Deepak Raj Joshi

Deepak Raj Joshi

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Deepak Raj Joshi, Politician, Tanahun.

28/02/2026

कैँची चिन्हमा मतदान गर्ने सही तरिका

आगामी निर्वाचनमा तपाईंले दुईवटा छुट्टाछुट्टै मतपत्रमा आफ्नो मत हाल्नु पर्ने हुन्छ। मतदान गर्दा झुक्किन नहुने मुख्य कुराहरू तल दिइएको छ।

१. प्रत्यक्ष तर्फको मतदान (पहिलो मतपत्र)
तपाईंले सुरुमा प्राप्त गर्ने मतपत्र प्रत्यक्ष तर्फको हुनेछ।यसमा जम्मा १६ वटा चुनाव चिन्हहरू रहेका छन्।यो मतपत्रमा दीपक राज जोशी लाई जिताउन केवल कैँची चिन्हमा मात्र स्वस्तिक छाप लगाउनुहोला।

२. समानुपातिक तर्फको मतदान (दोस्रो मतपत्र)
प्रत्यक्षमा कैँची चिन्हमा भोट हालिसकेपछि तपाईंले समानुपातिक तर्फको दोस्रो मतपत्र पाउनुहुनेछ। यस मतपत्रमा तपाईंले आफ्नो रोजाइको कुनै पनि राजनीतिक दललाई मतदान गर्न सक्नुहुन्छ।

विशेष जानकारी (नभुल्नुहोला):
“कैँची” चिन्ह प्रत्यक्ष तर्फको उम्मेदवारको चिन्ह हो। यो चिन्ह समानुपातिक तर्फको मतपत्रमा हुँदैन। त्यसैले कैँचीमा भोट हाल्नका लागि पहिलो मतपत्रमै ध्यान दिएर छाप लगाउनुहोस्।

पहिलो मतपत्र: कैँची चिन्ह (अनिवार्य)
दोस्रो मतपत्र: आफूलाई मनपर्ने पार्टी

सचेत नागरिकको कर्तव्य निभाऔँ, सही ठाउँमा छाप लगाऔँ।

24/02/2026

कुनै पनि प्रकारको सहयोग गर्न सक्नुहुन्छ भने हार्दिक आभारी रहनेछु। सहयोग गर्न नसक्ने अवस्थामा पनि तपाईंका शुभेच्छा र सद्भाव नै मेरो लागि ठूलो शक्ति हुनेछ।

बैंक मार्फत सहयोगको लागि:
खातावालाको नाम: दीपक राज जोशी
खाता नम्बर: 910011120000030
बैंक: सानिमा बैंक
सम्पर्क नम्बर: 9851234725

eSewa मार्फत सहयोग:
नाम: दीपक राज जोशी
eSewa ID: 9851234725

अमेरिकाबाट सहयोग गर्न चाहनेहरूका लागि (Zelle):
फोन नम्बर: 501-515-3561
खातावालाको नाम: सुशील सुवेदी

तपाईंको साथ, सहयोग र शुभेच्छाका लागि हार्दिक धन्यवाद।

19/02/2026

आज चुनावी घरदैलोका क्रममा एउटा आमा समूहसँग बसेर मन खोलेर कुरा गर्ने अवसर पाएँ। त्यो भेटघाटले मन हल्लायो। आमाहरूले सरल स्वरमा भन्नुभयो , बाबु हामीलाई १२ वटा प्लास्टिक कुर्सी किनिदिनु, हामी तपाईंलाई भोट हाल्छौँ।

म केही क्षण निःशब्द भएँ। यो माग कुर्सीको थिएन, यो हाम्रो राजनीतिले बनाएको वास्तविकताको ऐना थियो। मैले उहाँहरूलाई शान्त स्वरमा भनेँ आमाहरु मलाई कुर्सीको सट्टा भोट दिनु पर्दैन। तपाईंहरू आफ्नो विवेकले जसलाई योग्य ठान्नुहुन्छ, उसैलाई भोट दिनुहोस्। चुनावपछि १२ वटा कुर्सी म आफैं किनिदिन्छु। उहाँहरू मौन हुनुभयो।

त्यो मौनतामा लाज थिएन, बाध्यता थियो।
र म भित्र प्रश्न उठिरह्यो, हाम्रो लोकतन्त्र कहिलेसम्म यति सस्तो रहिरहने? हामी सबैलाई थाहा छ, हरेक चुनावमा भोटको किनबेच हुन्छ, नेपाली रुपैयाँमा, भारुमा, डलरमा। तर किनिएका भोट र बेचिएका भोटले कहिल्यै समृद्धि ल्याउँदैनन्। त्यसले केवल पाँच वर्षको पछुतो जन्माउँछ।

म स्पष्ट भन्न चाहन्छु। तपाईं मलाई भोट दिनुहोस् या नदिनुहोस्, म तनहुँको माटोप्रति सधैं नै प्रतिबद्ध र वफादार रहनेछु। राजनीति लेनदेन होइन, दायित्व हो।लोकतन्त्र सौदा होइन, विश्वास हो। यसपालि कम्तीमा हामीले यति त सोचौँ। हामी कुर्सी किन्ने नेताको खोजीमा छौँ, कि भविष्य बनाउने नेतृत्वको?

