Reporters Club America
Reporters Club America is to bringing authentic news from Nepal and round the world. This includes newspapers, magazines, televisions, and other social media.
Special Media public deals with the news, editorial opinions, features and others. Welcome to Reporters Club America. We would be covering all aspects of Nepalese politics, culture, economy, sports, stars and celebrities, gossips and what you want to see. Public media is a system of independently managed and operated local public radio and television stations. In rural, Native American and Island communities, public broadcasting stations are often the only locally-owned-and-operated media outlets.
10/07/2026
आगामी दशैंको अवसरमा आयोजना हुन गइरहेको NDCC Dashain Cup को छैटौं संस्करणमा जम्मा ५ वटा टिमले सहभागिता जनाउनेछन्।
प्रतियोगिताअघि Team Selection तथा Fixture Draw कार्यक्रम Lafa Restaurant, Irving मा सम्पन्न भएको छ। प्रतियोगिताले खेलाडी, टिम तथा नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा र खेलकुदको भावना अझ मजबुत बनाउने विश्वास गरिएको छ।
NDCC Dashain Cup – 6th Season
09/18/2026
नेपाल प्रहरीमाथि प्रश्न उठाउन नहुने भन्ने नभई प्रहरीभित्र हुन सक्ने भ्रष्टाचार, कमजोरी वा अधिकारको दुरुपयोगबारे कठोर छानबिन आवश्यक रहेको धारणा पनि राखिएको छ। तर यस्तो छानबिन राजनीतिक आवेग वा व्यक्तिगत विवादका आधारमा नभई प्रमाण र कानुनी प्रक्रियामा आधारित हुनुपर्ने बताइएको छ।
राजनीतिक प्रतिस्पर्धाका क्रममा सुरक्षा निकायका प्रमुखलाई प्रमाण सार्वजनिक हुनुअघि नै दोषीका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले संस्थाको मनोबल र सार्वजनिक विश्वासमा असर पर्न सक्ने तर्क गरिएको छ। त्यसैले राज्यका सुरक्षा संस्थालाई आलोचनाबाट मुक्त राख्नेभन्दा उनीहरूलाई पारदर्शी र कानुनी प्रक्रियामार्फत जवाफदेही बनाउनुपर्नेमा जोड दिइएको छ।
सांसदहरू जनताका प्रतिनिधि भएकाले सरकार र राज्यका निकायमाथि प्रश्न उठाउने अधिकार भए पनि संसदीय मर्यादा कायम राख्नुपर्ने धारणा व्यक्त गरिएको छ। प्रश्न उठाउने क्रममा व्यक्तिगत आरोपभन्दा तथ्य, प्रमाण र अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।
प्रहरी खरिदसम्बन्धी विवादको अन्तिम निष्कर्ष आरोप वा प्रत्यारोपबाट नभई सम्बन्धित कागजात, निर्णय प्रक्रिया र अनुसन्धानबाट तय हुनुपर्ने बताइएको छ। नेपाल प्रहरीलाई जवाफदेही बनाउँदै संस्थागत गरिमा, कर्मचारीको मनोबल र नागरिक सुरक्षालाई समेत प्राथमिकतामा राख्नुपर्ने धारणा राखिएको छ।
09/15/2026
अमेरिकाको टेक्सास राज्यस्थित यूलेसमा रहेको नेपाली मन्दिरमा नेपाली दिदीबहिनीहरूले हिजो र आज दुई दिनसम्म सामूहिक रूपमा हरितालिका तीज पर्व भव्य रूपमा मनाएका छन्।
तीजको अवसरमा मन्दिर परिसरमा हजारौँको संख्यामा नेपाली महिला तथा दिदीबहिनीहरूको उपस्थिति रहेको थियो। नेपाली मौलिक संस्कृति, परम्परा र पहिचानलाई विदेशमा समेत निरन्तरता दिने उद्देश्यले आयोजित कार्यक्रममा सहभागी महिलाहरूले सामूहिक रूपमा तीजका गीतमा नाचगान गर्दै पर्वको उल्लास साटासाट गरेका थिए।
रातो सारी, हरियो चुरा, पोते तथा विभिन्न मौलिक नेपाली पहिरनमा सजिएका दिदीबहिनीहरूले मन्दिर परिसरलाई नै नेपाल झल्काउने गरी रंगीन र उत्सवमय बनाएका थिए।
विदेशमा रहेर पनि नेपाली संस्कृति, परम्परा र चाडपर्वलाई नयाँ पुस्तासम्म पुर्याउने महत्वपूर्ण अवसरका रूपमा यसपटकको तीजलाई लिइएको सहभागीहरूले बताएका छन्।
Earthquake felt in Kathmandu & nearby area.
