Purna Basnet

Purna Basnet

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Purna Basnet, Public Figure, Dang, Tulsipur.

11/07/2026

े किर्तिपुरमा होल्डिङ सेन्टरमा पुगेका जेनजी अगुवाहरुलाई पक्राउको विरोध गर्दछु । उनीहरुरुको रिहाइको होस् । सुकुम्बासीमाथि आइपरेको अहिलेको विपत्तिको कारक वर्तमान सरकार हो । सरकार सम्हालियोस् ।
हिजोको सरकार र आजको सरकारमा फरक देखिएन भने हिजोको सरकारको जस्तै आजको सरकारको बेहाल हुन बेर लाग्दैन । सत्ताको उन्माद छोडेर नागरिकको सरकार बन्ने प्रयत्न गर्नु नै सरकारको लागि श्रेयष्कर हुन्छ । जनतामाथि संकट बढ्नु भनेको सत्तामा संकट निम्तिनु यो कुरा हेक्का होस् ।
सत्तामा अहिले अनाधिकृत व्यक्तिहरुको रजगज चलेको भनेर सर्वत्र विरोध भइरहेको छ, सरकारले सत्ता शक्तिको दुरुपयोग नगरोस ।
गरिबमारा नीति छोडेर गरिबका लागि नीति बनाऊ ।

10/07/2026

सरकारले नागरिकलाई नागरिकजस्तो व्यवहार गरेन । सरकारका पछिल्ला निर्णयहरु र गतिविधिहरु हेर्दा सरकारले नागरिकलाई दुष्ट र भ्रष्ट ठान्ने गरेको र नागरिकप्रति कठोर र क्रुर बन्दै गएको देखिन्छ ।
सरकार डिजिटल म्यानुपुलेसन, एल्गोरिदमको भरमा टिक्न सक्दैन । जनताका जेन्यून इस्यूमा सरकार गम्भीर बनोस् । कांग्रेस कम्युनिष्ट उठ्न नसक्ने अवस्थामा छन् तर जनता जतिबेला पनि उठ्न सक्छन् भन्ने कुरा सरकारलाई हेक्का रहोस् ।
नागरिकले आत्मदाहको प्रयास गर्नुले नागरिकको अवस्था र सरकारी निकायको रबैयाबारे प्रष्ट्याएको छ ।
कृषि मलको आपूर्ति , तीव्र युवा पलायन रोक्न, महंगी नियन्त्रण, सुकुम्बासी वस्ती व्यवस्थापनलगायतका कार्यमा सरकारको ध्यानाकर्षण होस् ।

27/06/2026

प्रदेश सभा खारेज गर्ने जनमोर्चाको भुत्ते राजनीतिक एजेण्डा बोकेर रास्वपाको अस्तित्व जोगिन सक्दैन । संघीयतामाथि हुने छेडखानीले मुलुकलाई द्वन्द्व तर्फ धकेल्ने छ । संविधान संशोधन मुलुकलाई अग्रगतिमा लानका लागि हुनुपर्छ ।
हरेक राजनीतिक दलका आ«–आफ्ना विचार र एजेण्डा हुन्छन् त्यसलाई अन्यथा मान्नु परेन । जहाँसम्म संघीयता, गणतन्त्र, समानुपातिक समावेशीतालगायतका संविधानका मुलभूत विषयमा सम्झौता हुन सक्दैन ।
यी राजनीतिक उपलब्धी कसैको दया, मायाबाट आएको नभई जनताको आन्दोलन, संघर्ष, त्याग र बलिदानबाट स्थापित भएका हुन् ।
संघीयताको सवलीकरणमा गरौँ । प्राप्त राजनीतिक उपलव्धीको रक्षा गर्दै थप उपलव्धीका लागि संघर्षरत रहौँ ।

31/05/2026

नेपालले भारतको भूमि मिचेको भनि संसदमा दिएको अभिव्यक्तिप्रति आपत्तिजनक छ । भारतीय अतिक्रमणलाई बढवा दिने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियता र भौगोलिक अखण्डताको बर्खिलाप छ । सार्वभौम संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रघाती छ । यसबारे प्रधानमन्त्री र उनको दल रास्वपाले नेपाली जनतालाई प्रष्ट पार्नुपर्छ । प्रधानमन्त्री बालेन्द्र साहलाई तत्काल बर्खास्त गर ।

01/05/2026

वुद्ध जयन्ती, उभौली पर्व एवं १३७ ओैं अन्तर्राष्ट्रिय श्रमिक दिवस (May 1) को शुभकामना ।

23/04/2026

प्रेस विज्ञप्ति (२०८३/०१/१०)

संविधान संशोधनपछि पुराना दलहरुले आफ्नो एजेण्डा गुमाउनेछन् : पूर्ण बस्नेत 21/04/2026

https://www.nepalbahas.com/story/708312/2026/4/21/politics/old-parties-will-lose-their-agenda-after/

संविधान संशोधनपछि पुराना दलहरुले आफ्नो एजेण्डा गुमाउनेछन् : पूर्ण बस्नेत ८ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले संविधान स

अघिल्लो र वर्तमान सरकारका काम कारबाही उस्तै छन् : बस्नेत 21/04/2026

अघिल्लो र वर्तमान सरकारका काम कारबाही उस्तै छन् : बस्नेत नेता पूर्ण बस्नेतले सरकारको काम कारबाही सन्तोषजनक नरहेको बताएका छन् ।

पुनर्वासको व्यवस्थाविना नागरिक विस्थापित गर्नुहुँदैन : पूर्ण बस्नेत 20/04/2026

पुनर्वासको व्यवस्थाविना नागरिक विस्थापित गर्नुहुँदैन : पूर्ण बस्नेत जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले स्थानीय तहहरूले जनताको बस्तीमा डोजर प्रयोग गरी आतंक मच्च...

18/04/2026

रिच किड सिन्ड्रोम आतङ्क सुरु भयो : पूर्ण बस्नेत

Category

Website

Address


Dang
Tulsipur

Alerts

Be the first to know and let us send you an email when Purna Basnet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Tulsipur.