प्रारम्भिक सर्वेक्षण: तनहुँ क्षेत्र नं. १ को विस्तृत चुनावी विश्लेषण: परिवर्तन र परम्पराबीचको 18/02/2026

तनहुँ क्षेत्र नं. १ को राजनीति अहिले नेपालकै सबैभन्दा रोचक र इलेक्टोरल ल्याबोरेटरी (चुनावी प्रयोगशाला) को रूपमा हेरिएको छ। विगतमा नेपाली कांग्रेसको गढ मानिएको यो क्षेत्र अहिले बहु-कोणीय प्रतिस्पर्धाको केन्द्र बनेको छ

प्रारम्भिक सर्वेक्षण: तनहुँ क्षेत्र नं. १ को विस्तृत चुनावी विश्लेषण: परिवर्तन र परम्पराबीचको तनहुँ क्षेत्र नं. १ को राजनीति अहिले नेपालकै सबैभन्दा रोचक र इलेक्टोरल ल्याबोरेटरी (चुनावी प्रयोगशाला) को रूपमा ह....

तनहुँको माटो, गोविन्दराजको गुण र अबको हाम्रो धर्म : एक परदेशी तनहुँवासीको अन्तर्मनको आवाज 16/02/2026

म आज यो लेख कुनै राजनीतिक लाभका लागि लेखिरहेको छैन । म यो लेख मेरो माटोप्रतिको जिम्मेवारी र गोविन्दराज जोशीले लगाएको गुणप्रतिको इमानदारीका लागि लेखिरहेको छु । मेरो सम्पूर्ण तनहुँवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो एउटै विनम्र अनुरोध छ । यसपटक दीपकराज जोशीलाई मतदान गरौँ । उहाँलाई विजयी बनाउनु भनेको इमानदारीलाई विजयी बनाउनु हो । उहाँलाई मत दिनु भनेको गोविन्दराज जोशीले तनहुँका लागि बगाएको पसिनाको कदर गर्नु हो । अनि उहाँलाई चुन्नु भनेको तनहुँको भविष्यलाई एउटा सुरक्षित, शिक्षित र दूरदर्शी नेतृत्वको हातमा सुम्पनु हो ।

तनहुँको माटो, गोविन्दराजको गुण र अबको हाम्रो धर्म : एक परदेशी तनहुँवासीको अन्तर्मनको आवाज हामीले धेरै पटक भावनामा बगेर भोट हाल्यौँ होला । कहिलेकाहीँ लहडमा लागेर निर्णय गऱ्यौँ होला । तर यसपटक हामीसँग गल.....

30/01/2026
25/01/2026

फागुन २१ मा हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार दीपक राज जोशी लाई तपाईंको अमूल्य मत कैँची चिन्हमा दिई विजयी बनाउनुहोस्।

अब समय आएको छ, सही प्रतिनिधि छान्ने।
तपाईंको एक मतले ठूलो परिवर्तन ल्याउन सक्छ।दीपक राज जोशी लाई कैँची चिन्हमा मतदान गर्नुहोस्।

तनहुँ क्षेत्र नम्बर १ का मतदातालाई स्वतन्त्र उम्मेदवार दिपकराज जोशीको खुलापत्र 25/01/2026

आदरणीय तनहुँबासी बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरूलाई एउटा खुल्ला पत्र!

तनहुँ क्षेत्र नम्बर १ का मतदातालाई स्वतन्त्र उम्मेदवार दिपकराज जोशीको खुलापत्र

19/01/2026

सूचना / अनुरोध

भोली मिति माघ ६ गते संघीय संसद सदस्यको निर्वाचन अन्तर्गत मनोनयन दर्ता गर्ने कार्यक्रम तय भएको हुँदा, मनोनयन दर्ता प्रक्रियामा सहभागी हुनका लागि हाम्रो चुनाव प्रचार प्रसार कार्यालय बालमन्दिर चोक ( दमौली एफएम नजिकै) को कार्यालयमा विहान ११:४५ बजे उपस्थित भइदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु।

तपाईंहरूको उपस्थितिले कार्यक्रमलाई थप व्यवस्थित र अर्थपूर्ण बनाउनेछ।

धन्यवाद।
दीपक राज जोशी
संघीय सांसद उम्मेदवार
तनहुँ क्षेत्र नं. १

16/01/2026

जेन–जीको आन्दोलनपछि र नेपाली कांग्रेसको विभाजनले सिर्जना गरेको नयाँ परिस्थितिमा आगामी निर्वाचनमा के गर्ने र कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न यही माघ ४ गते, आइतबार बिहान ११ बजे होटल सन्तोषमा (दमौली बजारमा ) उपस्थित भइदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु।

भीडको बहावमा नबग्ने सोच : विचार, आदर्श र अन्धविश्वासको द्वन्द्व 20/12/2025

हाम्रो समाजमा अझै पनि विचारभन्दा सुविधा, प्रश्नभन्दा सहमति र सिद्धान्तभन्दा अवसरलाई प्राथमिकता दिने प्रवृत्ति बलियो छ।के स्वीकार्यता पाउन आफ्नै मौलिकता गुमाउनु पर्छ र?

भीडको बहावमा नबग्ने सोच : विचार, आदर्श र अन्धविश्वासको द्वन्द्व आजको समाजमा भीडसँग नबग्ने, प्रश्न गर्ने र आफ्नै विश्वासमा उभिने आवाजलाई सजिलै ‘असहज’ ठानिन्छ । बहुमतसँग सहमत नहु...

Category

Culinary Team

Attire

Telephone

Address


Tanahun
33900

Alerts

Be the first to know and let us send you an email when Deepak Raj Joshi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Tanahun.