09/07/2026
टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजना�
09/07/2026
सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
सञ्जु न्यौपानेको ‘काले टलटल भो’ सार्वजनिक, अञ्ज� काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘काले टलटल भो’ सार्वजनिक भएको छ। गायक सञ्जु न्यौप
09/02/2026
जन्मदिनको हार्दिक शुभकामना!
रिपोर्टर्स क्लब अमेरिका का वरिष्ठ उपाध्यक्ष श्री राम प्रसाद अधिकारीज्यूलाई जन्मदिनको अवसरमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य तथा दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
आगामी दिनहरू अझ सफल, सुखद र उपलब्धिमूलक रहून्।
– रिपोर्टर्स क्लब अमेरिका परिवार
08/24/2026
भुटानी समुदायको सेप्टेम्बरमा ओमाहामा संयुक्त वार्षिक सम्मेलन
अर्जुन प्रधान
ओमाहा, नेब्रास्का, अगस्ट २४, २०२६। अमेरिका तथा विश्वका विभिन्न देशमा रहेका भुटानी समुदायलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले भुटानी संयुक्त वार्षिक सम्मेलन २०२६ आगामी सेप्टेम्बर ११ देखि १३ सम्म ओमाहा, नेब्रास्कामा आयोजना हुने भएको छ।
‘भुटानी हृदयहरूलाई एकताबद्ध गर्दै, पुस्ताहरूलाई सशक्त बनाउँदै’ भन्ने मूल नाराका साथ आयोजना हुने तीनदिने सम्मेलन ओमाहास्थित ग्रेट इभेन्ट्स सेन्टर, ७४४० क्राउन पोइन्ट एभेन्युमा सञ्चालन हुनेछ।
सम्मेलनमा ग्लोबल भुटानीज अर्गनाइजेसन (GBO), भुटानीज अमेरिकन म्युजिक एसोसिएसन (BAMA), ग्लोबल फाउन्डेसन अफ अमेरिका (GFA), ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (GBLO) तथा स्थानीय आयोजक भुटानीज कम्युनिटी इन नेब्रास्का (BCN) सहभागी हुने आयोजक समितिले जनाएको छ।
आयोजकहरूका अनुसार सम्मेलन केवल सामाजिक जमघटमा सीमित नरही भुटानी समुदायभित्र संस्थागत सहकार्य, नेतृत्व विकास, शिक्षा, भाषा, साहित्य, संगीत, संस्कृति, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा साझा पहल अघि बढाउने उद्देश्यले आयोजना गरिएको हो।
संस्थागत सहकार्यमा जोड
ग्लोबल भुटानीज अर्गनाइजेसनका अध्यक्ष डीबी राईले सम्मेलनमा शिक्षा, नेतृत्व विकास र सामुदायिक सहकार्यलाई प्राथमिकतामा राखिएको बताए।
“शिक्षा, नेतृत्व विकास र सामुदायिक सहकार्यलाई केन्द्रमा राखेर संस्थाहरूबीचको सम्बन्ध अझ बलियो बनाउन यो सम्मेलन महत्वपूर्ण हुनेछ,” राईले भने।
ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसनका अध्यक्ष पतालो अन्तरेले सम्मेलनलाई सामान्य भेटघाटभन्दा फरक रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार सम्मेलन भुटानी समुदायको एकता, भाषा, साहित्य, संस्कृति र पहिचानसँग जोडिएको अभियान हो।
भाषा र साहित्य समुदायको पहिचानका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै अन्तरेले नयाँ पुस्तालाई आफ्नो भाषा, साहित्य र सांस्कृतिक जरा जोडिराख्न यस्ता कार्यक्रम आवश्यक रहेको बताए।
