर्ने बानीको विकास हुन्छ । पहिलो, आफ्नो मान्छेलाई धेरै माया गर्दा त्यो मानिसबिनाको जीव्ान कल्पना गर्न सकिँदैन । ‘यो मानिसबिना मेरो जीवन समस्यामा पर्छ’ भनेर कसैको मनमा गम्भीरतापूर्वक कल्पना गर्ने बानी पर्‍यो भने उसका बारेमा बढी सोधीखोजी शुरु हुन्छ । यो शंकाभन्दा बढी मायाको संकेत हो । माया नै भए पनि यस्तो खालको मायाले जीवनमा समस्या निम्त्याउने गर्छ । यसका लागि भिन्न किसिमको व्यवहार गर्नुपर्ने हुन्छ । अर्को शंका वास्तविकतासँग धेरै नजिक हुन्छ । यसअघि कुनै व्यक्तिले पटक-पटक एकै खालको गलत काम गरेपछि त्यो मानिस शंकाको घेरामा आउँछ । फलस्वरुप उसले गल्ती नगर्दा पनि उसले शंकाको घेरामा पर्नुपर्ने बाध्यता सिर्जना हुन्छ । तपाईंको प्रश्न केही अपूरो भए पनि तपाईंका कुराले ती दुवैतर्फ संकेत गर्छ । यही कारण मैले यहाँ दुवै किसिमका लक्षणलाई समाधान गर्ने प्रयास गरेकी छु । प्रेमका कारण उब्जने शंका प्रेम अन्धो हुन्छ । प्रेमले मानिसलाई केही स्वार्थी बनाउँछ । आफूले प्रेम गरेको मानिसले अरु कसैसँग सम्बन्ध नबढाओस्, मेरैअघि मात्र बसिदेओस्, जीवनभर मेरै लागि काम गरोस् र मेरैबारेमा सोचिदेओस् भन्ने सोच्छ । यस्ता व्यक्तिहरुलाई कसैले ‘तिमी गलत गरिरहेकी छौ’ भनेर सम्झाउन खोज्यो भने उनीहरु यसलाई गलत मान्न तयार हुँदैनन् । उनीहरु यसलाई प्रेम ठान्छन् र ‘मैले हाम्रो भलाइका लागि यी काम गरिरहेको’ भन्ने ठान्छन् । यस्ता व्यक्तिहरुलाई ‘प्रेममा स्वार्थ हुनुहुँदैन, प्रेमले एक-अर्कालाई बाँध्ने होइन, स्वतन्त्रतामा रमाउनु दिनुपर्छ’ भन्ने कुरा थाहा हुँदैन । अपरिपक्व प्रेममा यस्ता समस्या आउने गर्छन् । तर, यस्ता मानिसलाई ‘समाजमा सबैसँग घुलमिल गर्नु हाम्रो बाध्यता भए पनि म तिमीसँगै प्रेम गर्छु र बाहिर जति मानिससँग संगत गरिरहेको छु, त्यो हाम्रो भविष्यकै लागि हो’ भन्ने बुझाउनुपर्छ । यस्ता व्यक्तिहरुलाई सम्झाएर मात्र पनि पुग्दैन । उनीहरुलाई ती कुराहरुको प्रमाण पनि चाहिन्छ । यसका लागि केही घटनाबाट बुझाउनुपर्छ । यसका लागि महिलालाई सम्झाउन माइती पक्षका सम्बन्धहरुलाई उदाहरण दिएर कुरा बुझाउन सकिन्छ भने पुरुषहरुलाई सम्झाउन उसका निकट मित्रहरुसँगको सम्बन्ध कति महत्वपूर्ण छ भनेर बुझाउनुपर्ने हुन्छ । विस्तारै प्रेमको ज्वरो पनि कम भएपछि यस्ता अनावश्यक शंका आफैं हटेर जान्छन् । गल्तीका कारण उब्जने शंका कुनै व्यक्तिले एकै खालका काम गर्‍यो भने ऊ त्यस्तै खालको मान्छे हो भन्ने धारणा उब्जन्छ । यस्तो धारणा कसैमा बलियो भएर गएको अवस्थामा उसले ती काम नगर्दा पनि मानिसले विश्वास गर्दैनन् । मानौं कुनै व्यक्ति रक्सी खान बद्नाम छ भने उसले रक्सी छाडे पनि मानिसले तुरुन्तै विश्वास गर्दैनन् । कतिपयले ‘तत्काल उसले रक्सी छाडे पनि