Butwal Post

Butwal Post

Share

Online News Portal from Nepal | ButwalPost तथ्य सत्य एवं खाेजमुलक राेचक सम्पूर्ण समाचारकाे एक मात्र डिजिटल पत्रिका

28/08/2026

चीनतर्फ थुनिएको ताल फुट्यो, तटीय क्षेत्रका बासिन्दा सुरक्षित स्थानमा जानुस्
सुरक्षित रहनुस् : रसुवा सीडीओ

चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा पहिरोले थुनिएर बनेको ठूलो ताल फुटेको छ।
चिनियाँ पक्षबाट ताल फुटेको जानकारी आएपछि रसुवा जिल्ला प्रशासनले त्रिशूली नदीको तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन सर्कुलर जारी गरेको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार तिब्बतबाट बगेर आउने छोचेन र पुरेपू खोला नेपालको रसुवागढी नजिक प्रवेश गरेपछि भोटेकोशी र त्रिशूली नदी प्रणालीमा गाभिने भएकाले तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढेको हो।
उक्त तालमा बिहीबार बिहानसम्म करिब २० लाख घनमिटर पानी जम्मा भएको र थप ३० लाख घनमिटर थपिने अनुमान चिनियाँ जलस्रोत मन्त्रालयले गरेको थियो।

यसैबीच ताल फुटेर थप बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी उद्धार अभियान स्थगित गरी उद्धार टोलीलाई घटनास्थलबाट १ किलोमिटर टाढा हट्न आदेश दिएको छ।

Photos from Butwal Post's post 26/08/2026

चाइना सरकार बाट भरखरै सार्बजनिक गरिएका केरूडग नाकामा सुरक्षित केहि नेपाली नागरिक हरुको नामाबली तपाइको एक शेयर ले आफ्ना आफन्त हराएका वा सम्पर्कमा नआएका परिवारलाई केहि राहत पुग्छ । सक्दो शेयर गरौँ । हराएर चिन्तित परिवार सम्म पुऱ्याऔँ ।

26/08/2026

अकल्पनीय विपत्ति आईलागेको छ, सबैले उद्धार र सहयोग गरौँ ।

26/08/2026
20/08/2026

दारी ग्याङ सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत ‘Success Talk: The Pathway’ सम्पन्न
दारी ग्याङ, रुपन्देहीको सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत विद्यार्थीहरूलाई प्रेरणा, करियर मार्गदर्शन तथा सकारात्मक सोचका लागि लक्षित
“Success Talk: The Pathway – Discover • Decide • Direction” कार्यक्रम मणिमुकुन्द कलेज, बुटवलमा सम्पन्न भएको छ।
कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। वक्ताहरूले विद्यार्थी जीवन, करियर छनोट, लक्ष्य निर्धारण, आत्मविश्वास तथा सफलताको यात्राका विषयमा प्रेरणादायी अनुभव र विचारहरू प्रस्तुत गरेका थिए।
कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो क्षमता पहिचान गर्दै सही दिशा तय गर्न प्रेरित गरेको दारी ग्याङ, रुपन्देहीले जनाएको छ।

Photos from Butwal Post's post 28/07/2026

दारी ग्याङले रोप्यो अश्वगन्धा, औषधीय वनस्पति संरक्षणमा नयाँ सन्देश

बुटवल, साउन ११। दारी ग्याङको "बिउ बचाऔँ, खेर जान नदिऔँ" अभियानअन्तर्गत लुम्बिनी केबलकार परिसरमा अश्वगन्धा बिरुवा रोपण कार्यक्रम सम्पन्न भएको छ।

वातावरण संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा औषधीय वनस्पतिको संरक्षण गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा अश्वगन्धाका बिरुवाहरू रोपिएका हुन्। एउटा सानो बिरुवाबाट भविष्यमा हजारौँ बिउ उत्पादन गरी औषधीय वनस्पतिको संरक्षण, आयुर्वेद प्रवर्द्धन तथा आत्मनिर्भर नेपालको अभियानलाई टेवा पुर्‍याउने विश्वासका साथ उक्त अभियान सञ्चालन गरिएको दारी ग्याङ रुपन्देहीले जनाएको छ।

कार्यक्रममा दारी ग्याङ रुपन्देहीका अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले औषधीय महत्त्व बोकेका वनस्पतिको संरक्षण र विस्तारका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रम सफल बनाउन आवश्यक स्थान उपलब्ध गराई महत्वपूर्ण सहयोग पुर्‍याएकोमा दारी ग्याङ रुपन्देहीले लुम्बिनी केबलकार परिवारप्रति हार्दिक आभार व्यक्त गरेको छ।

दारी ग्याङ रुपन्देहीले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, जैविक विविधताको संरक्षण तथा औषधीय वनस्पतिको विस्तारका लागि आगामी दिनहरूमा पनि यस्ता सामाजिक, वातावरणमैत्री र समुदायमुखी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

#दारी_ग्याङ_रुपन्देही

27/07/2026

आज श्रावण महिना को दोस्रो सोमबार श्री सिद्धबाबा मन्दिरको दर्शन गर्नुहोस्।

26/07/2026

'बिउ बचाऔँ, खेर जान नदिऔँ' अभियानअन्तर्गत दारी ग्याङका युवाहरुले अश्वगन्धा बिरुवा रोपण गर्दै

बुटवल, साउन १०। दारी ग्याङको "बिउ बचाऔँ, खेर जान नदिऔँ" अभियानअन्तर्गत मिति २०८३/०४/११ गते लुम्बिनी केबलकार, गोलपार्क परिसरमा अश्वगन्धाका बिरुवा रोपण कार्यक्रम आयोजना गरिने भएको छ।

दारी ग्याङ, रुपन्देहीका युवाको सक्रिय सहभागितामा सम्पन्न हुने उक्त कार्यक्रममार्फत अश्वगन्धाजस्ता बहुउपयोगी औषधीय वनस्पतिको संरक्षण, उत्पादन र विस्तारलाई प्रोत्साहन गरिने जनाइएको छ। एउटा सानो बिरुवाबाट भविष्यमा हजारौँ बिउ उत्पादन गर्न सकिने भएकाले यस अभियानले जैविक विविधता संरक्षण, आयुर्वेद प्रवर्द्धन तथा आत्मनिर्भर नेपालको अवधारणालाई समेत बल पुर्‍याउने विश्वास आयोजकको छ।

कार्यक्रममा दारी ग्याङका सदस्य, स्थानीय समुदाय, वातावरण संरक्षणकर्मी तथा औषधीय वनस्पतिप्रति चासो राख्ने सबैलाई सहभागी भई अभियानलाई सफल बनाउन आयोजकले आग्रह गरेको छ।

दारी ग्याङले पछिल्ला वर्षहरूमा सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण तथा समुदायमुखी अभियानहरू सञ्चालन गर्दै आएको छ। सोही अभियानको निरन्तरताका रूपमा अश्वगन्धा बिरुवा रोपण कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

#दारी_ग्याङ_रुपन्देही

Telephone

Address


Butwal

Opening Hours

Monday 09:30 - 17:00
Tuesday 09:30 - 17:00
Wednesday 09:30 - 17:00
Thursday 09:30 - 17:00
Friday 09:30 - 17:00
Saturday 10:00 - 17:00
Sunday 09:30 - 17:00