त्यस्तै, भुटानीज अमेरिकन म्युजिक एसोसिएसनका अध्यक्ष विश्वाज गुरुङले संगीत तथा कलाका माध्यमबाट सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्य रहेको बताए। विभिन्न पुस्ताका कलाकारलाई एउटै मञ्चमा प्रस्तुत गर्ने योजना रहेको उनको भनाइ छ।
ग्लोबल फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष प्रजा ढकालले समुदायको दीर्घकालीन विकासका लागि सांस्कृतिक गतिविधिसँगै स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षाका क्षेत्रमा समेत संस्थागत सहकार्य आवश्यक रहेको बताए।
तीन दिन, तीन फरक आयाम
सम्मेलनको पहिलो दिन सेप्टेम्बर ११ मा विभिन्न राज्य तथा स्थानबाट ओमाहा आउने अतिथि र प्रतिनिधिका लागि स्वागत समारोह तथा रात्रिभोज आयोजना गरिनेछ।
सेप्टेम्बर १२ मा संस्थागत बैठक, विभिन्न प्रस्तुति तथा सामुदायिक कार्यक्रम सञ्चालन हुनेछन्। सोही दिन साँझ संयुक्त बृहत् सांगीतिक कार्यक्रम आयोजना गरिने कार्यक्रम संयोजक भीम गुरुङले जानकारी दिएका छन्।
सम्मेलनको अन्तिम दिन सेप्टेम्बर १३ मा संयुक्त भुटानी मेला आयोजना हुनेछ। मेलामा खेलकुद, सांस्कृतिक प्रस्तुति, व्यवसाय तथा सामुदायिक स्टल र प्रतिभा प्रदर्शनलगायतका कार्यक्रम समावेश गरिने कार्यक्रम संयोजक भीम गुरुङले जनाएका छन् ।
सोही दिन साँझ नेब्रास्कामा रहेका भुटानी महिलाहरूको सहभागितामा तीज उत्सव समेत आयोजना गरिनेछ।
स्थानीय आयोजक भुटानीज कम्युनिटी इन नेब्रास्काले विभिन्न स्थानबाट ओमाहा आउने प्रतिनिधि तथा अतिथिका लागि आवश्यक आतिथ्य व्यवस्थापन गर्ने जनाएको छ।
आयोजक समितिले अमेरिका तथा विश्वका विभिन्न स्थानमा रहेका भुटानी समुदाय, संघ–संस्था, कलाकार, युवा तथा परिवारलाई सम्मेलनमा सहभागी हुन आह्वान गरेको छ।
सम्मेलनका आयोजना संयोजक पतालो अन्तरे र कार्यक्रम संयोजक भीम गुरुङ रहेका छन्।
08/11/2026
विश्वभरका नेपालीभाषी बालबालिकालाई जोड्दै GEP, नयाँ सत्रका लागि भर्ना खुला
विश्व भूटानी साहित्यिक संगठन (GBLO) द्वारा सञ्चालित ‘GEP अनलाइन नेपाली कक्षा २०२५–२६’ को परीक्षाफल हस्तान्तरण तथा सन् २०२६–२७ का लागि नयाँ भर्ना दर्ता कार्यक्रम जुम (Zoom) मार्फत सम्पन्न भएको छ।
अगस्ट ९, २०२६ को साँझ ८:३० बजेदेखि आयोजित कार्यक्रममा विश्वका विभिन्न स्थानमा रहेका नेपालीभाषी बालबालिकालाई मातृभाषा, साहित्य तथा संस्कृतिसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले सञ्चालित अनलाइन कक्षाको २०२५–२६ सत्र सफलतापूर्वक सम्पन्न भएको अवसरमा उत्तीर्ण विद्यार्थीहरूलाई परीक्षाफल हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा शिक्षिका खगेन्द्रा खुसीले अध्यापनका क्रममा आफ्ना अनुभव साझा गर्दै विद्यार्थीहरू सिर्जनात्मक तथा कलात्मक हुनुका साथै नेपालीपनलाई आत्मसात् गर्दै अघि बढिरहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूको परीक्षाफलसमेत सार्वजनिक गर्नुभयो।
