RIMS

RIMS

Share

Empowering young minds, shaping bright futures.

Photos from RIMS's post 20/09/2026
19/09/2026
Photos from RIMS's post 18/09/2026

अर्काे सफलता ।
रिम्स स्कुलकी राेजिना माेक्तान आज आयाेजित रमेश विकल अभिनव बालप्रतिभा पुरस्कारका निम्ति आशु कवितालेखन तथा वाचन प्रतियाेगितामा सहभागी भइ दाेस्राे हुन सफल भएकोमा हामी हर्षित छाैँ ।
हार्दिक बधाई छ ।

18/09/2026

माेती जयन्तीमा आन्तरिक तर्फ उत्कृष्टमा पुरस्कृत कविता वाचन गर्दै विद्यार्थी राेजिना माेक्तान ।

युवा कवि मोतीराम भट्टको जन्मजयन्तीमा भव्य साहित्यिक कार्यक्रम सम्पन्न 11/09/2026

युवा कवि मोतीराम भट्टको जन्मजयन्तीमा भव्य साहित्यिक कार्यक्रम सम्पन्न

युवा कवि मोतीराम भट्टको जन्मजयन्तीमा भव्य साहित्यिक कार्यक्रम सम्पन्न काठमाडौँ, भदाै २६ । काठमाडौँको पूर्वोत्तर क्षेत्रअन्तर्गत गोकर्णेश्वर–८ स्थित रिम्स स्कुलमा युवा कवि मोतीराम भ...

Photos from RIMS's post 10/09/2026

१६१ ओैँ माेतीराम भट्टकाे जन्मजयन्तीकाे अवसरमा रिडर्स इन्टरनेशनल माेडेल स्कुलले बृहत् आशु कविता लेखन तथा वाचन प्रतियाेगिता सम्पन्न गर्याे ।
साहित्यकार रमेश शुभेच्छुकाे प्रमुख आतिथ्यमा २६ विद्यालयका २९ प्रतियाेगी विद्यार्थीहरुसहभागी थिए ।
जसमा सरस्वती मा.वि. का सिर्जन गाैतम प्रथम, साँग्रिला पव्लिक स्कुलका सन्ताेष वि.क. दाेस्राे , रिपुमर्दिनी सैनिक विद्यालयका सन्ताेष काेइराला तेस्राे तथा प्राेत्साहन तर्फ क्रमशःबाल संसार स्कुलकी आयुष्का रिजाल र सुनाैलाे भविष्य स्कुलकी सृष्टि बुढाथोकीले क्रमश: नगद रु. ५००० रु. ३५०० , रु २५००, र १- १ हजार नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत भएका थिए । त्यसैगरी आन्तरिक तर्फ रिडर्स इन्टरनेशनल माेडेल स्कुलकी राेजिना माेक्तान उत्कृष्ट भएकी छन् । उनले नगद रु. १००० प्रमाणपत्र पत्र सहित पुरस्कृत भएकी छन् ।
विगत १९ वर्षदेखि निरन्तररुपमा आशु कवितालेखन तथा वाचन प्रतियोगिता गर्दै आएकाे छ । कवि रुपक अलङ्कार तथा देवु लुइँटेलद्वारा विद्यार्थीहरुलाई कविता लेखन तथा वाचन प्रशिक्षण गरिएको थियाे । उक्त कार्यक्रममा अतिथि क्रमश गाेविन्द घिमिरे वेदमणि,बाजुरामप्रसाद पौडेल , साधना खतिवडा , राजकुमार श्रेष्ठ , कुमार अधिकारी ,गणेश खतिवडा , यादव घिमिरे , थानेश्वर भुसाल, र गुरुप्रसाद लुइँटेल थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झविन्द्रकुमार सुवेदीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्ततव्य विद्यालयका प्रिन्सिपल बालमुकुन्द कार्कीले
गर्नु भएको थियाे । भने कार्यक्रम सन्चालन रामकुमार भट्टराईले गर्नु भएको थियाे ।

Photos from RIMS's post 10/09/2026

आज १६१ ओेेेेेैँ माेतीराम भट्ट जयन्तीकाे अवसरमा विद्यालय स्तरीय बृहत् आशु कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

08/09/2026

धेरै धेरै धन्यवाद् ,सम्पूर्ण अभिभावक , विद्यार्थी , शिक्षक तथा विद्यालयलाई ।

06/09/2026

यही २५ गते ।

Category

Telephone

Address


Gokarneshwor/8, Kathmandu
Thimi
44600