भविष्यमा फेरि खान्छ’ भन्ने धारणा पाल्छन् । यस्ता व्यक्तिले रक्सी छाडेको विश्वास दिलाउन वषौर्ं विभिन्न खालको परीक्षाबाट गुज्रनुपर्छ । तपाईंको प्रश्नले माथिका दुवै कुराको संकेत गरेको छ । तपाईंले विवाहअघि आफ्नै बालसखीहरुसँग कुनै न कुनै खालको नजिकको सम्बन्ध बढाएको हुनसक्छ । तपाईंको प्रश्नमा पनि यस किसिमका संकेत देखिएका छन् । यो कुरा तपाईंकी श्रीमतीलाई थाहा भएको र उनको खुशीका लागि ती महिला मित्रसँग दूरी बढाएको कुरा पनि तपाईंको प्रश्नमा देखिन्छ । शायद तपाईंले आफ्नो सम्बन्ध अरुसँग नभएको कुरा बुझाइरहनु भएको छ । तर, तपाईंकी श्रीमतीलाई अझै तपाईंमाथि पूर्ण विश्वास नभएका कारण फेक आईडी र अर्कै फोनमार्फत् तपाईंको कुरा परीक्षण गरिरहनु भएको छ । आजभोलि तपाईंले बाहिर सम्बन्ध राख्नु भएको छैन र बाहिर सम्बन्ध विस्तार गर्न चाहनुहुन्न भने तपाईं यस्ता कुराबाट डराउनु पर्दैन । तपाईंकी श्रीमतीले विस्तारै तपाईंको दृढ निश्चय बुझेपछि विश्वास गरिहाल्नु हुन्छ । पहिले तपाईंबाट केही गलत कृयाकलाप भए पनि अहिले सही बाटोमा हिँड्ने निश्चय गर्नु भएको हो भने श्रीमतीको शंका विस्तारै दूर हुन्छ । बरु, अझै बढी माया पाउनु हुन्छ । कोही ठीक बाटोमा आउँछ भने उसको परिवारमा खुस्शीको सञ्चार शुरु हुन्छ र त्यसले घरको मूली बढी फाइदामा रहन्छ । मानौं तपाईं पहिले कुनै पनि गलत सम्बन्धमा हुनुहुन्नथ्यो । तपाईंका बालसखीहरु केवल तपाईंका साथी मात्र हुन् । विवाहपछि श्रीमतीको अत्यधिक शंका गर्ने बानीका कारण सबै साथीहरुसँग टाढा हुनु परेको हो भनेचाहिँ यो दुःखद् कुरा हो । यो बुँदा नम्बर एकमा भनिएजस्तो तपाईंकी श्रीमतीले तपाईंलाई गरेको अन्धो प्रेमको नतिजा हो । यसले तपाईंलाई केही पीडा दिइरहेको छ भन्ने बुझिन्छ । यसका लागि तपाईंले केही बढी मिहिनेत गर्नुपर्छ । कुनै पनि व्यक्ति समाजमा एक्लिएर बस्न सक्दैन । अन्धो मायाले समाजबाट एक्ल्याइदिन्छ । यस्तो वैवाहिक जीवनमा श्रीमान्ले आफ्नो घरपरिवारका मानिससँग टाढा बनाउने र श्रीमतीलाई माइतीबाट टाढा बनाइदिने अवस्था आउँछ । त्यसैले यो खतरनाक मायालाई भने चाँडोभन्दा चाँडो व्यावहारिक मायामा परिणत गर्नुपर्छ । यसका लागि बढीभन्दा बढी स्नेह गर्ने, उनलाई पनि सबैसँग घुलमिल गराएर हाम्रो मायाको कोही पनि दुश्मन नभएको बरु सहयोगी रहेको बुझाउने, कुनै गलत मानिस छ भने उनलाई देखाएरै ऊसँग सम्बन्ध तोड्ने र समाजमा मानिस कसरी मिलेर बसेका छन्, त्यो प्रमाणसहित देखाउने गर्नुपर्छ । यसका लागि भने तपाईंले मनोवैज्ञानिकको सहयोग लिने गर्नुपर्छ । सत्य कुरा के हो त्यो तपाईंलाई नै बढी थाहा छ, श्रीमतीको शंका अर्थात् ‘ओथेलो सिन्ड्रोम’ दूर गर्न तपाईंले नै केही बढी मिहिनेत गर्नुपर्ने देखिन्छ । साभार : online khabar