त्यस्तै, शिक्षिका रिमा श्रेष्ठले GBLO सँग आबद्ध भएर नेपाली भाषा शिक्षालाई अघि बढाउने अवसर पाएकोमा खुसी व्यक्त गर्दै विद्यार्थीहरूको नतिजा घोषणा गर्नुभयो। विगत सात वर्षदेखि GBLO सँग निरन्तर नेपाली भाषा शिक्षाको क्षेत्रमा सहकार्य गर्दै आउनुभएका शिक्षक लोकनाथ खनालले पनि परीक्षाफल सार्वजनिक गर्नुभएको थियो।
कार्यक्रमका क्रममा सूचना प्रविधि संयोजक पुष्कर धितालले विश्व शिक्षा कार्यक्रम (GEP) को नयाँ वेबसाइट ourgep.org सार्वजनिक गर्नुभयो। उहाँले GBLO सँग आबद्ध भएर काम गर्ने अवसर पाएकोमा आभार व्यक्त गर्नुभयो। सोही अवसरमा सन् २०२६–२७ का लागि अनलाइन नेपाली कक्षाको भर्ना तथा दर्ता प्रक्रिया औपचारिक रूपमा खुला गरिएको घोषणा गरिएको थियो।
साहित्यकार धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ले प्रवासमा रहेर पनि नेपाली भाषाको उत्थानका लागि निरन्तर क्रियाशील GBLO र GEP लाई आगामी दिनमा पनि आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
भुटानी शरणार्थी शिविर स्थापना कालदेखि बेलडाँगी–१ स्थित ग्रीन भ्याली एकेडेमीमा लामो समय प्रधानाध्यापकका रूपमा सेवा गर्नुभएका कार्यक्रमका प्रमुख अतिथि एनपी कोइरालाले शिक्षा जीवनभर सिक्ने र सिकाउने निरन्तर प्रक्रिया भएको बताउनुभयो। उहाँले वर्तमान तथा भावी विद्यार्थी, अभिभावक, GBLO र GEP टोलीप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा पूर्वविद्यार्थी ईसान धितालले नेपाली भाषामै मन्तव्य राख्नुभएको थियो। छ वर्षीया विद्यार्थी कृयाना फूयालले प्रस्तुत गरेको विशेष प्रस्तुतिले सहभागीहरूको ध्यान आकर्षित गरेको थियो।
कार्यक्रमको सभापतित्व GBLO का संस्थापक अध्यक्ष, GEP का प्रमुख संस्थापक तथा स्वीकारोक्ति दर्शनका प्रतिपादक डेन्जोम साम्पाङले गर्नुभएको थियो। उहाँले, “भाषिक एकताभन्दा ठूलो शक्ति अन्त कतै हुन सक्दैन भन्ने उदाहरण हामी नै हौँ,” भन्दै कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
आयोजकहरूले आगामी सत्रलाई अझ प्रभावकारी, व्यवस्थित तथा प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन्। साथै, अभिभावकहरूलाई आफ्ना बालबालिकालाई सन् २०२६–२७ को नयाँ सत्रका लागि समयमै दर्ता गराउन आह्वान गरिएको छ।
पुरा समचार ः- www.Globalpostinfo.us
साभार ः-ग्लोवलपोस्ट समचार अर्जुन प्रधान
06/04/2026
विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर् काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस�
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
4067 N Beltline Road
Irving, TX
75038
Alerts
Be the first to know and let us send you an email when Reporters Club America posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.