यसरी हटाउनुस् श्रीमतीको शंका गर्ने बानी मेरो विवाह भएको पाँच वर्ष भयो । हाम्रो १७ महिने एउटा छोरा छ । म हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छु । बि?...

रुघाखोकी र घरेलु उपचार 03/12/2017

मंसिर १६, २०७४-जाडोयाम सुरु हुनासाथ, मौसममा आएको परिवर्तनका कारण रुघा–खोकीको समस्या देखिन थाल्छ । घाँटी खसखस हुनु, नाक बन्द हुनु, नाकबाट पानी बग्नु, रुघाखोकी आदि यो मौसममा देखिने सामान्य समस्या हुन् ।बूढापाका, बालबालिका र जटिल स्वास्थ्यस्थिति भएकाहरूका लागि सामान्य रुघाखोकीले समेत स्वास्थ्यसम्बन्धी जटिलता निम्त्याउन सक्छ । यस्ता व्यक्तिहरूले सामान्य रुघाखोकी हुँदा पनि चिकित्सकको सल्लाहअनुसार उपचार प्रक्रिया अघि बढाउनुपर्छ । तर स्वस्थ व्यक्तिलाई जाडोयाममा सामान्य रुघाखोकी लागे हाम्रा पुर्खाहरूले परापूर्वकालदेखि अपनाउँदै आएका घरेलु उपायबाटै सन्चो हुन सक्छ । जाडोयाममा स्वस्थ व्यक्तिलाई समस्यामा पार्ने रुघाका लागि हाम्रो घरदैलोमै पाइने जडीबुटी आदिको उपयोग गर्दा राम्रो हुन्छ । ‘तुलसीको पात सामान्य रुघाखोकीका लागि सबैभन्दा राम्रो उपचार हो,’ डा. ऋषिराम कोइराला भन्छन्, ‘यसले भाइरसलाई समेत निष्क्रिय पार्छ ।’ तुलसीको पात चपाउनाले वा चियाजस्तो पकाएर खानाले रुघा निको हुन्छ । यो मौसममा रुघा प्रभावितले दिनहँु दुईतीन पटक र सामान्य व्यक्तिले समेत एक पटक तुलसीपात, बेसार, अदुवालाई चियाजस्तै पकाएर महको साथ सेवन गर्नाले धेरै फाइदा पुग्छ । धेरै खोकी भए ज्वानो पकाएर पिउँदा खोकी निको हुनुका साथ खकार आदि समेत शरीरबाहिर निस्किन्छ । ज्वानो र अदुवा हालेर उमालेको पानीको बाफ लिँदा नाक खुल्छ, घाँटीको खसखस दुईतीन दिनमै निको हुन्छ । यस्तै बेसार, मह, अदुवा चपाइरहँदा पनि फाइदा गर्छ । रुघा लाग्दाताका दूधमा बेसार मिलाएर सेवन गर्नाले समेत आराम हुन्छ । पानको पातमा थोरै मह र अदुवा राखेर दिनमा दुईतीन पटक खाँदा खोकी राम्रो गर्ने डा. कोइराला बताउँछन् । लसुन उमालेको पानी खानाले वा यसको पोटी खाँदा समेत रुघाखोकीमा राहत मिल्छ । रुघाखोकीको प्रत्यक्ष सम्बन्ध हाम्रो रोगप्रतिरोधक क्षमतासँग हुन्छ । आयुर्वेदले रोगप्रतिरोधक क्षमता बढाउन भूमिका खेल्छ । कुल्ला गर्ने नुन हालेको मनतातो पानीले कुल्ला गर्दा रुघाखोकीबाट निकै आराम पाइन्छ । कुल्ला गर्दा घाँटीको सुन्नाइ कम हुन्छ, दुख्न पनि छोड्छ । कुल्ला गर्दा मुखभित्रको मांसपेशीको पीडा कम हुन्छ । यसले प्रभावित क्षेत्रमा ताप बढाएर रक्तसञ्चार बढाउँछ । यति मात्र नभई, कुल्ला गर्दा मुखको ब्याक्टेरियासमेत नष्ट हुन्छ । ब्याक्टेरियाले मुखभित्रको प्राकृतिक पीएचको सन्तुलन बिगारेको हुन्छ । नुनपानीले कुल्ला गर्दा मुखको प्राकृतिक पीएचको सन्तुलन सामान्य अवस्थामा फर्किन्छ । ४ सय व्यक्तिमा गरिएको एउटा अध्ययनले के देखाएको छ भने, जाडो याममा मौसमी रुघाखोकी भए वा नभए पनि नुनपानीले दिनमा तीन पटक कुल्ला गर्दा छातीसम्बन्धी संक्रमणको सम्भावना ४० प्रतिशतसम्म कम हुन्छ । यस्तै, चियापत्ती, बेसार, नुन हालेर उमालेको पानीले कुल्ला गर्दा घाँटीलाई धेरै सन्चो हुने डा. कोइराला बताउँछन् । तुलसी प्राकृतिक एन्टिसेप्टिक हो, जसले घाँटीको संक्रमण हटाउन सघाउँछ । योग विज्ञहरूका अनुसार योगका केही आसनसमेत मौसमी रुघाखोकीको उपचारमा सहायक हुन्छन् । योगले हाम्रो शरीरलाई स्वस्थ र शक्तिशाली बनाउनुका साथै मनलाई स्थिर र केन्द्रित गर्न सघाउँछ । योगले रोगप्रतिरोधक क्षमता बढाउँछ, साथै बाहिरी किटाणु/जीवाणुसँग लड्ने क्षमता वृद्धि गर्छ । मौसमी रुघाखोकी लागेका बेला नाडी शोधन प्राणायाम, अनुलोम विलोम, कपालभाति, मत्स्यासन, शवासन आदि गर्नु उपयुक्त हुन्छ । तर रुघाखोकीबाट पीडित भएकाहरूले योगविशेषज्ञको सल्लाह लिएर मात्र आफ्ना लागि उपयुक्त आसन छनोट गर्नुपर्छ । तुलसीको पात सामान्य रुघाखोकीका लागि सबैभन्दा राम्रो उपचार हो । यसले भाइरसलाई समेत निष्क्रिय पार्छ । खोकी गढेको भए ज्वानो पकाएको पानी खानुपर्छ । ज्वानो र अदुवा हालेर उमालेको पानीको बाफ लिँदा नाक खुल्छ । पानको पातमा थोरै मह र अदुवा राखेर दिनमा दुई–तीन पटक खाँदा खोकी निको हुन्छ । लसुन हालेर उमालेको पानी खाँदा वा यसको पोटी मात्रै खाँदा पनि रुघाखोकीमा आराम हुन्छ । नुनपानीले दिनमा तीन पटक कुल्ला गर्दा छातीसम्बन्धी संक्रमणको सम्भावना ४० प्रतिशतसम्म कम हुन्छ । साभार कान्तिपुर

रुघाखोकी र घरेलु उपचार   मंसिर १६, २०७४-जाडोयाम सुरु हुनासाथ, मौसममा आएको परिवर्तनका कारण रुघा–खोकीको समस्या देखिन थाल्छ । घाँटी खसखस हु...

Site Title 03/12/2017

झण्डै ५ करोड हिनामिनाको अभियोगमा कृषि विकास बैंकका कर्मचारी पक्राउ कृषि विकास बैंक न्यूरोड शाखाको झण्डै ५ करोड

Site Title झण्डै ५ करोड हिनामिनाको अभियोगमा कृषि विकास बैंकका कर्मचारी पक्राउ कृषि विकास बैंक न्यूरोड शाखाको झण्डै ५ करोड.....

लूका 2:40-52, Nepali New Revised Version (NNRV) 11/03/2017

“बालक बुद्धिले भरिपूर्ण भएर बढ्‌दै र बलियो हुँदैजानुभयो, र परमेश्‍वरको अनुग्रह उहाँमाथि थियो।
अनि येशू बुद्धिमा, कदमा र परमेश्‍वर र मानिसहरूको अनुग्रहमा बढ्‌दैजानुभयो।”
‭‭लूका‬ ‭2:40, 52‬ ‭luk 2:40,52 NNRV‬‬

लूका 2:40-52, Nepali New Revised Version (NNRV) बालक बुद्धिले भरिपूर्ण भएर बढ्‌दै र बलियो हुँदैजानुभयो, र परमेश्‍वरको अनुग्रह उहाँमाथि थियो। अनि येशू बुद्धिमा, कदमा र परमेश्‍वर र मानिसहरूको अनुग्रहमा बढ्‌दैजानुभयो।

Photos 06/01/2017

“मैले जित्नु भनेको नेपालले जित्नु हो, सबै नेपालीले जित्नु हो, सो प्लिज भोट मी: तेरिया......१ शेहर गर्न नभुल्नुहोला है। write best of luck

Category

Telephone

Address


Surkhet

Alerts

Be the first to know and let us send you an email when children help network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Surkhet.